• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अपराध विधाका फिल्म हेर्नेमा पुरुष भन्दा महिला धेरै

64x64
नेपाल लाइभ बिहीबार, फागुन १३, २०७७  १०:४६
1140x725

काठमाडाैं- नेपालका सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजनसँगै नयाँ कार्यक्रमहरु पनि ल्याएका छन्। जसमा सबैले याद गरेको एक कार्यक्रम छ, 'क्राइम पेट्रोल नेपाल'। कार्यक्रमको सञ्चालक कलाकार दिपकराज गिरी रहनेछन् भने, यसलाई लेख्ने काम सम्पदा मल्लले गर्नेछिन्।

यसले भारतका टेलिभिजनमा देखाइने 'क्राइम थ्रिलर' कार्यक्रम र वेब सिरिजको भोक नेपालीलाई केही हदसम्म मेटाउने कोशिस गर्नेछ। किनभने नेपालमा भारतका त्यस्ता निकै फिल्म, वेब सिरिजहरु चर्चामा छन् जसमा क्राइम र थ्रिलर छ।

आखिर के कारण, मन पराइरहेका छन्, थ्रिलर वेब सिरिजहरू?

चार वर्ष अघि, भारतको अनलाइन तथ्यांक संकलन कम्पनी क्रोम डिएमका अनुसार ६५ प्रतिशत दर्शकले टिभीमा वेब सिरिज हेर्थे। जसमा करिब ८० प्रतिशतको रिमोर्ट हाँस्यब्यंग्य कार्यक्रममा हुन्थ्यो। क्राइम, थ्रिलरजस्ता सिरिजको लोकप्रियता निकै कम थियो।

तर, सन् २०१७ मा गरिएको सोधको दुई वर्ष पनि नबित्दै तथ्यांकमा आकाश पातालको फेरबदल आयो। टिभीका हाँस्यब्यंग्य रुचाउने दर्शक, अनलाइनमा भने थ्रिलर हेरिरहेका भेटिए। सन् २०१९ मा अमेरिकी रिर्सच कम्पनी एस्.ई.एम रश स्टडीको सर्वेक्षण अनुसार अनलाइन प्ल्याटफर्ममा सबैभन्दा धेरै सर्च भएको वेब सिरिजहरु सेक्रेट गेम्स, मिर्जापुर, क्रिमिनल जस्टिस लस्ट स्टोरीज र मेड इन हेवन लगायत छन्।

जहाँ अपराधको खबर हेर्न र पढ्न मन पराउँदैन, त्यहाँ यस सम्बन्धी वेब सिरिजमा निकै रुचाइन्छ। आखिर के होला त यसको कारण ? जवाफ कुनै सस्पेन्स भन्दा कम छैन। यसलाई बिबिसी हिन्दीका सूर्यांशी पाण्डेले मनोविज्ञानको आधारमा खोजी गरेकी छन्। 

थ्रिलर किन लेख्छन् लेखक?
सन् २०२० मा निकै लोकप्रिय र विवादित बनेको वेब सिरिज पाताल लोकका लेखक सुदीप शर्मा, शाहिद कपुर अभिनित उड्ता पंजाव र अनुष्का शर्मा अभिनित एन.एच. १० जस्ता फिल्मका पटकथाकार लखेक हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

पाताल लोक गएको वर्ष निकै चर्चामा रहयो।  यसका लेखक शर्मासँग हामीले थ्रिलर स्किृप्ट लेख्ने रुची किन छ भन्ने प्रश्न गर्दा उनले भने, बच्चा बेलादेखि नै उनलाई सस्पेन्स, क्राइम जस्ता विषयमा रुची थियो। उनी हलिउड फिल्मका निर्देशक मार्टिन स्कोर्सेसेको फिल्महरु जस्तै क्यासिनो, ट्याक्सी ड्राइभर, आइरिसम्यान तथा बलिउड निर्देशक रामगोपाल बर्माका फिल्महरु सत्या, कम्पनी लगायतकाबाट प्रभावित थिए। 

यस्ता पटकथा लेख्नेबारे उनले भने, 'यसले लेखकको सोचलाई चुनौती दिन्छ।  थ्रिलर प्लट लेख्न र त्यसैमा रोमान्स भर्न चुनौतीपूर्ण चाहिँ छ।'

