• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मोदीको 'अर्ध-तीर्थालु' भ्रमणबाट धेरै आशा नगरौं

64x64
नेपाल लाइभ बुधबार, वैशाख २६, २०७५  १२:३३
1140x725

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन्। उनको नेपाल भ्रमणबारे नेपाल–भारतबीच बिग्रिएको भनिएको सम्बन्ध सुधारका प्रयास, धर्मकर्म, भारतमा नजिकिँदो चुनाव आदि विषयलाई केन्द्रित गरी विश्लेषण भइरहेको छ। त्यसमा ओली राष्ट्रवाद, भ्रमणको औचित्य त जोडिने भइहाल्यो।

नरेन्द्र मोदी पहिलो पटक सन् २०१४ मा नेपाल आउँदा चिया पसलमा गफ हुन्थ्यो– मोदीले काठमाडौंबाट चुनाव लडे भने पनि जित्छन्। तर, ती मोदीको त्यतिबेलाको र अहिलेको लोकप्रियतामा आकाश जमिन फरक परिसकेको छ। नाकाबन्दीपछि मोदीप्रति नेपाली आक्रोशित छन्। अहिले पनि त्यो आक्रोशमा कमी आएको छैन।

नेपालमा आफूप्रति फेरिएको धारणा बुझेरै हुनसक्छ मोदी जनकपुर पुगेर मात्र काठमाडौं आउँदै छन्। मानिसको ध्यान आफूतिर खिच्न र लोकप्रियता हासिल गर्न खप्पिस नेताका रूपमा चिनिन्छन् मोदी। यसपटक उनले जनकपुरमा त्यो क्षमताको प्रयोग गर्न सक्छन्। त्यसैले पनि उनले त्यहाँ के बोल्छन् भन्ने आमचासोको विषय बनेको छ।

भारतको कूटनीतिक जित कि नैतिक हार?

भारत कूटनीतिक अभ्यासमा हामीभन्दा परिपक्व छ। नाकाबन्दीको समयमा, हामीले नाकाबन्दी हो भनिनसक्दै उसले विश्वलाई सुरक्षाका कारण गाडी आवतजावतमा समस्या भएको बताइसकेको थियो। भारतमा मोदी मात्र होइन उनीभन्दा अगाडिका सरकारले पनि नेपाललाई अनेक किसिमका दुःख दिने गरेको पाइन्छ। नेपाललाई आफ्नो हितअनुकूल हिँडाउन उसले सक्दो प्रयास गर्ने गरेको तथ्य लुकेको छैन। निश्चय नै पछिल्ला सरकारहरु मार्फत पनि उसले त्यो प्रयास गरी नै रह्यो।

जब ०७२ मा नेपालमा संविधान जारी हुन लागेको थियो, भारतले त्यसलाई रोक्न र असन्तुष्ट पक्षलाई समेटेर जान भन्यो। तर, त्यसबेला प्रमुख तीन दलले आन्तरिक मामिला भन्दै भारतको कुरै नसुनी संविधान जारी गरी छाडे। भारतले नरुचाएका भनिएका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संविधान जारी भएपछि प्रधानमन्त्रीका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएपछि भारतनिकट भनेर उनको आलोचना हुन थाल्यो। उनलाई त्यही प्रतिस्पर्धासँग जोडेर मृत्युपछि पनि आलोचना गर्ने गरिन्छ। अर्कोतर्फ, भारत निकट भनेर चिनिएका केपी ओली त्यसपछि एकाएक भारतविरोधी भए। राष्ट्रवादी कहलिए।

प्रधानमन्त्री ओलीलाई केही समयमै प्रचण्ड र देउवा मिलेर सरकारबाट हुत्याए। अब, भारत परस्त आरोपित हुने पालो आयो, प्रचण्ड र देउवाको। उता, ओली झनै राष्ट्रवादी नेता भएको प्रचारित हुन थाल्यो। सोही छविलाई एमालेले चुनावमा राम्रै प्रयोग गर्‍यो। जित्यो पनि।

यसबीच भारतीय प्रधानमन्त्री मोदी नेपालमा झनै अलोकप्रिय बन्दै गएका थिए। छिमेकमै बदनाम भएको मोदी सरकारको देशभित्रै व्यापक आलोचना भयो। नाकाबन्दीको अस्त्र उसलाई फलिफाप भएन। नेपाल नीतिमा ऊ सफल भएन।

Ncell 2
Ncell 2
nimb
nimb

तर, मोदी फेरिएजस्तो देखिएका छन्। त्यसले पनि यो भ्रमण अनौठो हुँदै गएको छ। उनले प्रदेश २ मा गएर जनतालाई सम्बोधन गर्ने भएका छन्। तर, नाकाबन्दीपछि असफल हुँदै गएका मोदी जनकपुरमा जनसम्बोधन गर्न पाएर नयाँ रणनीतिमा सफल हुने संकेत देखिन थालेको छ। एक हिसाबले भन्दा त्यो उनको जित नै हुनेछ।

नेपाल सरकारले सुरक्षा बाहेक अरू केही पनि जिम्मा नलिएको जस्तो भान हुन्छ, अहिले। जसले गर्दा मोदीका अतिरिक्त नेपाल सरकार र प्रधानमन्त्री ओलीको पनि आलोचना हुने गरिरहेको छ। तर, जति नै आलोचना भए पनि मोदीको स्वार्थले विजय पाइरहेको छ।

