• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यी ५ कारण उद्योग वाणिज्य महासंघको निर्वाचन अवैध : शिवशंकर साह

64x64
नेपाल लाइभ बुधबार, मंसिर १०, २०७७  १७:१२
1140x725

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचन स्थगनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधानविपरीत रहेको भन्दै रोक्न माग गर्दै रिट दायर गरेका हुन्।

यसअघि साहले अधिवेशन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए। तर त्यसमाथि सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च गएका हुन्। 

महासंघको ५४औँ साधारणसभाको उद्घाटन यही ११ गते हुँदैछ। सर्वोच्चले त्यसै दिनका लागि पेसी तोकेको छ। साहले सर्वोच्च अदालतमा दायर गरेका रिटमा महासंघको निर्वाचन अवैध दाबी गर्नका ५ कारण छन्। साहले दाबी गरेका ५ कारणलाई जस्ताको तस्तै यहाँ समावेश गरिएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघको कामकारबाही, निर्णय र सोका आधारमा हुन लागेको भनिएको निर्वाचन निम्न कारणले वैध हुन सक्दैन। ठाडै अवैध गैरकानूनी र कार्यान्वयन नहुने अवस्था छ। 

(क) गत २०७६ साल चैत्र २८ सम्म मात्र पदावधि भएका व्यक्तिहरुले त्यसपछि पनि हामी कार्यसमितीका सदस्य हौं भनी निर्णय गर्ने तथा पदाधिकारी हौं भनी निर्णय गर्ने अधिकार पनि छैन, त्यस्ता निर्णयको मान्यता पनि हुँदैन। अर्थात् पदावधि समाप्त भएका व्यक्तिको निर्णयले हुने काम अवैध र गैरकानूनी हो। उहाँहरुले निर्वाचन मिति तोक्न तथा निर्वाचन प्रकृया अवलम्बन गराउन र त्यसै निर्णयको आधारमा निर्वाचन हुन सक्दैन, गर्न खोजिन्छ र गरिन्छ भने त्यो स्वतः गैरकानूनी हो।

nimb
nimb
Ncell 2
Ncell 2

(ख) नेपाल उद्योग वाणिज्य महासंघको विधानले हाल प्रचलित विधानको दफा धारा ४१.१ ग ले प्रदेशको चुनाव गरेर मात्र केन्द्रीय महासंघको चुनाव गर्ने व्यवस्था छ। हाल विधान विपरीत प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन नै नगरी विधान विपरित केन्द्रिय महासंघको निर्वाचन गर्ने भनिएको हुँदा उक्त काम कारबाहीहरु विद्यानत: अवैध छन्। त्यसलाई रोक्ने सरकारको प्रतिनिधि निकाय जिल्ला प्रशासन कार्यालय नै हो। उसले आफ्नो कर्तव्य पूरा नगरेको अवस्था छ।

(ग) सदस्यता शुल्क लिई मतदाताहरुले आर्थिक वर्ष २०७७ को नवीकरण नगरिएको अवस्था हँदा नवीकरण नभएका मतदाता वैध मतदाता पनि हुँदैनन् र उनीहरु हुन पनि सक्दैनन्। उनीहरुको भोट वैध पनि हुँदैन। जतिबेला निर्वाचन भनिएको छ त्यस अवधिमा भोटर नवीकरण भई वैध भोटर हुनुपर्दछ। पहिले वैध भोटर लिस्ट प्रकाशित हुनुपर्छ। अहिले जसलाई भोटर(मतदाता) भनिएको छ उहाँहरु भोटर बन्न सक्षम हुनु भएको नै छैन। नवीकरण भएकै छैन। वैध भोटर विनाको निर्वाचन स्वतः अवैध हुने हुन्छ। पहिल्यै मतदाता हुने अनि नवीकरण गर्ने भन्ने लोकतन्त्रसम्मत विधि हुँदैन। त्यस्तो गर्न मिल्दैन।

(घ) एसोसिएट्सतर्फका मतदाता नामावलीमा दर्ता खारेज भइसकेको, अस्तित्वमै नरहेका सदस्यहरुको नामावलीको झुटो विवरण रहेको छ। जस्तो उदाहरणको रुपमा गोरखा फाइनान्स, कैलाश विकास बैंक, ओम फाइनान्स, ट्रिजम डभलेपमेन्ट बैंक, देव विकास बैंक को दर्ता खारेज भइसकेको छ। त्यस्ता अस्तित्वमा नरहेका संस्थालाई मतदाता बनाई निर्वाचन हुनै सक्दैन। गरिन्छ/गराईन्छ भने त्यो अवैध हो। अवैध निर्वाचन रोक्न र वैध तरिकाले संस्था संचालन गर्ने अभिभावकिय भूमिका खेल्ने अनुगमनीय भूमिका भएको संस्थाको नियमन गर्ने निकाय विपक्षी प्रत्यर्थी जिल्ला प्रशासन कार्यालयबाट त्यस किसिमको भूमिका निभाएको देखिएन। संस्था दर्ता ऐन २०३४ को दफा ११ तथा राष्ट्रिय निर्देशन ऐन २०१८ को फा ४ समेतले संस्थाको अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय हो। उस्ले उपयुक्त कार्य नगर्दा अदालत प्रवेश गर्न परेको हो। 

(ङ)  एसोसिएटस् तर्फका सदस्य संस्थाहरुको कम्पनी, निर्देशन र प्रमुख कार्यकारी अधिकतले मात्र मतदान गर्ने व्यवस्था विधानमा गरिएको छ तर हाल ती सदस्य मतदाताहरुको फर्जी प्रतिनिधीका रुपमा प्रोक्सी भतदान गर्ने व्यवस्था गर्दै निर्वाचन गर्न खोजिएको छ, त्यो सरासर गलत छ, त्यसैले पनि यो गैरकानुनी रुपमा हुने भनिएको निर्वाचन रोक्नै पर्ने अवस्था छ। 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ : प्रचण्ड
चार लाख भारतीय रकमसहित एक जना पक्राउ
सुन र चाँदीको मूल्य सामान्य बढ्यो
सम्बन्धित सामग्री
सुन र चाँदीको मूल्य सामान्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको... बिहीबार, साउन ७, २०८३
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो हिजो मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो । बुधबार, साउन ६, २०८३
सुनको मूल्य सामान्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो। मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
चीनको साताव्यापी भ्रमणमा निस्किए पूर्व प्रधानमन्त्री झलनाथ खनाल बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ : प्रचण्ड बिहीबार, साउन ७, २०८३
चार लाख भारतीय रकमसहित एक जना पक्राउ बिहीबार, साउन ७, २०८३
सुन र चाँदीको मूल्य सामान्य बढ्यो बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्