• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सन्दीपको कठिन ‘दोस्रो इनिङ’

64x64
सराेज तामाङ सोमबार, माघ १२, २०७७  ०७:००
1140x725

काठमाडौं- ‘कथा सकिएको छैन। विस्तारै सुरु हुँदैछ।’ 

इन्डियन प्रिमियर लिग (आइपीएल) सकिएको दुई दिनपछि सन्दीप लामिछानेले सामाजिक सञ्जालमा यस्तो लेखे। आइपीएल टिम दिल्ली क्यापिटल्सले ‘रिलिज’ गरेसँगै सन्दीपको कथा अब कता मोडियो भन्ने त प्रष्ट छैन। उनलाई त्यो कथा पूरा गर्न थप चुनौती भने थपिएको छ।

सन् २०१८ सन्दीपका लागि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उदयको वर्ष थियो। एक हिसाबले भन्दा सन्दीपका लागि त्यो चमत्कारको वर्ष थियो। वर्षको सुरुमै आइपीएलको अक्सनमा नाम परेपछि सन्दीपको चर्चा सर्वत्र छायो। तर, उनी यसअघि नै चर्चाको शिखरमा पुगिसकेका थिए। चाहे त्यो सन् २०१६ मा बंगलादेशमा सम्पन्न यु–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डविरुद्ध ह्याट्रिक गर्दा होस्, चाहे राष्ट्रिय टिममा परेर सनसनीपूर्ण प्रदर्शन गर्दा– आइपीएलको अक्सनसम्म पर्न सन्दीपका यिनै प्रदर्शनको भूमिका थियो। 

अक्सनमा परे पनि सन्दीप आइपीएलमा अनुबन्धित हुन्छन् या हुँदैनन् भन्ने बहस नेपाली क्रिकेटमा चुलिएका बेला २०७४ माघ १४ गते त्यसबेलाको दिल्ली डियरडेभिल्स (हाल दिल्ली क्यापिटल्स)ले २० लाख भारुमा अनुबन्ध गरेको थियो। त्यहीँबाट सुरु भएको सन्दीपको व्यावसायिक उडान भारतमा मात्र नरही त्यसवर्ष विश्वभर छायो।

अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग (बीबीएल)देखि क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, ग्लोबल क्यानडा लिगदेखि युएईको टि १० लिगसम्म उनी अनुबन्धित भए। यो यात्रामा सन्दीपले उपलब्धिहरु पाउँदै गए, चर्चा झनै चुुलिँदै गयो। यतिसम्म कि ‘प्लेइङ इलेबेन’को सूची तयार पार्दा विज्ञहरुले सन्दीपको नाम अटाएकै हुन्थे। 

पूर्व भारतीय क्रिकेटर आकाश चोपराले दिल्लीको टिममा सन्दीप नपर्दा अचम्म लागेको समेत बताएका थिए। युवा प्रतिभावान खेलाडी भएको भन्दै सन्दीप २०२० को संस्करणमा दिल्लीको सर्वाधिक विकेट लिने खेलाडी बन्ने समेत उनले दाबी गरेका थिए। भलै, यो सिजन सन्दीपले एउटा पनि खेल खेल्न पाएनन्।

यसकारण सफल 
गत बुधबार, माघ ७ गते दिल्लीले ६ खेलाडीलाई ‘रिलिज’ गर्दा सन्दीप पनि परे। योसँगै उनको तीन वर्षे दिल्ली बसाई औपचारिक रुपमा टुंगिएको छ। 

दिल्लीमा सन्दीपले क्षमताअनुसारको प्रदर्शन देखाउन पाएनन्। यो साँचो हो कि उनलाई अवसरको पनि अभाव रह्यो। कुनै पनि खेलाडीको मापन उसले खेलेको २–३ खेलबाट हुन सक्दैन। सन्दीप यस्तै कठिन परिस्थितिमा थिए, जहाँ उनी प्रायः अभ्यासमै सीमित भए। त्यसमाथि अघिल्ला दुई संस्करण स्टार खेलाडी अमित मिश्रा र पछिल्लो संस्करण रबिचन्द्रन आश्विनको चेपुवामा परे।

nimb
nimb
Ncell 2
Ncell 2

डेब्यु सिजनमा सन्दीपले तीन खेलबाट पाँच विकेट लिएका थिए। तर, टिम प्रतियोगिताबाट बाहिरिइसकेपछि मात्र उनले दिल्लीबाट खेल्ने मौका पाएका थिए। २०१९ को संस्करणमा भने सन्दीपले ६ खेलबाट ८ विकेट लिए। २०२० मा पनि सन्दीपलाई ‘रिटेन’ गरेको दिल्लीले यो सिजन भने एक खेल पनि खेलाएन। प्रतियोगिताभर बेन्चमै बिताएका सन्दीपलाई २०२१ को आइपीएलका लागि भने दिल्लीले फुकुवा गर्‍याे। दिल्लीले ‘रिलिज’ गरेसँगै सन्दीपले अब आइपीएल खेल्ने सम्भावना कस्तो छ? खेल्न पाउने भए उनलाई कुन टिमले अनुबन्धित गर्ला भन्ने चर्चा हुन थालेको छ।