नेपाल-चीनको नजिकिँदो सम्बन्ध

पहिलो पटक सरकार सञ्चालन गर्दादेखि नै ओलीको सपना भनेको रेल कुदाउने हो। भाषणमा मात्र होइन, चुनाव घोषणापत्रमा पनि प्राथमिकताका साथ त्यो कुरा उठाइएको छ। त्यसैले अहिलेको सरकारको प्राथमिकतामा जसरी पनि रेल चलाउने अथवा सकिएन भने अर्को चुनावसम्ममा रेल ल्याउने स्पष्ट आधार जनताले देख्ने गरी तयार गर्ने हो। ओलीको यो सपनासँग चीन जोडिएपछि भारत झस्कियो। उसले आफूले पनि नेपालमा रेल कुदाउने चाहना देखायो।

Xtrem

Xtrem

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा संयुक्त वक्तव्यमार्फत भारतीय चाहनाले मूर्तरुप पायो। रेलबारे सम्झौता भयो। महत्त्वाकांक्षी रेलवे परियोजना चुट्कीको भरमा सम्पन्न त नहोला तर पनि अहिलेको सरकारको रेल मोहलाई बुझेर भारत चीनभन्दा अगाडि बढ्न खोज्यो।

जानकारहरूका अनुसार, भारत भ्रमणका समयमा प्रधानमन्त्री ओली चीन पुग्नुपर्ने थियो, तर उनी चीन भ्रमणलाई थाँती राखेर भारत नै गए। त्यसपछि पनि उनी चीन जाने अपेक्षा गरिएको थियो। तर, मोदीको चाहनाको अगाडि नेपाल पक्षको केही लागेन। अनि अपरिपक्व भ्रमण गरियो र गराइँदै छ।

भारतले नेपाल आफ्नो प्रभावबाट फुत्केको छैन भन्ने देखाउन खोज्दै छ र नेपाल सोही रूपले प्रस्तुत हुँदै पनि छ। त्यो अन्य कारणले होइन, भारतीय भुमरीमा नेपाल सरकार फस्नाले हो। भारतको कूटनीतिक प्रयास भनेको दक्षिण एसियामा चीनको प्रभाव बढ्न नदिने हो र आफ्नो दबदबा कायम राखिराख्ने हो। अहिले त्यही भइरहेको छ।

ओलीको राष्ट्रवादी छवि

ओली र समग्रमा वाम गठबन्धनको उदय हुनुको मुख्य आधार थियो, राष्ट्रवाद। विशेगगरी ओली राष्ट्रवाद। त्यो राष्ट्रवादको एउटै विशेषता थियो नाकाबन्दीका बेला ओलीले लिएको अडान। जसका कारण उनले प्रशंसा पनि बटुले। उनलाई एकाएक राजनेताको उपमा दिइयो। एक जना राजनीतिक विश्लेषकले चुनाव सक्किए लगतै भनेका थिए, ओलीले नाकाबन्दीको विरोधले र राष्ट्रवादको नाराले चुनाव त जिते तर उनी चीन पहिला नगई भारत गए भने उनको राष्ट्रवादलाई दोहोरो राष्ट्रवादको उपमा दिइनेछ।

अहिले यही बहस सुरु भएको छ। उनको आलोचना हुने गरेको छ। राष्ट्रवादी नाराहरु चुनाव जित्ने खेल मात्र भएको भनी टीका टिप्पणी हुन थालेको छ। यस्तै, आलोचनाले निरन्तरता पाउने हो भने गुमेको आफ्नो छबि फर्काउन खुबै मिहिनेत गर्नुपर्नेछ।

मोदीको स्वार्थपूर्ण भ्रमणबाट नेपालले धेरै आशा गर्नु उचित छैन।  मोदी 'अर्ध-तिर्थालु' भएर नेपाल आउँदै छन्। त्यही पनि केही महत्त्वपूर्ण विषयवस्तु छन्, जुन यहीबेला नेपालले उठान गर्न जरुरी छ। सीमा क्षेत्रमा भारतीय बाँधले पारेको असर एउटा त्यस्तै उठाइहाल्नुपर्ने र समाधान खोजिहाल्नुपर्ने विषय हुनसक्छ। कारण, अबको दुई महिनामै नेपालमा वर्षायाम सुरु हुन्छ, त्यसको क्षति नेपालीले ब्यहोर्नुपर्छ। 'राष्ट्रवादी प्रधानमन्त्री'को परीक्षण हुने यस्तै कुरामा हो।

विश्लेषकहरुका कुरामा ध्यान दिने हो भने, मोदी भ्रमणको दुई कारण छन्। पहिलो, उनी भारतको नजिकिँदै गएको चुनाव जित्ने आधार तयार पार्न यहाँ आएका हुन्। दोस्रो,  नेपालमा चीनको प्रभाव कम पार्न चाहन्छन्। कति सफल हुन्छन्, त्यो त भविष्यले नै देखाउला।

तर, अहिलेसम्मको घटनाक्रमलाई हेर्दा आफ्नो स्वार्थ रक्षा गर्ने मामिलामा हामी भने चुकिरहेका छौं। भारतले हामीलाई प्रयोग गरेरै आफ्नो पुरानो रणनीतिलाई निरन्तरता दिँदै आएको छ। सफल पनि भएको छ। हामीले बुझेर वा नबुझेर त्यसलाई सहयोग गरिरहेका छौं। त्यसमा ओलीको भूमिका कति भन्ने कुरा केही समयपछि राम्रैसँग मूल्यांकन हुन थाल्नेछ। तर, उनीसँग आफ्नो बचाउका लागि धेरै तर्क भने नहुन सक्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्