• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

ब्रिटेनमा फिल्म मेकिङको नयाँ युग

बेथ वेब मंगलबार, पुस २१, २०७७  ०६:४८
1140x725

काठमाडाैं- कोभिड-१९ को प्रभावले लामो समयसम्म मनोरञ्जन क्षेत्रका काम बन्द भए पनि केही महिनादेखि भने पुनः जारी छ। नेपालमा पनि केही फिल्म तथा टेलिभिजन कार्यक्रमको सुटिङ चलिरहेको छ। 

यतिखेर हामीले नेपालभन्दा बाहिर के भइरहेको छ भन्ने बुझ्न खोजिरहेका छौं। त्यही क्रममा ब्रिटेन तथा अन्य देशमा भइरहेका फिल्म सुटिङबारे बिबिसीका वेथ वेबले विभिन्न फिल्मकर्मीहरुसँग गरेको कुराकानीमा आधारित रिपोर्ट: 

During lockdown, Censor producer Helen Jones set to work compiling stringent filming guidelines, in accordance with the British Film Council’s guidance (Credit: Tim Walker)

हेलेन जोन्स
हेलेन जोन्स फिल्म निर्माता हुन्। उनी साइकोलोजिकल हरर फिल्म बनाइरहेकी छन्। जसमा निआम अल्गर र माइकल स्माइलीको अभिनय देख्न सकिन्छ। यो फिल्म २०२१ मा प्रदर्शन हुनेछ। 

मार्च अन्तिममा जोन्स फिल्मको बाँकी सुटिङको तयारी गरिरहेकी थिइन्, त्यही क्रममा कोभिड-१९ ले काम रोक्नुपर्‍यो। फिल्म सुटिङका लागि लकडाउनका विभिन्न निर्देशन पालना गर्नुपर्ने भयो। साथै सुटिङका लागि अनुमति लिनु अनिवार्य हुनथाल्यो। ती निर्देशन ब्रिटिस फिल्म कमिसन (बिएफसी) ले तयार पारेका थिए। 

२७ जुलाइका दिन जोन्स ४ दिनको सुटिङका लागि लण्डन आइन् तर फिल्मको कथा उत्तरी इंगल्याण्डमा सुटिङ गर्नुपर्ने थियो। 

उनी भन्छिन्, ‘हामीसँग समय कम थियो। त्यसैले हामी जोखिम कम हुने समयसम्म कुर्न सक्दैनथ्यौं। यसको मुख्य कारण भनेको फिल्मको सम्पूर्ण सुटिङ नसकेसम्म हामी हाम्रा क्रूका कोही पनि सदस्य या अभिनेता अर्को प्रोजेक्टका लागि काम नगरुन् भन्ने चाहन्थ्यौं।

सेटमा दोहोर्‍याएर काम गर्ने बारेमा बिएफसीको निर्देशन पहिलोपटक जुन १ मा जारी गरिएको थियो। त्यसपछि यो बारम्बार परिवर्तन भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जोन्स निर्माता भए पनि निर्देशनको काम पनि हेर्न थालेकी छन्। उनको लाइन प्रोड्युसर तथा पहिलो सहायक निर्देशक कलाकार थप तालिमको भार खेपिरहेका छन्। बिएफसीले नै खटाएका कोभिड १९ को हेल्थ सुपरभाइजर पनि जतिखेरै सुटिङसेटमा ढुकेर बसिरहेका हुन्छन्। 

No description available.

सुटिङको क्रममा दुई मिटर दूरी सम्भव नभए कम समयमा काम पुरा गर्ने र कम मान्छे राखेर काम सक्काउने निर्देशन दिइएको छ।

जोन्स भन्छिन्, ‘कम मान्छे राख्ने निर्देशन दिएपछि फेरि उनीहरुकै हेल्थ सुपरभाइजर राख्न जरुरी थियो?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जोन्स आफ्नो सुटिङ सेटमा क्यामरा र साउन्ड क्रूमात्रै राख्थिन्। जबकि पहिरन, मेकअप लगायतको सेट अर्कैतर्फ थियो। यदि यिनीहरुलाई सेटमा आउनुपरे पनि छुट्टै ठाउँ बनाइएको थियो। 

क्रूका सदस्यलाई छुट्टै राख्नुबाहेक जोन्सले सुरक्षाका अरु उपाय पनि खोजेकी थिइन्। उनी भन्छिन्, ‘रिमोट मनिटरिङ सिस्टमले पनि निकै राम्रो काम गरेको थियो। यसले भीड जम्मा हुन बन्द गरेको थियो।’  

