• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मलेसियामा सफल ‘डाक्टर नेता’का रुपमा कहलिएका महाथिर, जो बन्दैछन् विश्वकै वृद्ध प्रधानमन्त्री

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २७, २०७५  ०३:२१
1140x725

मलेसियाका पूर्वप्रधानमन्त्री डा महाथिर मोहम्मद नेतृत्वको पकातन हरपन गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। ६० वर्षभन्दा लामो समयदेखि सत्तामा रहेको बारिसन नेसनल(बिएन) गठबन्धन र यसको प्रमुख दल संयुक्त मेलेसिया राष्ट्रिय संगठन(युएमएनओ)को एकाधिकार तोड्दै पहिलो पटक विपक्षी दल शक्ति आएको हो।

मलेसियामा सरकार बनाउन १ सय १२ सिट आवश्यक पर्ने भएपनि मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले १ सय १५ सिट जितेको छ। सन् २०१३ को निर्वाचनमा मलेसियाली राम्रो साथ पाउँदै बुहमत प्राप्त गरेको बिएन गठबन्धन भने मात्र ७९ सिटमा खुम्चिएको छ।

देशका १३ राज्यमध्ये १२ राज्यबाट संसद तथा राज्यसभाको २ सय २२ सदस्यका लागि निर्वाचन भएको थियो।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता डा मोहम्मदले भने,‘हाकी कुनै पनि किसीमको बदला चाहँदैनौं। मात्र कानुनको शासन ल्याउनु नै हाम्रो उद्देश्य हो।’

मलेसियामा नयाँ प्रधानमन्त्रीको आजै सपथग्रहण गर्ने तयारी थालिएको छ। सपथ पछि डा मोहम्मद विश्वकै सबैभन्दा बढी उमेरका निर्वाचित सरकार प्रमुख हुनेछन्। सपथ ग्रहण समारोह तथा निर्वाचनमा ऐतिहासिक जितलाई लिएर मलेसियामा बिहीबार र शुक्रबार सार्वजनिक बिदाको घोषणा गरिएको छ।

ऐतिहासक जितसँगै नेता डा मोहम्मदको समर्थनमा उनका समर्थकहरुले सडकमा विजयी जुलुश तथा र्याली निकाल्न थालेको बताइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कुनै समय नेता मोहम्मद पनि बारिसन नेसनल गठबन्धनकै एक सदस्य थिए। उनी वर्तमान प्रधानमन्त्री नाजिव रज्जाकका गुरु समेत मानिन्थे। तर, सत्ताधारी गठबन्धनले भ्रष्टाचारलार्इ प्रसय दिएपछि ‘त्यस्तो पार्टीमा रहनु आफैलाई अपमान गर्नु हो’ भन्दै उनले पार्टी परित्याग गरेका थिए।

उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए। प्रधानमन्त्री रहँदा मलेसियाको विकासमा उल्लेखनीय योगदान दिएका मोहम्मदको राजनीतिक यात्रा यस्तो छ:

             सफल ‘डाक्टर  नेता’का रुपमा देशको कार्यकारी प्रमुखमा पुग्ने चिकित्सक मलेसियाका डा। महाथिर मोहम्मदलाई कसैले माथ गर्न सक्दैन। सन् १९२५ जुलाई १० मा मलेसियाको एलोर स्टार खेडामा जन्मेका डाक्टर मोहम्मदले गरिबी,  अव्यवस्था र अन्योलले आक्रान्त मलेसियालाई अहिलेको अवस्थामा पुर्याएका थिए।

बुझ्न सजिलोका लागि तुलना गर्ने हो भने उनले शासन गर्नु अघिको मलेसिया अहिलेको नेपालभन्दा गरिब थियो। अव्यवस्थित थियो र भ्रष्टाचारले आक्रान्त थियो। हाल ९२ वर्षका डा मोहम्मदले कसरी त्यो मलेसियालाई यो मलेसिया बनाए? किन चिकित्सा छाडेर राजनीतिमा आए त?

