• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सरकार! तिम्रो राजनीति महिलाको शरीरबाट टाढा राख

श्रीना नेपाल/अभ्युदय भेटवाल सोमबार, फागुन ३, २०७७  १८:३८
1140x725

नेपालमा कुल जनसंख्यामध्ये महिलाको संख्या ५०।४ प्रतिशत छ। आधाभन्दा बढी संख्यामा रहेका महिला दिनहुँ हिंसाको सिकार बनिरहेका छन्। महिलामाथिका कैयौं विभेद संविधानबाट बल्लबल्ल हटाइए पनि व्यवहारमा भने महिलाको अवस्थामा सुधार देखिन सकेको छैन। महिलाको अधिकारमाथि बारम्बार हस्तक्षेप भइरहेकै छ। 

४० वर्षभन्दा मुनिका महिला भिजिट भिसामा विदेश यात्रामा जाँदा परिवार तथा स्थानीय सरकार (वडा कार्यालय) को सिफारिस पेस गर्नुपर्ने प्रस्ताव गरिएको खबर केही दिन पहिले सार्वजनिक भयो। महिलाको अधिकारमाथि ठाडो हस्तक्षेप गरिएको भन्दै देशभर नै व्यापक विरोध भएपछि ‘खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा भिजिट भिसामा पहिलो पटक जाने महिलाका लागि आवश्यक पर्नेगरी सुझाव मात्र मागिएको हो, निर्णय भएको छैन’ भन्दै विज्ञप्ति निकालियो। 

महिला अधिकार र हितमा नेपालमा अनेकौं कानुन बनेका छन् र अन्तर्राष्ट्रिय कानुन र सन्धिहरू समेत भारी मात्रामा अनुमोदन भएका छन्। कानुनहरुमा समानताको कुरा प्रष्ट उल्लेख गरिएको छ। नेपालको संविधानको धारा १८ मा उल्लेख गरेबमोजिम ुसबै नागरिक कानुनको दृष्टिमा समान हुने छन्ु भनिएको छ। संविधानको यस धाराले समतामुलक समाजको परिकल्पना गरेको छ। संविधानको धारा ३८ मा महिलाको हक अन्तर्गत ‘प्रत्येक महिलालाई लैंगिक भेदभावविना समान हक हुनेछ’ भन्ने उल्लेख छ। यस धाराले महिलालाई विषेश अधिकार दिएको छ।

अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूमा महिलामाथिका सबै विभेद अन्त्य गर्ने भनेर नेपालले पनि अनुमोदन गरेको छ। मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगायत त्यसका उदाहरण हुन् जसमा महिलाका हक र अधिकारबारे प्रशस्त चर्चा गरिएको छ। मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा लैंगिक तटस्थ शब्दहरुको प्रयोग गरियो जसमा ‘अल मेन’लाई हटाएर ‘अल ह्युमन बिंग्स’ र ‘एभ्रिवन’ जस्ता शब्दहरु राखियो। त्यसैगरी आइसिसिपिआरले प्रत्येक व्यक्तिको राजनीतिक अधिकारको व्यवस्था गरेको छ जसमा लैङ्गिक भेदभावबाट मुक्त हुन पाउने अधिकार, स्वतन्त्रताको अधिकार, राजनीतिक सहभागिताको अधिकार, यातनामुक्त बाँच्न पाउने हक, सुरक्षाको अधिकार आदिको व्यवस्था गरिएको छ।

महिलामाथिका कैयौं विभेद संविधानबाट बल्लबल्ल हटाइए पनि व्यवहारमा भने महिलाको अवस्थामा सुधार देखिन सकेको छैन। महिलाको अधिकारमाथि बारम्बार हस्तक्षेप भइरहेकै छ। 

त्यस्तै आइसिएकसिआरमा सबै व्यक्तिले काम गर्न पाउने अधिकार, विवाह गर्न पाउने अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, सांस्कृतिक अधिकार आदिको व्यवस्था गरिएको छ। सिइडिएडब्लुले महिलाका नागरिक र राजनीतिक अधिकारहरु, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको व्यवस्था गरेको छ।

त्यस्तै अन्य अन्तर्राष्ट्रिय कानुन र सन्धिहरू पनि छन् जसले महिलाको अधिकार र हकको लागि अन्तर्राष्ट्रिय मञ्चबाट सहायता गरेका छन्, तिनलाई नेपालले समेत अनुमोदन गरेको छ। 

महिलालाई समान अधिकार दिनुपर्छ पनि भन्ने अनि यस्ता विभिन्न प्रस्तावका बरेमा पनि छलफल गर्ने कतिसम्मको पाखण्डीपन हो यो?  महिलाको स्वाधिनतामाथि हस्तक्षेप गर्नु कतिसम्म सही होरु खाडी वा अरु देश जाने महिलालाई देशले विभेद गर्न पाउँछ?

