सिड्नी- दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा रहेको वाटामोला दहमा पौडी लेख्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ।
सोमबार अपराह्न पाँच बजे भएको उक्त घटनामा अस्ट्रेलियाका एक नेपाली विद्यार्थीको मृत्यु भएको हो।
सदरल्याण्ड प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार सात मिटर गहिरो दहमा ९ मिटर अग्लो क्लिफबाट हाम्फाल्ने क्रममा उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार करिब साढे ६ बजे नेपाली युवाको शरीर पानीबाट निकालिएको थियो।
उद्धारका लागि वेस्ट प्याक हेलिकोप्टर पनि प्रयोग भएको थियो। नेपाली युवासँगै पौडी खेल्दा डुबेकी महिलाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।