दर्शकले अपराध, राजनिती लगायतका विषयमा वेब सिरिज मन पराउनुको कारणबारे उनले भने, 'मलाई लाग्छ, मानिसहरु आफ्ना नकारात्मक हिस्सा लुकाएर राख्छन्। यो अनुभूति कसैले कल्पना गरेर सिरिजको माध्यमबाट अगाडि ल्याइदिन्छ। सायद मानिसहरु यसैले गर्दा यस्ता फिल्म या सिरिज हेर्न मन पराउँछन्।  किनकी यो सिरिजमा कोही अरु नै अपराधको सिकार भएको देखिन्छ। यसले उनिहरु आफू सुरक्षित भएको महशुस गर्छन्।'

अब जानौं तपाइको मनका कुरा
सुदिप शर्माको यस तर्कमा मनोविज्ञानका कुरा देखिन्छ। त्यसैले यसलाई मनोवैज्ञानिक तरिकाले सम्झने कोशिस गरौं। मनोविज्ञान तथा दर्शनशास्त्रका कयौं सिद्धान्त छन्, जसमा मानिसका व्यवहार शोधको माध्यमबाट बताइएको हुन्छ। जस्तै; केहीमाथि रिस उठ्यो तर, तपाइँ उसलाई त्यो रिस देखाउन सक्नुहुन्न।  तपाइको पुरै दिन नराम्रोसँग बित्छ। तपाइले एउटा अपराधको वेब सिरिज हेर्नुभयो र महसुस गर्नुभयो, उक्त वेब सिरिजले तपाइँ रमाइरहनुभएको छ। 

चर्चित दार्शनिक अरस्तुको केथार्सिस सिद्धान्त अर्थात् विरेचनको सिद्धान्तका अनुसार भावनाको शुद्धीकरण कुनैपनि डरले गर्नसक्छ। अरस्तुलाई लाग्छ, स्वास्थ्यका लागि शरीरमा भएका बिकार पदार्थ निकाल्न जरुरी छ। त्यसैगरी मानसिक स्वास्थ्यका लागि पनि दिमागमा भएका बिकारयुक्त ख्यालहरु निकाल्न जरुरी हुन्छ।  यसलाई निकाल्ने तरिका भनेकै कला र साहित्य हो। यसमार्फत् विभिन्न भावनाहरु जस्तै इर्ष्या, द्वेष, लोभ, मोह, क्रोध, क्रुरता लगायत निस्काशन गर्न सकिन्छ र यो जरुरी पनि छ। 

यसको अर्थ हो, जब हामी आफ्नो दिमागमा उत्पन्न नकारात्मक ऊर्जा व्यक्त गर्न पाउँदैनौं, यसका लागि आर्ट, लडाइँवाला भिडियो गेम या यस्तै वेब सिरिज या फिल्म आवश्यक पर्छ। यसैलाई हेरेर हामी दिमाग सफा गर्ने कोशिस गर्छाैं। 

मनोविश्लेषक कार्ल यंगले पनि एक सिद्धान्तमा बताएका छन्, हाम्रा अवचेतन मनमा धेरै कुराहरु, चित्रहरु यसरी गडेका हुन्छन् जुन पर्यावरण, आफ्नो नजिकको सामाजिक परिवेश वा पुर्खाले कमाएका हुन्। यसरी पुर्खाको पालादेखि गडेका कुराहरु छायाँ वा कुनै पात्रको डर लाग्ने फिल्म सिधै हाम्रो अवचेतन मनमा भएका भावनासँग मेल खान जान्छ। यसैले हामी डर लाग्ने खालका फिल्ममा त्यहाँको पात्र देखेर रोमाञ्च या डरको अनुभूति गर्दछौं। हाम्रा सचेत मनलाई यो बारेमा थाहै हुँदैन, हामीभित्र अर्को नराम्रो व्यक्ति पनि लुकेको छ भनेर। 

कानुन तोड्ने भोक मेटाउँछ, अपराधयुक्त वेब सिरिजले 
दिल्लीको माइन्डफुल टीएमएसमा क्लिनिकलका साइकलिष्ट तथा मनोवैज्ञानिक शिवाली देवगन बताउँछन्, यो सिद्धान्त प्रयोगसिद्ध रुपमा परीक्षण हुन सक्दैन। तर, कयौं मानिसमा अनुसन्धान गरेअनुसार मानिसले वेब सिरिज मन पराउनुका कारण निम्न छन् :
पहिलो  कारणमा उनले भनेका छन्, अपराधीको मनस्थिती बुझेर आफ्नो जिन्दगीमा सुरक्षित रहनका लागि तरिका थाहा पाउन यस्ता वेब सिरिज हेर्छन्। सिरियल किलरको मनभित्र चल्ने द्वन्द्व थाहा पाउँदा दर्शकलाई मज्जा आउँछ। 

