• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पूर्वाधार निर्माण पर्खिरहेको कर्णालीमा जेसिबी पुगेपछि...

64x64
नेपाल लाइभ शनिबार, फागुन ८, २०७७  ०७:००
1140x725

काठमाडौं- भनिन्छ, विकास गाडी चढेर आउँछ। गाडी चल्नका लागि पहिलो सर्त हो, सडक। साविक कर्णाली अञ्चल सदरमुकाम जुम्ला लामो प्रयासपछि २०६४ सालमा केन्द्रीय सडक सञ्जालसँग जोडियो। त्यसयता जुन रुपमा कर्णालीमा सडक सञ्जाल विस्तार हुनुपर्थ्यो, भौगोलिक विकटता र बजेट अभावले हुन सकेन। 

विगतमा सडक निर्माणको काम 'गैतीबेल्चा'मा सीमित थियो। तर अहिले प्रविधिको विकाससँगै विकास निर्माणको काममा मेसिनको प्रयोग व्यापक भएको छ। कर्णालीका चट्टाने पहरा छिचोलेर बाटो पुगेसँगै त्यहाँ भित्रको सडक पूर्वाधार निर्माणमा मेसिनको प्रयोग उल्लेख्य रुपमा बढेको छ। यसले कर्णालीबासीको सपनासमेत बदलेको छ। 

बाटो निर्माण गर्दै अन्य पूर्वाधार बनाउनका लागि मेसिनरी औजार अपरिहार्य भइसकेको छ। निर्माण क्षेत्रको पिलर मानिने हेभी इक्युपमेन्टबिना अब विकास निर्माणको काम असम्भवप्रायः भएको छ।

विकास निर्माणमा गति दिन नेपालका लागि जेसिबीका कन्स्ट्रक्सन इक्युपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्सले पहिलो पटक जुम्लामा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) स्थापना गरेको छ। 

कम्पनीले स्थापना गरेको एआरओ नेपालकै सबैभन्दा उच्च स्थानमा र साविक कर्णाली अञ्चलकै पहिलो समेत हो। जेसिबीसहित विभिन्न कम्पनीका निर्माण उपकरण जुम्लालगायत जिल्लामा यसअघि नै पुगेका थिए। तर त्यस्ता मेसिन सञ्चालनका क्रममा बिग्रिए वा मर्मत गर्नुपरे नेपालगञ्ज वा सुर्खेतबाट पार्टस् र मेकानिक्स लैजानुपर्ने अवस्था थियो। 

नयाँ आउटलेटबाट कर्णाली क्षेत्रका जेसिबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने छन्। यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसिबीले आधिकारिक आउटलेट सुरु गरेको अंकित जनरल स्टोर जुम्लाका चन्द्र खड्काले बताए।

Ncell 2
Ncell 2

‘नेपालगञ्ज र सुर्खेतमा निर्भर थियो। अब भने कर्णालीभरका लागि जुम्लामा रहेको थ्रीएस सोरुमबाट सेवा उपलब्ध हुनेछ,’ खड्काले भने, ‘पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसिबीप्रतिको जनविश्वास बढ्दै गएको छ। एमएडब्लू अर्थमुभर्सले जेसिबीका सबै सेवा उपलब्ध गराउने छ।’ 

जेसिबीका मेसिनहरुको संख्या बढी रहेका ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवाका लागि एमएडब्लु अर्थमुभर्सले ‘एआरओ’ स्थापना गर्दै आएको छ। जेसिबीले कर्णालीमै पहिलो पटक कन्स्ट्रक्सन इक्युपमेन्टको अथोराइज्ड शोरुम खोलेको एमएडब्लू अर्थमुभर्सका मार्केटिङ म्यानेजर यमबहादुर गुरुङले बताए। ‘विकास निर्माणको धेरै काम बाँकी रहेको कर्णालीको जुम्लामा नेपालकै उच्च स्थानमा जेसिबीको थ्रीएस सोरुम खुलेको छ,’ गुरुङले भने, ‘यस क्षेत्रका निर्माण व्यवसायीलाई जेसिबीको सोरुम खुलेसँगै मेसिनको मर्मत र मेकानिक्स लिन सुर्खेत वा नेपालगञ्ज पुग्नु पर्ने अवस्थाको अन्य भएको छ।’ 