Xtrem

Xtrem

यदि मनैदेखि परिवर्तन चाहने हो भने अरुप्रति गुनासो गर्ने होइन, आफैं अघि सर्नुपर्छ भन्ने उनको प्रयासले दर्शाउँछ।

सन् १९५७ मा उनी पूर्णकालिन राजनीतिमा लागे। त्योभन्दा अघि नै उनी सन् १९४५ को एन्टी मलायन क्याम्पियनमा सहभागी थिए। सन् १९५० मा उनले युनाइटेड मलायन नेचुरल अर्गनाइजेसन पार्टीको सदस्यता लिएका थिए।

सन् १९५७–१९६४ को अवधिमा उनले नराम्रोसँग पराजय बेहोर्नुपर्यो भने दुई पटक संसदीय चुनावमा पनि असफल भए। त्यति बेलाको समयसम्म डाक्टर राजनीतिमा लाग्नु हुँदैन भन्ने सोचाइ परिवार र 8मा थियो। उनले हारसँगै सबैको नराम्रो व्यवहार सहनु पर्यो। तर उनकी श्रीमती डा सिटीले प्रेरणा दिइरहिन्। अघि बढ्न उत्साहित बनाउँदै गइन्।

सन् १९६५ मा उनले संसदीय निर्वाचन जिते। पार्टी भित्रपनि सुप्रिम काउन्सिलको प्रमुख बने। सन् १९६८ मा मलेसियाको पहिलो उच्च शिक्षा परिषद्को अध्यक्ष भए। उनले सुप्रिम काउन्सिलको प्रमुख हुँदा आफ्नो पार्टीका अध्यक्ष तथा देशको प्रधानमन्त्रीले गरेका नराम्रा कामको विरोध जनाउन थाले। विचार र इमान्दारीताको राजनीतिले मात्रै देश बन्ने उनको धारणा थियो।

सन् १९६९ को संसदीय निर्वाचनमा फेरि उनले हार सहनु पर्‍यो। त्यसबेला आफ्नो पार्टी, पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गरेका कारणले उनलाई निर्वाचनमा पराजित गरियो। त्यसै बखत उनलाई पार्टीको सुप्रिम काउन्सिलबाट पनि अल्पमतमा पारी निकालियो। उच्च शिक्षा परिषद्को प्रमुखबाट पनि पदमुक्त गरियो। त्यही समय पार्टीबाट पनि निकाल्ने तयारी भयो। उनले सन् १९६९ सेप्टेम्बर २६ मा पार्टी परित्याग गरे। अब केही समय राजनीतिमा नआउने भन्दै उनले पार्टी छाडेका थिए। यही समयमा उनले मलेसियाको विकास कसरी गर्ने भनेर किताब लेखे। ‘द मलाया डिलेमा’ नामक उक्त पुस्तक निकै चर्चित पनि भयो।

सन् १९७२ मा फेरि उनी पार्टीमा फर्किए। उनलाई सिनेटरमा नियुक्त गरियो। राष्ट्रिय विश्वविद्यालय परिषद्मा पनि नियुत्ति पाए। सन् १९७५ युएमएनओ पार्टीको उपाध्यक्षमा उमेद्वारी दिए। सबैले उनको  हारको मूल्यांकन गरेको बेला उनी पार्टीको उपाध्यक्ष पदमा विजयी भए अनि शिक्षा मन्त्री पनि भए।

सन् १९७८ मा उनी संसदीय निर्वाचनमा अत्याधिक मतले विजयी भए। उप–प्रधानमन्त्री, उद्योग तथा वाणिज्य मन्त्री भए। ५ वर्षको अवधिमा उनले गरेका कामले निकै प्रशंसा पाए। १९८१ देखि २००३ सम्म उनी मलेसियाको प्रधानमन्त्री बने। १९८१ मा युएमएनओ पार्टीको अध्यक्षमा निर्वाचित भए। उनी १९८१ जुलाई १० मा मलेसियाको प्रधानमन्त्री भएका थिए। देशको सर्वेच्च शक्तिमा पुगेपछि उनले एउटा नारा तय गरे।

क्लिन इफिसियन्ट ट्रष्ट वर्थी गभर्मेन्ट
लिडर थ्रो इक्ज्याम्पल, द लुक इस्ट पार्टी
परमिसन अफ इस्लामिक भ्यालुज् एन्ड बाइ ब्रिटिस लस्ट

उनलाई जनसमुदायले बिस्तारै विश्वास गर्न थाले। त्यो समयमा युएमएनओ पार्टीका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष टङ्गखु अब्दुल रमनले डा महाथिरलाई आफूले विश्वास गर्न नसकेकोमा आम जनतासँग माफी मागेका थिए।

