लाहोर- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो।
उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षकी थिइन्। उनी केही समययतादेखि बिरामी भएका कारण लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिइन्।
सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ।
पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन्। उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ। त्यसैले उनी पनि लन्डनमै उपचाररत रहेको बताइएको छ। छोरा बिरामी भएर उपचार गराइरहेकाले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन्। उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।