मुम्बई–स्टुडेन्ट अफ दि इयर, बद्रिनाथकी दुल्हनियाँलगायत चर्चित फिल्ममा अभिनय गरेका बलिउड अभिनेता वरुण धवनले यही जनवरी २४ मा बिहे गर्ने भएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुुसार उनले आफ्नी प्रेमिका नताशा दलालीसँग लगनगाँठो कस्न लागेका हुन्।
भारतको अनलाइन बलिउड हंगामाले वरुण र नताशाको बिहे अलिबागमा रहेको एक रिसोर्टमा हुन लागेको जनाएको हो। बिहेको निमन्त्रणा कार्डसमेत वितरण भइसकेको समाचारमा जनाइएको छ।
वरुण र नताशा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। बिहेको औपचारिक घोषणा भने उनीहरुले गरेका छैनन्। त्यसो त उनीहरु दुवै जना लामो समयदेखि लिभ इन टुगेदरमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।