सुरु–सुरुमा डाक्टर महाथिरसँग काम गर्न नसक्ने भनेर सरकारमा रहेका उपप्रधान, गृह लगायतका मन्त्रीहरुले अप्ठ्यारोमा पार्न राजिनामा दिन्थे। तर, उनले झनै साहसिक रुपमा काम गर्न थाले। ‘देशको हितमा मात्रै काम गरेको भनेर यतातिर लाग्न नसक्नेले पद छाडेको’ भनी उनले अभिव्यक्ति दिए। काम गर्न नसक्नेलाई आफै पनि मन्त्रीबाट हटाइदिन थाले। तर, पार्टीमा उनको यो कार्यको निकै विरोध भयो।

१९८७ मा उनले फेरि पार्टी अध्यक्षमा उम्मेद्वारी दिए। उनी पार्टीको अध्यक्ष भए। लगातार पार्टीलाई अगाडी बढाउँदै प्रधानमन्त्री भए। उनी कानुनले मात्रै समानताको अधिकार सबैलाई दिनसक्छ भन्ने मान्यता राख्थे। विकासले मात्रै देश अगाडी बढ्न सक्ने अवधारणा अघि सारेका थिए। 

बाल्यकाल

सामान्य परिवारमा जन्मिएका महाथिर मोहम्मदका बुबा स्कुलका शिक्षक थिए। उनका बुवाले तीन वटा विवाह गरेका थिए। उनी परिवारका जेठा छोरा थिए। बाल्यकालमा राम्रोसँग खान पुग्ने अवस्था थिएन। ठूलो परिवार भएकाले अनेकन अस्तव्यस्तता थिए। उनी बढ्दै गएपछि उनी बसेको स्थान मलेसियाको खेडामा पहिलो सरकारी स्कुल खुल्यो। उनले त्यहीँ स्कुल पढ्न सुरु गरे।

उनका बुवा भारतको केरलाबाट मलेसिया बसाइसराई गरेका थिए। उनका बुवा छोराले पढ्ने मात्र काम गरोस् भन्ने चाहन्थे। उनले स्कुल अनि घरमा छोरालाई कोठाबाट बाहिर निस्कन दिँदैनथे। तर, आमाले भने बाहिरी कुरा बुझ्नु जरुरी भएको बताउँथिन्।

सानोमा उनी निकै कम बोल्थे तर हरेक कामले अरुको नजरमा पर्दथे। महाथिर स्कुल पढ्दा पनि अरु भन्दा छुट्टै स्वभावका थिए। फुर्सदको समयमा उनी स्कुलको पुस्तकालयमा गएर कथाका किताबहरु, म्यागजिन, पत्रपत्रिका, इतिहासका किताबहरु पढ्थे। उनी स्कुलका विभिन्न कार्यक्रममा भाग लिन रुची दखाउँथे। उनी भन्छन्, ‘प्रथम विश्वयुद्धको बारेमा पढेपछि मानिसको मृत्यु, दुःख, समस्याहरु थाहा पाएँ। त्यसबाट निकै प्रभावित भएँ।’

सन् १९४० मा मलेसियनहरुको दुःख अनि समस्याको बारेमा एउटा कार्यक्रम भयो। जुन सुनेर उनी अचम्मित भए। उनले आफ्नो देशको अवस्थाको यथार्थ बुझे। सन् १९४१ डिसेम्बर १९ मा दोस्रो विश्वयुद्ध भयो, त्यतिबेला उनी १६ वर्षका थिए। उनले त्यो समयमा धेरै कुरा सिक्न पाए। लामो समय स्कुल बिदा भयो। उनी सोच्थे, ‘मान्छेले किन मान्छे मार्ने गरेको छरु’

जब उनको स्कुलको पढाइ सकियो। आफ्नो व्यापार सुरु गर्छु भन्ने सोचे। सानो पसल पनि राखे। खाना, चिया र खाजा बेच्थे उनी। उनले तीन वर्षसम्म पसल गरे। उनलाई फेरि पढ्ने सोचाइ जाग्यो।

मेडिकल अध्ययन

डा महाथिर २२ वर्षको उमेरमा ‘किङ एडवार्ड एन्ड मेडिकल कलेज’ सिंगापुरमा डाक्टरी पढ्न भर्ना भए। त्यहाँ पढ्ने बेला महाथिर धेरै कुरा बुझ्ने भइसकेका थिए। धेरै भारतीय र पाकिस्तानीहरुसँग उनको संगत भयो। उनी पहिलो वर्ष पूरा गर्ने बेलासम्म विद्यार्थीहरु शिक्षक माझ चर्चाका पात्र भइसकेका थिए। उनलाई कलेजले ुएडिटर अफ एनुअल म्यागजिनुको जिम्मेवारी दिइयो। कलेजको विद्यार्थी परिषदका अध्यक्ष भए। मुस्लिम विद्यार्थी परिषद्का पनि अध्यक्ष भए।

