• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिमन्त्री अर्यालका योजना : फागुनभित्र किसान सूचीकरण, सबै प्रदेशमा मल भण्डारण

64x64
नेपाल लाइभ सोमबार, माघ ५, २०७७  १६:२२
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमभन्दा बाहिर आर्थिक दायित्व सिर्जना नहुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न ४ वटा योजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ। 

मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री पद्माकुमारी अर्यालले कृषि र पशुपंक्षी क्षेत्रमा तत्काल गर्नुपर्ने चार–चार वटा विषयको सुची तयार पार्न निर्देशन दिएकी थिइन्। मन्त्रीको उक्त निर्देशनपछि मन्त्रालयले सबैभन्दा महत्वपूर्ण र तत्काल सम्बोधन गर्नुपर्ने ४ वटा योजनाहरुको सूची बनाएको हो। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्कीका अनुसार मन्त्रालयले तयार पारेको सूचीमा फागुन मसान्तभित्र सबै किसानको तथ्यांक संकलन गरी सूचीकरण गर्ने उल्लेख छ। यस्तै, १ अर्ब रुपैयाँ लागतमा विभिन्न जिल्लामा धान गोदाम निर्माण गर्ने, सबै प्रदेशमा रासायनिक मल भण्डारणका लागि संरचना तयार पार्ने र मन्त्रालय तथा मातहतका निकायको सांगठनिक तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने विषय छन्।

‘तत्काल कुन–कुन काम गर्नु पर्ने हो त्यसको सूची पेस गर्नू भनेर मन्त्रीबाट निर्देशन भएको थियो। हामीले यी चार विषयलाई प्राथमिकतामा राखेर पेस गरेका छौं,’ सचिव कार्कीले भने।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा परेका यी योजनाहरुलाई अहिले बढी प्राथमिकता दिन लागिएको हो। मन्त्रालय, विभाग, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय किसान आयोग, सम्बन्धित क्षेत्रका विषय विज्ञ र कर्मचारीहरुसँगको छलफल यी चारवटा योजनालाई छनौट गरिएको कृषि मन्त्रालयले जनाएको छ। 

किसान सूचीकरण 
किसान गणना र परिचयपत्र वितरणका लागि लामो समयदेखि गृहकार्य गर्दै आएको मन्त्रालयले आउँदो फागुन मसान्तसम्ममा नतिजा देखिने गरी काम गरिरहेको जनाएको छ।

सचिव कार्कीका अनुसार पहिलो चरणमा फागुन पहिलो साता भित्रै मोबाइल एप्लिकेसन संचालनमा ल्याउने तयारी मन्त्रालयको छ। वास्तविक किसान पहिचान तथा उनीहरुको वर्गीकरणका लागिसमेत केन्द्रीकृत रुपमा तथ्यांक तयार पार्न यस्तो एप्लिकेसन तयार पारिएको हो।

किसानसँग सम्बन्धित सबै सूचना प्राप्त हुने उक्त एप्लिकेसन कार्यान्वयन पछि मन्त्रालयले कृषि पेन्सन तथा किसान सुरक्षा भत्ताको विषयलाई अगाडि बढाउने मार्गचित्र बनाएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

तराई र भित्री मधेशका २३ जिल्लामा धान गोदाम
मन्त्रालयले तराई र भित्री मधेशका २३ जिल्लामा धान गोदाम तथा भण्डारण निर्माण गर्ने कामलाई उच्च प्राथमिकतामा राख्न मन्त्री अर्याललाई सिफारिस गरेको छ। यस्तै १ अर्ब रुपैयाँ बराबर लागत अनुमान गरिएको धान गोदाम निर्माणको कामलाई चालु आर्थिक वर्षको बजेटबाटै दायित्व व्यवस्थापन गरिनेछ।

अहिले सम्बन्धित जिल्लाका पालिकाहरुसँग समन्वय गरी यसको काम अघि बढिरहेको मन्त्रालयले जनाएको छ। किसानले उत्पादन गरेको धान बेच्न नसक्ने र सरकारी तथा निजी क्षेत्रबाट हुने धान खरिदमा किसान मारमा पर्ने समस्यालाई समाधान गर्न मन्त्रालयले गोदाम घर निर्माणको अवधारणा अगाडि बढाउने तयारी गरेको हो। 

सबै प्रदेशमा मल भण्डारण 
हरेक वर्ष दोहोरिने रासायनिक मल अभाव समस्याको समाधानका लागि सात वटै प्रदेशका रासायनिक मल भण्डारणका संरचना निर्माण गर्ने योजना पनि मन्त्रालयले बनाएको छ।

‘मलको सुनिश्चितताका लागि ७ वटै प्रदेशमा भण्डारण (बफरस्टक) बनाउने अर्को काम हाम्रो प्राथमिकता सुचीमा परेको छ। मलका लागि चालु आर्थिक वर्षमा विनियोजित ११ अर्ब रुपैयाँ बाटै लगानी व्यवस्थापन हुनेछ,’ सचिव कार्कीले नेपाल लाइभसँग भने। 

Xtrem

Xtrem

मन्त्रालय र मातहतका सबै निकायको ओएनएम 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतका संस्थाहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ।

कर्मचारी र संगठन व्यवस्थापनका लागि गरिने ओएनएमबाट संगठनात्मक संरचनाबाट परिवर्तन, थपघट, पद तथा दरबन्दी सिर्जना वा कटौती लगायतका विषयहरुको निक्र्यौल हुनेछ। अहिले मन्त्रालय र मातहतका निकायमा कतै कर्मचारी अभाव र कतै आवश्यकता भन्दा बढी कर्मचारी भएर अनावश्यक दायित्व बढिरहेको गुनासो छ। खासगरी प्राविधिक कर्मचारीको व्यवस्थापनमा समस्या छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्