रामदेवी खड्का, अंकित जनरल स्टोर, जुम्ला
जुम्लामा बाटो आउनुभन्दा अगाडि हेलिकप्टरबाट जिप आउँथ्यो। उतिबेला एयर अनन्यले सहुलियतमा जिप बोकेको थियो। यो कुरा ०६३ साउन भदौतिरको हो। त्यसरी ल्याइएका जिप जुम्लामा आन्तरिक रुपमा चलायौं केही महिना।

सुरुमा घाटा लाग्छ भन्थे, मान्छेलाई बानी पार्न कठिन हुन्छ भन्थे। तर, राम्रै चल्यो। जिप चलाउन चाहिने डिजेल प्लेनबाट ल्याउँथ्यौं। कर्णाली राजमार्ग खुलेपछि गाउँ गाउँ बाटो जान थाल्यो। विकासका हिसाबले कर्णाली पछाडि परेको थियो। बाटोले बिकास र समृद्धि ल्याएको हो। सबै गाउँपालिकामा बाटो गएको छ। ठाउँ ठाउँमा पुल बन्ने क्रममा रहेका छन्। विकास निर्माणको क्षेत्रमा जुम्लासहित कर्णाली क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ। अहिले जुम्लामा ५०-६० वटा हेभी मेसिन आइसकेका छन्। 

गएको माघ अन्तिम साता जुम्लामा जेसिबीको थ्रिएस सेवा सहितको सोरुम खुलेको हो। हामीले नै यसअघि यामाहाको सोरुम समेत खोलेका छौं। जुम्लामा विकासको काम तिब्र गतिमा अघि बढीरहेको छ। अब यहीबाट मेसिन खरिद गर्न र आवश्यक पार्ट पूर्जा तथा मर्मत सेवा सहज रुपमा उपलब्ध हुनेछ। 

सोरुम खुल्नु अघि हामीसँगै ४-५ वटा मेसिन थिए। तर, यहाँ आफ्टर सेल्स सर्भिस थिएन। मेसिन बिग्रिएपछि थन्काएर सुर्खेत वा नेपालगञ्जबाट प्राविधिक र पार्टपुर्जा मगाउनु पर्ने बाध्यता थियो।

प्राविधिक पनि ढिलो आउँथे। लामो समय मेसिन थन्काएर बस्दा ठूलै क्षति बेहोर्नु पर्ने अवस्था थियो। अनि हामीले माथि कम्प्लेन गर्‍यौं। जुम्लामा डिलर खोल्न आग्रह÷सुझाव आएपछि हामी कस्सियौं। 

अहिले हामी सुरुवाती चरणमा छौं। हामीसँग पहिल्यै यामाहा मोटरसाइकलका २ जना मिस्त्री थिए। अहिले जेसीबीको काम पनि उनीहरुले गरेका छन्। उनीहरुले केही दिन अघि नेपालगञ्ज गएर एक साताको तालीम पनि लिएर आए। 

हामीले दैलेख, कालिकोट, डोल्पाको तल्लो भेग, मुगुमा मेसिन बिक्री सहित सर्भिसको काम हेर्छौ। यो ठाउँमा जेसिबी बाहेक कसैको सर्भिस सेन्टर र बिक्रेता छैनन्। यो ठाउँमा हामीले सेवा दिन्छौं। हामी सामान्य खालको सर्भिस ६-७ घण्टामा दिने गरी काम गर्नेछौं। अहिले मेसिन बिग्रिए हप्ता दिनसम्म पनि थन्किएर बसिरहेका हुन्छन्।