Censor director Prano Bailey-Bond was most concerned about the mental health and wellbeing of her colleagues coming back onto set (Credit: Darryl Foster)

प्रानो बेली बाण्ड
प्रानो बेली बाण्ड सेन्सर फिल्मकी निर्देशक तथा सह-लेखिका हुन्। सेन्सर उनको पहिलो फिचर फिल्म हो जो अहिले छायांकनको क्रममा छ। 

बेली बाण्डले आफ्नो फिल्मका लागि नयाँ सुरक्षा निर्देशिका आफैँ तयार परेकी थिइन्। यसका लागि उनले रचनात्मक उपाय खोजिन्। 

हाम्रा कोभिड-१९ सुरक्षा अधिकारी भन्छन्, ‘एक ठाउँमा ६ जनामात्रै सहायक कलाकार राख्यौं। त्यही भएर निर्देशकको हैसियतले मैले सोच्नुपर्‍यो, अब धेरै मानिस देखाएर सुटिङ पो कसरी गरौं। उनी रेस्टुरेन्टको एक दृश्यकाे अनुभवबारे भन्छिन्, ‘सिनमा तीन जनामात्रै बेलुकीको खाना खान बसेका छन्, हामी साँघुरो ठाउँमा छौं। यसका लागि हामीले अलग अलग समूहलाई बोलाएर काम गराउनुपर्‍यो। आर्ट डिपार्टमेन्ट काम गर्न आउँदा लाइटिङलाई रोक्नुपर्‍यो। लाइटिङ आउँदा मेकअपलाई रोक्नुपर्‍यो। जसले गर्दा हामीलाई काम गर्न लामो समय लाग्यो।

सेन्सर फिल्म सन् १९८५ को बारेमा छ। बेली बाण्डले भनिन्, ‘हाम्रो फिल्म साइकोलोजीकल हरर जनरामा भएकाले अंगालो मार्नुपर्ने, चुम्बन गर्नुपर्ने सिन छैन। त्यसैले कथावस्तुको आधारमा भने कोभिडको समयमा फिल्म सुटिङ गर्न सजिलो छ।’ 

बेली बाण्डलाई सबैभन्दा चिन्ता भने आफ्ना सहयोगीहरुको मानसिक स्वास्थ्यलाई लिएर लाग्यो। ब्रिटेनमा फिल्म निर्माणको भविष्यबारे चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘हेरौं यो महामारीले फिल्मलाई कुन हदसम्म बदल्न सक्छ।’ 

मलाई केही फिल्मका स्कृप्टहरू आएका छन्‚ जसमा एउटा कोठामा एकै पात्रलाई ध्यानमा राखिएको छ। यसले के थाहा हुन्छ भने, कथावस्तुको आधारमा सामाजिक दूरी कायम राखेर पनि काम हुनसक्छ‚’ बेली बाण्डले भनिन्। 

बेली बाण्डको आशा छ, उनी र उनका साथी निर्देशनको कामलाई नै भविष्यमा पनि जारी राख्नेछन्। उनले भनिन्, ‘म सर्जरीको लागि चिकित्सक कहाँ गएको थिएँ, त्यहाँको वातावरण देखेर लाग्यो कि हाम्रो फिल्म उद्योगमा जस्तो निर्देशनको पालना त्यहाँ भएको छैन। 

For satire Triangle of Sadness, production designer Josefin Åsberg helped create an interior of a luxury yacht, where some of the action takes place (Credit: Robin Aron)

जोसेफिन एसबर्ग
जोसेफिन एसबर्ग प्रोडक्सन डिजाइनर हुन्। एसवर्ग रुवेन आसलुंडको पहिलो अंग्रेजी फिचर फिल्म 'ट्रयाङगल अफ स्याडनेस' मा काम गरिरहेकी छन्। जसको सुटिङ जुनको आखिरमा स्वीडेनमा दोहोर्‍याएर सुरु भयो।

ट्रयाङगल अफ स्याडनेसको प्रोडक्सन तिन महिना रोकियो। स्विडिस निर्देशक आसलुंडको एक करोड दश लाखमा (११ मिलियन डलर) निर्माण भइरहेको यो फिल्म ठूलोमध्ये एक हो। जहाँ दोहोर्‍याएर काम सुरु भएको छ। एसबर्ग भन्छिन्, ‘मेरो विभागले मुख्य क्रू आउनुभन्दा अगाडिदेखि काम सुरु गर्‍यो। माहोल निकै राम्रो थियो। महिनौं बिनाकाम बसेर काममा फर्कन पाउँदा सबै खुसी थिए। 

