• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिमन्त्री अर्यालका योजना : फागुनभित्र किसान सूचीकरण, सबै प्रदेशमा मल भण्डारण

64x64
नेपाल लाइभ सोमबार, माघ ५, २०७७  १६:२२
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमभन्दा बाहिर आर्थिक दायित्व सिर्जना नहुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न ४ वटा योजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ। 

मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री पद्माकुमारी अर्यालले कृषि र पशुपंक्षी क्षेत्रमा तत्काल गर्नुपर्ने चार–चार वटा विषयको सुची तयार पार्न निर्देशन दिएकी थिइन्। मन्त्रीको उक्त निर्देशनपछि मन्त्रालयले सबैभन्दा महत्वपूर्ण र तत्काल सम्बोधन गर्नुपर्ने ४ वटा योजनाहरुको सूची बनाएको हो। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्कीका अनुसार मन्त्रालयले तयार पारेको सूचीमा फागुन मसान्तभित्र सबै किसानको तथ्यांक संकलन गरी सूचीकरण गर्ने उल्लेख छ। यस्तै, १ अर्ब रुपैयाँ लागतमा विभिन्न जिल्लामा धान गोदाम निर्माण गर्ने, सबै प्रदेशमा रासायनिक मल भण्डारणका लागि संरचना तयार पार्ने र मन्त्रालय तथा मातहतका निकायको सांगठनिक तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने विषय छन्।

‘तत्काल कुन–कुन काम गर्नु पर्ने हो त्यसको सूची पेस गर्नू भनेर मन्त्रीबाट निर्देशन भएको थियो। हामीले यी चार विषयलाई प्राथमिकतामा राखेर पेस गरेका छौं,’ सचिव कार्कीले भने।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा परेका यी योजनाहरुलाई अहिले बढी प्राथमिकता दिन लागिएको हो। मन्त्रालय, विभाग, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय किसान आयोग, सम्बन्धित क्षेत्रका विषय विज्ञ र कर्मचारीहरुसँगको छलफल यी चारवटा योजनालाई छनौट गरिएको कृषि मन्त्रालयले जनाएको छ। 

किसान सूचीकरण 
किसान गणना र परिचयपत्र वितरणका लागि लामो समयदेखि गृहकार्य गर्दै आएको मन्त्रालयले आउँदो फागुन मसान्तसम्ममा नतिजा देखिने गरी काम गरिरहेको जनाएको छ।

सचिव कार्कीका अनुसार पहिलो चरणमा फागुन पहिलो साता भित्रै मोबाइल एप्लिकेसन संचालनमा ल्याउने तयारी मन्त्रालयको छ। वास्तविक किसान पहिचान तथा उनीहरुको वर्गीकरणका लागिसमेत केन्द्रीकृत रुपमा तथ्यांक तयार पार्न यस्तो एप्लिकेसन तयार पारिएको हो।

किसानसँग सम्बन्धित सबै सूचना प्राप्त हुने उक्त एप्लिकेसन कार्यान्वयन पछि मन्त्रालयले कृषि पेन्सन तथा किसान सुरक्षा भत्ताको विषयलाई अगाडि बढाउने मार्गचित्र बनाएको छ।  

Ncell 2
Ncell 2

तराई र भित्री मधेशका २३ जिल्लामा धान गोदाम
मन्त्रालयले तराई र भित्री मधेशका २३ जिल्लामा धान गोदाम तथा भण्डारण निर्माण गर्ने कामलाई उच्च प्राथमिकतामा राख्न मन्त्री अर्याललाई सिफारिस गरेको छ। यस्तै १ अर्ब रुपैयाँ बराबर लागत अनुमान गरिएको धान गोदाम निर्माणको कामलाई चालु आर्थिक वर्षको बजेटबाटै दायित्व व्यवस्थापन गरिनेछ।

अहिले सम्बन्धित जिल्लाका पालिकाहरुसँग समन्वय गरी यसको काम अघि बढिरहेको मन्त्रालयले जनाएको छ। किसानले उत्पादन गरेको धान बेच्न नसक्ने र सरकारी तथा निजी क्षेत्रबाट हुने धान खरिदमा किसान मारमा पर्ने समस्यालाई समाधान गर्न मन्त्रालयले गोदाम घर निर्माणको अवधारणा अगाडि बढाउने तयारी गरेको हो। 

सबै प्रदेशमा मल भण्डारण 
हरेक वर्ष दोहोरिने रासायनिक मल अभाव समस्याको समाधानका लागि सात वटै प्रदेशका रासायनिक मल भण्डारणका संरचना निर्माण गर्ने योजना पनि मन्त्रालयले बनाएको छ।

‘मलको सुनिश्चितताका लागि ७ वटै प्रदेशमा भण्डारण (बफरस्टक) बनाउने अर्को काम हाम्रो प्राथमिकता सुचीमा परेको छ। मलका लागि चालु आर्थिक वर्षमा विनियोजित ११ अर्ब रुपैयाँ बाटै लगानी व्यवस्थापन हुनेछ,’ सचिव कार्कीले नेपाल लाइभसँग भने। 

मन्त्रालय र मातहतका सबै निकायको ओएनएम 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतका संस्थाहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ।

कर्मचारी र संगठन व्यवस्थापनका लागि गरिने ओएनएमबाट संगठनात्मक संरचनाबाट परिवर्तन, थपघट, पद तथा दरबन्दी सिर्जना वा कटौती लगायतका विषयहरुको निक्र्यौल हुनेछ। अहिले मन्त्रालय र मातहतका निकायमा कतै कर्मचारी अभाव र कतै आवश्यकता भन्दा बढी कर्मचारी भएर अनावश्यक दायित्व बढिरहेको गुनासो छ। खासगरी प्राविधिक कर्मचारीको व्यवस्थापनमा समस्या छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड
१८ हजार ८०० सयले घट्यो सुन
१८ हजार ८०० सयले घट्यो सुन
सम्बन्धित सामग्री
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् ।... मंगलबार, माघ १३, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको ह... आइतबार, माघ ११, २०८२
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१५ जिल्लाको मतपत्र छपाइ सकियो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्