सन्दीपले दिल्लीमा सोचे जति खेल खेल्न पाएनन्। पाएको अवसर पनि सदुपयोग गर्न नसकेका र दिल्ली टिमको दृष्टिले सन्दीप असफल भएका पनि हुनसक्छन्। तर, सन्दीप स्वयम्का लागि भने दिल्लीको यात्रा सफल रह्यो। किनभने दिल्लीले सन्दीपलाई अनुबन्ध नगरेको भए सन्दीपको यात्रा यहाँसम्म नपुग्न सक्थ्यो। अहिले सन्दीप प्रधानमन्त्री कप खेलिरहेका हुनसक्थे। विश्व फ्रेन्चाइज लिगमा सन्दीपको उडानले यो उचाई चुम्न सक्ने थिएन। त्यसको श्रेय दिल्लीलाई नै जान्छ।

दिल्लीमा राम्रो खेल्ने पर्याप्त मौका नपाए पनि सन्दीपले विश्वका सबै फ्रेन्चाइज लिग खेल्न पाए। यही हो उनको मुख्य उपलब्धि। सन्दीपका हरेक कुरामा परिवर्तन आएको छ– खेलमा निखारपनदेखि आर्थिक पक्ष, व्यक्तिगत नेतृत्वको विकाससम्म। यस अर्थमा पनि सन्दीप सफल हुन्।

आइपीएलको फाइनलसम्म दिल्ली पुग्दा बेन्चमै रहेका सन्दीपले दुई दिनपछि कथा नसकिएको र विस्तारै सुरु भएको लेख्दा र अहिले दिल्लीले रिलिज गर्दाको स्टाटसले सन्देश भने एउटै दिन्छ। दिल्लीले रिलिज गरेको एक दिनपछि सन्दीपले माघ ८ गते दिल्लीलाई धन्यवाद दिँदै लेखेका छन्, ‘मलाई विश्वास गरेर टिममा राखेकोमा दिल्ली परिवारलाई विशेष धन्यवाद छ। त्यो तीन वर्षे अवधि सम्झनलायक रह्यो। अब गन्तब्य मोडिएको छ।’

सजिलो छैन सन्दीपलाई
सन्दीपले मोडिएको भनेको नयाँ गन्तब्य कता हो त? कुन टिमले उनलाई अनुबन्ध गर्ला भन्दा पनि सन्दीपप्रति दिल्लीबाहेकका टिमको धारणा कस्तो छ? सन्दीपलाई अनुबन्धित गर्न चाहने टिम कत्तिको छन्? भन्ने कुराले अब यसमा सिधा अर्थ राख्नेछ।

त्यसो त आइपीएलको अबको अक्सनबाट सबै टिमले गरी कुल २२ खेलाडी किन्दै छन्। यी २२ विदेशी खेलाडीमा सन्दीप परेमा फेरि आइपीएल खेल्ने उनको सपना पूरा हुन सक्छ। तर सन्दीपको आइपीएल यात्रा यतिमै सकिने सम्भावना पनि निकै छ।

आइपीएलका आठ टिमले ‘रिटेन’का साथै खेलाडी रिलिज गर्दा राम्रा विदेशी खेलाडीहरु बाहिरिएका छन्। अब उनीहरुले पनि आइपिएल खेल्न अक्सनबाट छानिनु पर्छ। सन्दीप पनि अक्सनबाटै छानिनु पर्ने हुँदा उनका लागि यो सम्भावना निकै गाह्रो छ। आठ टिमले रिलिज गरेका विदेशी खेलाडी र अब किन्ने खेलाडीको समीकरण कस्तो छ त?

किंग्स इलेबेन पञ्जाबले विदेशी खेलाडीमा ग्लेन म्याक्सवेल, सेल्डन कट्रेल, मुजिब उर रहमान, जेम्स निसाम र हार्डस भिल्जनलाई रिलिज गरेको छ। त्यस्तै, दिल्लीले विदेशी खेलाडीमा सन्दीपसँगै किमो पाउल, एलेक्स क्यारी र जेसन रोयलाई रिलिज गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले पनि मोइन अली, आरोन फिन्च, क्रिस मोरिस र डेल स्टेनलाई रिलिज गरेको छ। चेन्नईको भने यो पटक शेन वाटसन रिलिजमा परेका छन्। आइपिएलकै दौरानमा सन्यास लिएका वाटसन स्वतः रिलिजमा परेका हुन्।