सँगसँगै आफ्नो पढाईलाई पनि राम्रोसँग अगाडी बढाइरहेको देखेर उनका गुरुहरु अचम्ममा पर्थे। धेरैले त्यतिबेलै उनलाई नेता ठान्थे। उनले कलेजमा पढ्दा कसैलाई पछ्याउनु परेन। नयाँ–नयाँ सोच लिएर काम गर्ने बानीका कारण धेरैले उनलाई पछ्याउन थालेका थिए।

फुर्सदको समयमा महाथिर कलेजको पुस्तकालयमा भेटिन्थे। पत्रपत्रिका र बाहिरी किताबहरु उनलाई अत्यन्तै मन पर्थ्यो। उनले आफ्ना साथीहरुसँग आफ्नो देशका किसान अनि गाउँलेको उपचार नपाएको कुराबारे छलफल गरिरहेका हुन्थें। विद्यार्थीकालमा महाथिरले जति सोच्नसक्ने अरु कोही थिएनन्। त्यो समयमा उनी यसरी विद्यार्थी नेताको रुपमा अघि बढे, जसलाई देखेर शिक्षक विद्यार्थी नै अचम्ममा पर्दथे।

उनका गुरुका अनुसार त्यो समय डा महाथिर अरु विद्यार्थीभन्दा हरेक कुराले अगाडी र सफल थिए। उनी अत्यन्तै जिद्दी स्वभावका थिए। कुनैपनि कुरा उनलाई गर्नुपर्ने छ भने कसैले रोक्न सक्दैनथ्यो। उनी कसैको कुरामा पछि नलाग्ने खालका थिए।

उनी विभिन्न पत्रपत्रिकामा आफूलाई लागेको कुरा लेख्ने गर्दथे। त्यस समयमा आफ्नो सही नाममा लेख लेख्दा अप्ठ्यारो पर्ने हुँदा उनले आफ्नो छद्म नाम ‘चि डेयाट’ राखेका थिए।

प्रेम र विवाह
उनी आफूसँगै पढ्ने डा सिटी हाजमालाई मन पराउँथे। तर, सिटी हाजमाले आफु मेडिकल डाक्टर भएपछि मात्रै अन्य विषयमा सोच्ने भनिन्। तत्कालका लागि पढाइमै ध्यान केन्द्रित गर्ने बताइन्।

हरेक कुरामा सफल हुँदै थिए। हरेक परीक्षा पनि पास हुँदै थिए। तर, अन्तिम वर्षको परिक्षामा उनी असफल भए। त्यसमा पनि अब्स्टेटिक र गाइनोक्लोजीमा असफल हुने महाथिर एक्ला विद्यार्थी थिए।

उनको जीवनको पहिलो असफलता थियो त्यो। सिटी हाजमाले त्यतिबेला उनलाई धेरै सहयोग गरिन्। उनले त्यसबेला भनेको एउटा कुरा महाथिरले कहिले बिर्सेनन्, ‘जीवनमा लामो बाटो हिड्नेहरुले सिक्ने मौका हो, यो। पछि तिमी यही समय सम्झेर खुसी हुने दिन पनि आउनेछ।’ परीक्षा दिएपछिको खाली समय उनले सफलरअसफल मानिस, देश, संस्था तथा समुदायको बारेमा लेखिएका धेरै किताब पढे। त्यसैगरी आफूलाई अगाडी बढाए।

जागिरे जीवन सुरु भएपछि महाथिरले पहिले सँगसँगै डाक्टर पढ्दाका साथी डा सिटी हाजमालाई विवाहको प्रस्ताव गरे। परिवारको सल्लाहपछि १९५६ मा उनको विवाह भयो।

सरकारी जागिर-मेडिकल अफिसर

जब उनले पढाइ सकाए। तीन वर्षसम्म मलेया सरकारी अस्पतालमा काम गरे। त्यस बेला उनी गरिब किसानहरु र पैसाको अभावमा उपचार गर्न नपाएकाहरु देखेर अन्यन्त दुःखी हुन्थे।