कोही मानिसलाई कानुन तोडेर बहादुर बन्न मन लाग्छ। तर, मन लागेका हरेक कुरा गर्न सकिँदैन। त्यसैले उनिहरु वेब सिरिजमा यस्ता कथा हेरेर मन बुझाउन रुचाउँछन्। अर्थात् उनीहरु आफ्ना नराम्रो विचारलाई वेब सिरिजको माध्यमबाट पुरा गर्ने कोशिस गर्छन्। केही दर्शक भने आफ्नो जिन्दगीदेखि वाक्क दिक्क भएर मनोरञ्जनका लागि यस्ता वेब सिरिज हेर्छन्।

साँचो घटना देखेर आँखा बन्द, डराउने फिल्म पूरा हेरे
सन् १९९४ मा अमेरकाका तीन सामाजिक मनोविश्लेषक जोनाथन हाइट, पर्ल रोजिक र सी. मक्लेले एक विश्वविद्यालयका बालबालिकासँग शोध गरे। उनिहरुले पालैपालो अनुसन्धानमा सहभागी बालबालिकालाई साँचो घटनामा आधिारित डकुमेन्ट्री देखाए। जसमा जनावरमाथि अत्याचार भइरहेको थियो। एक गाइलाई वधशालामा मारेको, बाँदरलाई टाउकोमा हथौडाले हानेको जस्ता दृष्य डकुमेन्ट्रीमा थियो।

करिब ९० प्रतिशत बालबालिकाले उक्त डकुमेन्ट्री पूरा हेर्न सकेनन्। धेरैले डकुमेन्ट्री सुरु भएको केही समयमा नै आँखा बन्द गरे। यसपछि शोधकर्ताले हलिउडका डराउने फिल्म देखाए। तर, अनुशन्धानकर्ताको सोच विपरीत बालबालिकाले पूरै फिल्म हेरे जबकी त्यहाँ कयौं भयानक दृष्यहरु थिए। 

यस अनुसन्धानको निश्कर्ष अनुसार, हलिउडको फिल्म काल्पनिक थियो, त्यसैले बच्चाको मनोविज्ञानमा उति धेरै भयावह असर परेन तर, साँचो घटनाले निकै असर पर्‍यो। डराउने फिल्म हेर्दा उनिहरुको मनमा सन्तुष्टि थियो कि, यो सबै दृष्य काल्पनिक हो। 

पुरुषको तुलनामा महिलालाई मन पर्छ क्राइम शो
अमेरिकामा सिविक साइन्स नामको कम्पनीका शोध अनुसार साँचो घटनामा आधारित क्राइम शाे का दर्शक १८ देखि ३४ सालका महिलाहरु धेरै छन्। अमेरिकाको अमेन्डा बेकरी, जसको नजिकै क्राइम मनोचिकित्सक छन्, उनले यस विषयमा शोध गरेका थिए।  सन् २०१९ मा साँचो घटनामा आधारित क्राइम शो का लागि करिब १६ प्रतिशत महिलाले चाख देखाएका थिए। 

कारण प्रष्ट्याउँदै उनले भने, 'महिला पुरुषको तुलनामा आफ्नो सुरक्षालाई लिएर बढी सजग हुन्छन्। त्यसैले उनिहरु सत्य घटनामा आधारित क्राइम शो पुरुषको तुलनामा बढी हेर्न रुचाउँछन्।' 

के नकारात्मक वेब सिरिज स्वास्थ्यका लागि सही छ ?
मनोविश्लेषकको भनाइ अनुसार हाम्रो शरीरमा खुशी हुने हर्मोन सेरोटोनिन, आक्सीटोरक्सीन, डोपामाइन, एन्डोर्फिन लगायत हुन्छन्। जब केही चिजले हामीलाई रोमाञ्चक या सस्पेन्स जस्ता अनुभूति दिन्छ। यसले खुशी हुने हर्मोनमार्फत् हाम्रो शरीरलाई राम्रो ऊर्जाले भरिदिन्छ। तर, कुनै नराम्रो सिरिजलाई धेरै हेर्दा तनाव बढ्न सक्छ।

त्यसैले, हामीले निरन्तर आफ्नो व्यवहारको अवलोकन गर्न जरुरी छ। यदि तपाईं आफ्नो वास्तविकताबाट नाता तोडिरहेको अनुभूति गर्दै हुनुहुन्छ भने तुरुन्तै यस्ता वेब सिरिज हेर्न बन्द गर्नुस्।

बिबिसी हिन्दीमा सूर्यांशी पाण्डेले लेखेको लेखको भावानुवाद

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्