एसबर्ग पश्चिमी स्वीडेनको के ट्रोलहैटन शहरको एक स्टुडियोमा काम गर्थिन्, लकडाउन हुनुभन्दा केही अगाडि मात्रै उनले फिल्ममा काम सुरु गरेकी थिइन्। 

आसलुँडको पहिलो अंग्रेजी फिल्ममा बुडी हेरेलसन तथा ब्रिटिस अभिननेता ह्यारिस डिकेन्सन छन्। निर्माणमा जानु २५ दिनअघि कोभिड-१९ का कारण काम रोक्नुपर्‍यो। जब ह्यारेलसनलाई आफ्नै घरबाट सुटिङमा जानका लागि अनुमति मिल्याे तबमात्रै दोहोर्‍याएर काम सुरु भयो। 

पहिलो दिन हरेक समूहलाई थरीथरीको रंग दिए, मलाई गुलाबी रंग दिएका थिए किनभने म आर्ट डिपार्टमेन्टबाट थिएँ, एसवर्गले बिबिसी कल्चरलाई भनिन्, ‘मलाई हरियो रंग पनि मिल्यो, जुन मुख्य युनिटका लागि तय भएको थियो। हरियो रंगको टोलीमा निर्देशक, फोटोग्राफी र नायक नायिका थिए।’ 

उनले अगाडि भनिन्, ‘होटल बन्द भएकाले हामीलाई डब्बामा खाना दिन्छन्, जतिखेरै मास्क लगाउनुपर्छ। अझै नायक नायिकाको नजिक रहेर काम गर्नेहरुले त फेस सिल्ड लगाउनुपर्छ। हामीलाई तापमान लिनका लागि थर्ममिटर पनि दिएका छन् तर म ज्वरो नाप्न जहिल्यै भुल्छु।’ 

प्रोडक्सन डिजाइनर अगाडि भन्छिन्, ‘सेटमा नयाँ तरिकाले काम हुँदा मलाई केही असर परेको छैन तर पनि सुरुवातमा सहयोगीको मिलजुलको कमी महशुस हुन्थ्यो। सुरुमा अचम्म लाग्थ्यो मैले कसैलाई अंगालो मार्न पाउँदिन भनेर। तर आजभोलि भने यो सामान्य लाग्छ।’ 

हेरेलसनको एक हप्ते सुटिङका लागि स्वीडेन आउने अनुमति लिन स्विडिस बोर्डर पुलिस, विदेश मन्त्रालयलगायत अन्य केही विभागलाई फकाउनुपर्छ। 

'गलत कागजातको शंका लागेर मलाई हेरेलनको लसएन्जेलसमा रोक्यो। फिल्मका निर्माताले एयरलाइन्सका अधिकारीहरुलाई फोन गरेर सम्झाएपछि सबै ठीक भयो,' उनले भनिन्। 

लिजी टालवोट
लिजी टालवोट इन्टिमेसी कोअर्डिनेटर हुन्। उनी अचेल दुईवटा काम गरिरहेकी छन्। उनले इन्टिमेसी फर स्टेज एण्ड स्क्रीन नेटवर्क बनाएकी छन्। 

इन्टिमेसी कोअर्डिनेटर फिल्म र टिभी सेटका लागि महत्वपूर्ण हिस्सा बन्दै गइरहेको टालवोट बताउँछिन्। खासगरी मिटू र टाइम्स अप आन्दोलनपछि त झनै यसको महत्व बढ्दै गएको छ। 

उनले भनिन्, ‘हाम्रो काम निर्देशकको भिजनलाई सबैभन्दा सुरक्षित तरिकाले फिल्ममा उतार्नु हो। अहिले कोभिडले गर्दा शारीरिक सम्पर्कको दृष्य खिच्नुपर्दा बिएफसीको निर्देशनले नयाँ चुनौती थपेको उनको बुझाइ छ। 

कथाले मागेपछि यस्ता दृष्य खिच्नैपर्ने भएकाले सेटमा आउनुअघि १४ दिनको सेल्फ आइसाेलेसनको सल्लाह दिएको पनि उनले बताइन्।

बिबिसीबाट अनुदित 

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ०६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्