अस्पतालको अस्तव्यस्तता देखेर अचम्ममा पर्दथे। त्यो समय सबै डाक्टर र कर्मचारी ६ बजेसम्म ड्युटीमा रहनुपर्ने नियम थियो। तर हरेक व्यक्ति दिनको ३ बजे अस्पतालबाट हिँडिसकेका हुन्थे। उनी आफू भने पूरै समय अस्पतालमा बिताउँथे।

अस्पतालको अवस्थाबाट उनले देशको स्थिति खराब हुनाको कारणहरु जान्ने अवसर पाए। उनले एक दिन सबैलाई एउटा प्रश्न सोधे, ‘तपाईंहरु बेलुकी ६ बजेसम्मको आफ्नो ड्युटी छाडेर किन ३ बजे नै घर जानुहुन्छरु  हामीले नै यसरी आफ्नो काम पूरा गरेनौ भने कसरी राम्रो होला?’

सबैजनाले उनलाई एउटै जवाफ दिए, ‘ट्राफिक जामले गर्दा समयमा घर पुग्न सकिदैन। गाडी नपाउने भएकाले हामी छिटो हिँड्न बाध्य छौं।’ उनले त्यही दिन सोचे, ‘चिकित्सा पेशासँगै राजनीतिमा चासो राखेर कहिल्यै परिवर्तन हुँदैन। आफूले पूर्णकालिन राजनीति गर्नुपर्छ। परिवर्तन सम्भव छ।’ उनका बुवा महाथिरले राजनीतिमा लागेर दुःख नपाओस् भन्ने चाहन्थे। डाक्टर बनेरै आफ्नो गाउँलेहरुको सेवा गरोस् भन्ने चाहन्थे। परिवालाई राम्रो पैसा कमाएर सहयोग गरोस् भन्ने चाहना थियो।

त्यसपछि श्रीमती डा सिटी हाजमासँग महाथिरले ‘आफू राजनीतिमा लाग्न इच्छुक भएको तर बुवाआमाले सहमति नदिएको’ बताए र उनको राय मागे। त्यसपछि डा सिटीले उनलाई राजनीति गर्न अनुमति दिइन् भने आफू चिकित्सा पेशामै रहिरहिन्। त्यसपछि उनी सरकारी जागिर छाडेर पूर्ण राजनीतिमा प्रवेश गरे।

मलेसियाको विकासमा रात(दिन खट्न थाले र पार्टीमा अध्यक्ष भइरहे। उनले राजनीतिमा लाग्नुअघि देखेका सपना एकपछि अर्को गर्दै पूरा गर्न लागि परे। मलेसियाको विमानस्थल, क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल, ठूलो टु इन टावर अफ द वल्र्ड जस्ता ठूला राष्ट्रिय योजनाहरुमा आफू हरेक हप्ता गएर अवलोकन गर्दथे। सन् १९९९ मा त्यसको निर्माण पूरा गरी आफैंले उद्घाटन पनि गरे।

उनलाई १९९८ मा टाइम म्यागेजिनले एसियन न्यूज मेकरको उपाधी दिएको थियो। यसरी सन् २००२ सम्ममा देशमा विकास गरी रोजगारी, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रका करिब ९५ प्रतिशत योजनाहरु पूरा गरे। आफ्नो पार्टीमा अर्को १८ महिना कार्यकाल बाँकी छँदै उनले एक्कासी राजिनामा दिए। त्यो समयमा पार्टीका हरेक सदस्यको आँखा रसाएका थिए। ‘गलत सोचाइ नराखी बनाएका योजना कसैलाई नसोधी र सल्लाह नगरी गर्नुपर्छ’ भन्ने उनको मान्यता थियो। घरमा र पार्टीका अरु पदाधिकारीसँग सल्लाह नगरी उनले दिएको राजिनामाले सबैलाई छक्क पारेको थियो।

यसरी २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका उनले सन् २००३ अक्टोबर ३१ मा पद त्यागे। उनी एसियाको सबैभन्दा लामो समय र राम्रो काम गर्ने राजनीतिक नेतृत्व ठहरिए। उनी अहिले ९२ वर्षका छन्। तर आफू सफल हुनुको जस भने श्रीमतीलाई दिन्छन्। भन्छन्, ‘उनले सहयोग नगरेको भए र साहस नथपिदिएको भए म कहाँ यो अवस्थामा हुन्थें र?’

(यो सामग्रीलाई डा प्रकाश बञ्जाडेले अनुवाद गरेका हुन्।)
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५  ०३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्