• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा : पेटभरि भात

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २८, २०७५  ०१:३०
1140x725

चालीस रुपैयाँ पर्ने दुई वटा चिनियाँ प्याज र अस्सी रुपैयाँ पर्ने एउटा इन्डियन प्याजमा नेपाली आलु मिसाएर तरकारी पकायो। पानी चाहिँ ढल मिसिएको नलको छँदै थियो। ठुँडे नाकको पसिना पुछ्दै ऊ करायो- 'सुनिस्, आलु-प्याज पाक्यो।'

'म के गरुँ त?'

'भात पका। मलाई पानी अडकल्न आउँदैन। गिलो भयो भने तैं चिच्याउन थाल्छेस्। सुनिस्!'

एचआइभी एड्सले ग्रस्त भएर भुँडी बोकेकी स्वास्नी अझै ओछ्यानमै छे। लोग्नेको कचकच सुनेर ऊ सिरकले मुख छोपेर भित्तातिर फर्किन्छे। आकस्मिक रगतजाँचमा स्वास्नीलाई एचआइभी पोजिटिभ देखिएपछि ऊ ढालबहादुरको शरण परेको छ। स्वास्नीले भुँडी नबोकेकी भए र जँचाउनु नपरेको भए थाहै हुने थिएन। भावी सन्तति पनि एड्स लिएरै आउने भयो। उसले आफूले रगत जाँच गराएको छैन। के ठेगान स्वास्नीको रहस्योद्घाटन हुनुपूर्व नै उसलाई पनि सल्किसको छ कि? सम्भावना प्रबल छ, होस्।

यै 'होस्' सम्झेर हिजोको रगतजाँच रहस्योद्घाटनपश्चात् आज ऊ भोज खान तत्पर भएको छ। अचेल भोजमा माछा-मासुभन्दा आलु-प्याज नै स्वाद र प्रतिष्ठाको विषय भएको छ। त्यसै हुनाले चालीस रुपैयाँ किलोको चिनियाँ प्याजमा अस्सी रुपैयाँ किलोको इन्डियन प्याज र त्यसमा नेपाली आलु मिसाएर पकाएको हो।

'उठ् भन्या भात पकाउन। के भित्तोतिर टाँसिएकी होस्। अहिले रामगुलामजी र सुब्रतोबाबु आइपुग्नुहुन्छ।'

स्वास्नी नबोलेर भित्तोतिर टाँसिएकी टाँसियै छे।

गर्भ अहिले तीन महिनाको मात्रै छ। देखिइहाल्ने गरी उक्सेको छैन। आलु-प्याज काट्दादेखि अहिले पकाइसकुन्जेल उसले तीन पटक गर्भ फ्याँक्ने अठोट गरिसक्यो। तर, एउटै कुराले उसलाई रोकिरहेछ- एड्समय भविष्यले नै 'एड' ल्याउँछ। अन्यथा कसले कसलाई के दिन्छ र? यही सोचेर आश्वस्त हुँदै पुन: आफ्नो ठुँडे नाकको पसिना पुछ्यो र रामगुलामजी र सुब्रतोबाबुको ध्यानमा मग्न भयो।

Ncell 2
Ncell 2
nimb
nimb

देब्रे हातको दस मिनेट लेट इन्डियन घडीमा हेर्‍यो, आठ पी.एम. भएछ। साढे आठ बजेसम्म आइपुग्लान्। दस मिनेट फास्ट घडी नेपालमा बन्दैन। रामगुलामजी र सुब्रतोबाबु पनि नेपाली नै हुन्, होइनन् रहेछ भने पनि आजैदेखि बनाउँला। यति सद्भावना त राख्नैपर्‍यो। अन्यथा वीर र उदारवादी नेपाली भएको के अर्थ रह्यो र? विश्वव्यापी खुला र उदार अर्थतन्त्रको लहरले गर्दा नेपालमा पनि उद्योग लगायत सबै कुरा निजी क्षेत्रमा गइरहेछन्। तर, एउटा कुरा चाहिँ सार्वजनिक क्षेत्रतिर अग्रसर छ- परिवार! परिवारले सामुदायिक र साझा स्वरुप ग्रहण गर्दै छ। परिवारले सहकारी स्वरुप ग्रहण गर्नु खुला अर्थतन्त्र अन्तर्गत स्वाभाविक हो। परिवार पनि उपभोक्तातिर उन्मुख भएन भने सामाजिक र राष्ट्रिय उन्नति, प्रगति र विकासको बाटो अवरुद्ध हुन्छ। 

अहिले परिवार भित्तोतिर फर्केर सुतिरहेकी छे।

'उठिनस् भन्या? के सम्साँझै सुतेकी होस्?'