अब विकासको रफ्तार माथिल्लो भेगमा हुने भएकोले हेभी मेसिनको व्यापार राम्रो देखेको छु। यसभन्दा अघि यहाँका निर्माण व्यवसायीले मेसिन ल्याउन सुर्खेत पुग्नुपर्थ्यो। पार्टपुर्जा र मिस्त्री चाहिए पनि सुर्खेत र नेपालगञ्जसँग भर पर्नुपर्थ्यो। अब यहाँ चाहिएका सबै मेसिन उपलब्ध गराउने छौं। मैले डिलर लिएपछि ३ मेसिन बिक्री गरिसकेँ। हामीले जुम्लामा बैंक ग्यारेन्टीलगायत सोरुम निर्माणमा ५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छौं। यो प्रयासले जुम्लाको विकास निर्माणमा टेवा पुग्ने विश्वास छ। 

गणेश महत, इशा निर्माण सेवा
विकासका लागि जुम्ला अझै पनि भर्जिन ल्यान्डकै रुपमा छ। अब विकास निर्माणले तिब्रता पाउनेछ। हेभी मेसिनको प्रयोग पनि बढ्नेछ। अब यहाँका निर्माण व्यवसायीको दुःख कम हुनेछन्। 

आगामी दिनमा जेसिबीले मेसिन बिग्रिएर फोन गर्ने वित्तिकै पार्टपुर्जा सहित मेकानिक सम्बन्धीत ठाउँमा उपस्थित गराउनु पर्यो। सेवा चुस्त दिनुपर्यो। म सँग २ वटा ब्याकहो लोडर छन्। यी लोडर मर्मत गर्न निकै कठिन र कष्टकर भइरहेको छ। अब भने सजिलो हुने अपेक्षा गरेको छु।  

 

 

 

बलबहादुर शाही, वरिष्ठ निर्माण सेवा
अब जुम्लाबाट डोल्पा जाने बाटो खुल्दैछ। जहाँसुकै विकास निर्माणको काममा जेसिबीले पाइला नटेक्दै सुरुवात हुँदैन। यी मेसिन जहाँ बिग्रियो त्यहीँ मर्मत गर्ने हो, फर्काएर ल्याउन मिल्दैन। त्यसैले पार्टपुर्जा र मेकानिकको सुविधा तत्काल चाहिन्छ।

व्यवसायीले जति मेसिन चल्यो त्यति आम्दानी गर्ने हो। लाखौं रुपैयाँ लगानी गरेको मेसिन बिग्रिएर ८-१० दिन बन्द हुँदा हामी समस्यामा पर्छौं। बैंकको ऋण लिएको हुन्छ। यदि मेसिन बिग्रिएर खबर गरेपछि तत्काल पार्टपुर्जा र मेकानिक उपलब्ध गराउन नसकेमा मेसिन थन्किएर रहेको दिनको क्षतिपूर्ती कम्पनीले दिनुपर्छ। मेसिन बिग्रिएर थन्किदा हामीलाई ठूलो मार पर्छ। २४ घण्टाभित्र सेवा दिनुपर्छ किनभने मेसिनमा व्यवसायीले ठूलो लगानी गरेका हुन्छन्।  

तारमा बुढा, निर्माण व्यवसायी
जुम्लामा पहिलो पटक ब्याकहो लोडर, एक्साभेटर, टिपर, रोलर ल्याउने मान्छे मै हुँ। सडक खुल्ने बेलामा ल्याएको हुँ। पहिला निर्माण सम्बन्धी ८० प्रतिशत काम मेरो कम्पनीबाटै हुन्थ्यो। अहिले निर्माण व्यवसायी नै १ सयभन्दा बढी पुगिसके। 

अहिले निर्माणको कामले रफ्तार लिएको छ। जेसिबीको थ्रिएस सेवा जुम्लामै उपलब्ध हुने भएपछि हामी निर्माण व्यवसायीर्लाइ सहज हुनेछ। मेसिन बिग्रिने वित्तिकै मर्मत हुनेछ। नयाँ मेसिन किन्न नेपालगञ्ज वा सुर्खेत धाउनुपर्ने छैन भन्ने विश्वास छ। मेसिनसँगै कम्पनी सर्भिस र पार्टपूर्जा समेत चाहिएको बेला उपलब्ध गराओस्। 

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
सम्बन्धित सामग्री
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार सोमबार, माघ ५, २०८२
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण सोमबार, माघ ५, २०८२
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्