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले भने लसिथ मालिंगा, नाथन कुल्टर नाइल, जेम्स प्याटिन्सन, सेरफान रुथफोर्ड र मिचेल म्याकक्लेनघनलाई रिलिज गर्दा सनराइजर्स हैदरावादले फावियन एलेन र बिली स्टानलकलाई रिलिज गर्यो। यता, कोलकाता नाइट राइडर्सले टोम बेनटन, क्रिस ग्रिन, ह्यारी गुर्ने र अली खानलाई रिलिज गरेको छ। राजस्थानबाट भने कप्तान स्टिभ स्मिथ, टोम करन र ओशान थोमस रिलिज भए।

सम्भावना कुन टिममा?
अब विदेशी खेलाडीको कोटामा २२ खेलाडी मात्रै अटाउने समीकरणमा सन्दीपको सम्भावना कस्तो छ? हुन त सन्दीप लगातार तीन संस्करणसम्म दिल्लीको टिममा पर्दै अनुभव बटुलिसकेका खेलाडी हुन्। अन्तर्राष्ट्रियस्तरमा आफ्नै छुट्टै पहिचान बनाएका छन् उनले। त्यसकारण सन्दीपमाथि अन्य टिमको नजर गएको हुनुपर्छ।

चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादमा सन्दीपको सम्भावना निकै कम छ। यी दुवै टिमले विदेशी कोटामा अब १–१ खेलाडी मात्रै राख्न पाउँछन्। तर, चेन्नईले स्टार दुई स्पिनर निकालेको छ। हरभजन सिंह र केदार जाधवलाई रिलिज गरेसँगै अब चेन्नईले राम्रा दुई स्पिनर त अनुबन्धित गर्दैछ। तर यी दुबै भारतीय खेलाडी हुन्। त्यहीमाथि दुई स्पिनर राख्दा सन्दीपलाई नै अनुबन्धित गर्छ भन्ने छैन।

त्यस्तै, हैदरावादमा विश्वका उत्कृष्ट मानिएका स्पिनर रशिद खान छन्। रशिद हुँदाहुँदै उसले विदेशी कोटामा अर्का स्पिनर लाने छैन। कोलकातामा पनि सन्दीपको सम्भावना शुन्य जस्तै हो। कुलदीप यादव र सुनिल नराइनको जोडीले राम्रो गरिरहेको बेला उसले सन्दीपलाई लिने अवस्था देखिँदैन। कोलकाताले दुई विदेशी खेलाडी अक्सनबाट राख्न पाउने छ। रोयल च्यालेन्जर्स बैंग्लोरमा सन्दीपको सम्भावना छैन भन्दा पनि हुन्छ। कारण बैंग्लोरमा राम्रा दुई स्पिनर छन्। भारतीय स्पिनर युज्भेन्द्र चहल र अस्ट्रेलियन स्पिनर एडम जाम्पा रहेको बैंग्लोरमा यी दुई स्पिनरमध्ये एकको सट्टा सन्दीप हुन सक्दैनन्। त्यसैले बैंग्लोरले चार विदेशी खेलाडी ल्याए पनि ती सबै अलराउण्डर र ब्याट्सम्यान हुने छन्।

मुम्बई इन्डियन्स भारतीय स्पिनरले धानेको टिम हो। यसमा बैकल्पिक स्पिनरको रुपमा केइरन पोलार्ड पनि छन्। क्रुनाल पाण्ड्या र राहुल चहरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। मुम्बईले चार विदेशी खेलाडी राख्न पाउँछ। ब्याट्सम्यान र अलराउण्डरको राम्रो समिश्रण भएको मुम्बईमा विदेशी खेलाडीमा स्पिनरले मौका पाउने सम्भावना निकै छ। तर, मुम्बईले सन्दीपमाथि कत्तिको नजर लगाएको छ भन्ने कुराले पनि अर्थ राख्छ। त्यस्तै, राजस्थान रोयल्सले तीन विदेशी खेलाडी अनुबन्धित गर्दैछ, जहाँ सन्दीप पर्न पनि सक्छन् नपर्न पनि सक्छन्। एन्ड्रयू टाइ र जोफ्रा आर्चर तथा बेन स्टोक्स जस्ता तिब्र गतिका बलर हुँदा अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका एउटा पनि स्पिनर रोयल्समा छैन।

सन्दीपको सम्भावना रहेको टिम हो, किंग्स इलेबेन पञ्जाब। बलिउड अभिनेतृ प्रिति जिन्टाको टिम पञ्जाबले यो पटक ग्लेन म्याक्सवेलसहित अफगानी स्पिनर मुजिब उर रहमानलाई रिलिज गर्‍याे। आउँदो अक्सनबाट पञ्जाबले सर्वाधिक ५ विदेशी खेलाडी अनुबन्धित गर्दैछ। त्यसमा पनि मुजिब उर रहमानलाई नै रिलिज गरेको कारण सन्दीपको सम्भावना भने बलियो छ।


 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
भुर्तेलको ८४ रनको अविजित पारीमा यूएईविरुद्ध नेपाल ८ विकेटले विजयी त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो । त्... मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा सोमबार सिरिजको पहिलो खेल खेलेको नेपाल युए... मंगलबार, वैशाख ८, २०८३
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्