'कति कराएको! मलाई सञ्चो छैन क्या!'

Xtrem

Xtrem

'अब के सञ्चो होला र? जहिलेसम्म सञ्चो छ, उपभोक्ताहरुको सेवा गरेर उन्नति-प्रगति गरिहाल्नुपर्छ।'

'म तिम्रा कुराहरु बुझ्दिनँ, गर जे-जे गर्नु छ।'

'भात त बसाल्दे, मलाई पानी अड्कल्न आउँदैन। अनि कोठा पनि त मिलाउनु-सजाउनुपर्‍यो। रामगुलामजी र सुब्रतोबाबु आधा घन्टामा आइपुग्नुहुन्छ।'

'जोसुकै आऊन्, मलाई वास्ता छैन। जहिले पनि उही एउटै नाम घोकिराख्छौ। अनुहार भने फरक-फरक हुन्छन्। जे-जे गर्नु छ, आज तिमी आफैं गर। मलाई सञ्चो छैन। सधैं उही रामगुलामजी, उही सुब्रतोबाबु!'

ऊ अझै भित्तोतिर टाँसिएर सुती।

परिवारले यसरी भित्तो नछाडेको देखेर ऊ जंगियो। ठुँडे नाक तलका पातला ओठले थुक उछिट्याउँदै फलाक्यो, 'तैंले भित्तोलाई पहाड ठानेकी छेस् कि हिमाल? किन त्यतै घुस्रिन खोजेकी होस्! मैदानमा आइज, खुला मैदानमा! खुला मैदानी सेहतका लागि बहुत अच्छा हुन्छ क्या, बुझिनस्?'

बुझिन कि? उसले एकछिन गम खायो। हिजै भर्खर त रगतजाँचमा एआइभी पोजिटिभ देखिए हो। अहिल्यै एड्सको लक्षण कहाँ देखापरिहाल्छ र? जहिले देखापर्ला, देखाजाएगा! यति वीरता त अझै छ हामीसँग। बरु अल्छी पो मानेकी हो कि? भारी बोक्न अल्छी मानेर हामी भरियाहरुको जीवन कसरी चल्छ? यस्तै अबुझहरुले गर्दा नेपालमा प्रजातन्त्र नफस्टाएको। पद्म शम्शेरको प्रजातन्त्र पनि फस्टाएन र अहिले यो भारतमुखी प्रजातन्त्र पनि फस्टाउन सकेको छैन। क्या फसाद! एड र एड्सका लागि, उन्नति र प्रगतिका लागि, खुला र उदार  बन्नु नै परेपछि ड्रइंगरुम मात्र किन, बेडरुम पनि खुलै राख्ने नि! यति त नेपाल आमा भनाउँदी परिवारले बुझिदिनुपर्ने हो। खै बुझेको?

आलुप्याज उहिल्यै पाकिसक्या थियो। भात मात्रै पकाउन बाँकी रहेको हुँदा ऊ पुन: आफ्नी परिवारसँग जंगियो, 'अब पनि उठ्दिनस् भन्या? हेर् है, म नेपाल आमा सेपाल आमा क्यै नभनेर भकुर्छु नि!'
परिवारले लामो हाइ काढेर, आङ भाँचेर, हिमाल ठानेको भित्तो छाडेर उठ्दै भनी, 'तिमी पापी हौ। कस्तो मीठो सपना देख्दै थिएँ।'

ऊ उठ्दा कालो, बाक्लो र लामो केशराशि तल झरेर तराईसम्म फिँजियो।

'साँझपखको सपना साँचो हुँदैन भन्ने थाहा छैन तँलाई?'

झुठै भए पनि क्या मीठो सपना थियो।' उसको डल्लो अनुहारका राता गुराँसे गाला, परेवा जस्ता बाटुला आँखा र गोलकाँक्री जस्ता ओठले समवेत रुपमा भने।

तर उसले ठुँडे नाक हल्लाउँदै र पातला ओठ बङ्ग्याउँदै व्यङ्ग्यपूर्वक भन्यो, 'सपनाले भुँडी भरिन्छ र? भुँडी भर्दिन रामगुलामजी र सुब्रतोबाबु आउँदै हुनुहुन्छ। लु छिटो भात बसाल्।'

'मासु ल्याएनौ?'

'तँलाई मासु चाहिएको होला भोजमा। ए बाबा, हामीलाई पो यज्ञ अनुष्ठान र बलिहिंसा चाहिन्छ, लाटी! उनीहरु त हिन्दु हुन्, पूजा गरेर फलमिठाईको प्रसाद खाने साकाहारी।'

'उसोभए ड्रइंगरुममा आएपछि बेडरुम किन खोज्छन् नि?'