Ncell 2
Ncell 2
nimb
nimb

जहाँसम्म मानव बेचबिखनको कुरा छ, त्यसको लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ छ। फेरि ४० वर्षभन्दा कम महिलाको मात्र बेचबिखन हुन्छ भनेर कहाँ लेखिएको छ? के पुरुष त्यसको सिकार हुँदैनन्? के ४० वर्षभन्दा माथिका महिलाको ओसारपसार र तस्करी हुँदैन? 

युनिसेफका अनुसार नेपालमा ४० प्रतिशत किशोरीको १८ वर्षभन्दा अगाडि र ७ प्रतिशत किशोरीको १५ वर्षभन्दा अगाडि नै विवाह हुने गरेको छ।

हरेक वर्ष नेपालमा गर्भमा छोरी भएकै कारण ५० हजार गर्भपतन गराइएको पाइन्छ।

नेपालको कुल साक्षरता ६७।९१ प्रतिशत  रहेको छ भने पुरुषको कुल साक्षरता ७८।५९ प्रतिशत र महिलाको कुल साक्षरता ५९।७२ प्रतिशत छ जबकी महिलाको कुल जनसंख्या ५०.४ प्रतिशत छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महिनावारी हुँदा प्रयोग गरिने स्यानिटरी प्याडमा १३ प्रतिशत भ्याट लगाइन्छ, लक्जरी कर भनेर। महिनावारी हुनु कुनै पनि महिलाको इच्छा होइन, प्राकृतिक नियम हो। 

कानुन यस्तो बनोस् जसले अपराध गर्नेहरूलाई त्रासमा राखोस्, पीडा सहनेहरुलाई होइन।

महिला विरुद्धको हिंसा बढेको बढ्यै छ। अपराधी खुलेआम डुलिरहन्छ। यसलाई न्यूनीकरण गर्न, नयाँ नियम बनाउन थुप्रै कुराहरु बाँकी नै छन्। पहिला यी सबै समस्याको हल निकाल सरकार, अपराधी समात१ महिलालाई संरक्षण गर्न, महिला विरूद्धका कसुरहरू नियन्त्रण गर्न उल्टै महिलालाई नै बन्द गरेर राख्नु उचित होइन। बन्द कोठा अपराधीलाई हो, पीडितलाई होइन।

कानुन यस्तो बनोस् जसले अपराध गर्नेहरूलाई त्रासमा राखोस्, पीडा सहनेहरुलाई होइन। कानुनले समाजलाई आकारमा ल्याउन धेरै ठूलो भूमिका खेल्छ। कानुन समाजका प्रत्येक व्यक्तिको अधिकारलाई मध्यनजर गरेर निर्माण गरिनुपर्छ। नत्र समाज कहिले स्थिर हुन सक्दैन। खासगरी जब सो कानुनले लैङ्गिक समानताको कदर गर्दैन। सरकार, महिलालाई समाजमा अयोग्य देखाउनु नै तिम्रो असफलताको कारण बन्नु कदापि उचित होइन। तिम्रो राजनीति महिलाको शरीरबाट टाढा राख। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि महिलाको आवरण अनि साथी हेरेर विभिन्न प्रश्न सोधिने गरेका थुप्रै घटना हामी सुनिरहेका हुन्छौं। कुन अधिकारले महिलाको पहिरन, पेसा र व्यवहारमा प्रश्न उठाइन्छ? नम्र व्यवहार गर्नु महिलाको मात्र कर्तव्य हो? महिला छिटो परिपक्व हुन्छन्, बुझ्ने हुन्छन्, सहनशील हुन्छन् भन्ने कुरा गृहस्थी सम्हाल्ने बेलामा मात्र किन आउँछ? किन देशको जिम्मेवार सम्हाल्ने पद सम्हाल्ने बेला आउँदैन? अब अझै के पर्खिरहेका छौँ हामी? अहिले नबोले कहिले बोल्ने? 

अहिले पनि सुनिँदैछ- केटी मान्छे हो, नजर राखिरहनुपर्छ। अब नजर हटाइदिनुहोस्, अरु आफैं ठिक हुन्छ। कतै लेखिएको थियो- एकान्तमा भेटिएकी नारी तिम्रो जिम्मेवारी हो, सिकार होइन। तर एकान्तमा भेटिएकी नारी न तिम्रो सिकार हो न त तिम्रो जिम्मेवारी। यति बुझे सबै विभेद विस्तारै न्यूनीकरण हुँदै जान्छन्। 

(नेपाल र भेटवाल पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं स्कुल अफ लमा अध्ययनरत छन्।) 

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्