'यसै हुनाले हाम्रो प्रजातन्त्र नफस्टाएको। ए बाबा, साकाहारी बिचराहरुले बेडरुम नपुगे आलु-प्याज, प्याज-मुला कसरी प्राप्त गर्ने? फलमिठाई, प्रसाद कसरी प्राप्त गर्ने? पूजापाठ, भजन-कीर्तन करी गर्ने? बूढी भैंसीको मासु खाउँला नि, नानी! उठ् उठ्, जुरुक्क उठ्।'

फर्सी जस्ता, लौका जस्ता, गोलभेडा जस्ता लिएर ऊ उठी।

उसले ठुटो चुरोट सल्कायो र जिल्लाका माननीय सांसदज्यूको सम्झनामा लीन भयो। छिमेकी सांसद हिँहिँहिँ गर्दै हाँस्दै थिए। अलिअलि गिज्याउँदै थिए।

ऊ बोलिन। फेरि उसैले बोल्यो।

'एऽऽ.. मैले त सांसदज्यू…, भात पाक्यो? कति बज्यो, हँ?'

'बज्दै छ।'

'भात?'

'पाक्दै छ।'

एड्स ग्रसित तीनमहिने गर्भ उक्सिएको छैन। भला!

उसले नेपालको प्रथम घन्टाघरतिर हेर्‍यो। नौ बजिसकेछ।

'एहे, नौ बजेछ। म गएँ लिन।'

'घिस्याउनु किन पर्‍यो?' स्वास्नी जंगिई।

'भात खानुपरेन?'

'घिच् न त।'

'आलु-प्याज कुन तेरो बाउले खान्छ?'

स्वास्नी बोलिन। ऊ छाता टिपेर बाहिरियो। बाटोभरि उसले स्वास्नीलाई भन्दा आफूलाई सम्झियो। आफूलाई भन्दा आलु-प्याजलाई सम्झियो।

'कता हिँडेको हो?' कसैले सोध्यो। यो सुनेर ऊ झसंग भयो।

'पुसको महिना, रातिको नौ बज्या छ। न घाम छ, न पानी। यो छाता किन ओढेको?'

अब ऊ होसमा आयो।

ङिच्च हाँस्दै भयो, 'हिँहिँ, के गर्नु दिल्लीमा पानी परेको छ, हिँहिँ।'

'छाता त निकै रंगीचंगी बुट्टे छ नि!'

'ज्यू, चाइनिज छाता हो, हिँहिँहिँ!'

'अनि कता हिँडेको हो नि?'

'रामगुलामजी, रामगुलामजी! सुब्रतोबाबु, सुब्रतोबाबु!'

'भोज छ कि क्या हो?'

'आलु-प्याज! आलु-प्याज!'

बाटोको यस बहुला प्रश्नकर्तालाई छाडेर ऊ हानिँदै रामगुलामजी र सुब्रतोकहाँ पुग्यो। दुवैले ठाडै अस्वीकार गरे।

'नजाने हजुरहरु?'

'नजाने।'

'किन हजुर?'

दुवै कूटनैतिक मुद्रामा चुप भए।

'आलु-प्याज छ हजुर।'

'मालुम छ।'

'शुद्ध साकाहारी, हजुर! खुला, उदार, बेडरुम, हजुर!'

'मालुम छ।'

'अनि किन नजाने त, हजुर?'

'मालुम छ।'

बढी कचकच गर्ने ह्याउ आएन उसको। लुरुलुरु फर्किएर घर आयो। खुइय्य गर्‍यो, ठुँडे नाकको पसिना पुछ्यो, र स्वास्नीलाई विरसिलो पाराले भन्यो, 'रामगुलामजी र सुब्रतोबाबुलाई सब मालुम छ रे।'

'तिमीले नै पठाएका होइनौ र?'

'हो।'

'अनि के भन्छौ त?'

'भैगो, ले, आज आलु-प्याजसँग पेटभरि भात खाऊँ।'

दुवै लोग्नेस्वास्नीले आज पेटभरि भात खाए। भात खाइसकेपछि लोग्ने चाहिँलाई अलिकता वीरता चढ्यो र ढाल खोज्न थाल्यो। स्वास्नी चाहिँ ओछ्यानमा लडेर भित्तोलाई हिमाल ठानेर टाँस्सिई।

पेटभरिको भातले दुवैलाई मात लागेको छ।

'अन्नपूर्णाको भोज' कथासंग्रह (२०७०) बाट

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  ०१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्