• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

'सन्दीप नराम्रा होइनन्, दिल्लीले विश्वास गरेन'

64x64
सराेज तामाङ बुधबार, कात्तिक २६, २०७७  १३:४५
1140x725

काठमाडौं– सन्दीप लामिछाने पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा खेलविहीन बने। यसअघिका लगातार दुई सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा खेल्न पाएका सन्दीपको प्रदर्शन खस्किएको कि टिमले विश्वास नगरेको?

अहिलेसम्म नेपालका तीन खेलाडी छन् अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने-सन्दीप लामिछाने, पूर्वकप्तान पारस खड्का र सोमपाल कामी। सोमपाल कामीले विनिपेग हवक्सबाट ग्लोबल टि–२० क्यानाडा लिग खेले। पूर्वकप्तान पारसले गत सिजन युएईमा भएको टि–१० लिग अबुधावी टिमबाट खेले। तर सन्दीप लामिछाने त्यस्ता खेलाडी हुन् जसले सन् २०१८ बाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पाइला टेके। त्यसपछि विश्वका सबै फ्रेन्चाइज लिग खेल्दै चर्चा कमाए।

मंगलबार राति इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जित्यो। पहिलो पटक उपाधि नजिक पुगेको दिल्ली भने मुम्बईसामु निरीह बन्यो। यस्तै निरीह सन्दीप लामिछाने दिल्ली टिमसँग भइरहे। टिल्लीले यो सिजनको आइपिएलमा १७ खेल खेल्दा सन्दीपलाई मैदान छिर्ने हुटहुटी भइरह्यो। एकपछि अर्को खेल गर्दै सकिँदै गयो। अन्य खेलाडीले खेल्दै गए तर सन्दीप भने बेन्चमै रहिरहे। खेलाडीलाई बेन्चमा बस्नु पर्दा जतिको दुःख अरु के हुन्छ? फ्रेन्चाइज लिगहरुमध्ये अहिलेसम्मकै झ्याउ सन्दीपलाई यो आइपिएलमा भएको हुनुपर्छ। तर उनी भनिहाल्ने अवस्थामा छैन।

आइपिएल सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट विश्लेषकको तर्कलाई हेर्ने हो भने पनि सन्दीपको तारिफ निकै थियो। तर दिल्ली टिममा अधिकांश खेल विदेशीको चार कोटाबाट कागिसो रबडा, एनरिच नोर्टजे, मार्कस स्टोइनिस र सिमरन हिटम्यरले खेले। त्यस्तै, तीन खेल ड्यानियल साम्स र तीनै खेल एलेक्स क्यारीले पनि खेले।

के सन्दीप साँच्चै अरुभन्दा कमजोर थिए?
नेपाली दर्शक र सन्दीपका फ्यानहरुमा उनले आइपिएल खेलेको हेर्ने ठूलो हुटहुटी थियो। दिल्लीको खेल आउँदा सुरुमै सन्दीप छ कि छैन भनेर हेर्ने सन्दीपका फ्यानहरु सधैं निराश नै बने।

सधैं खेलिरहने सन्दीप बेन्चमै बसिरहँदा उनलाई पनि दिक्क नलागेको भने होइन। सामाजिक सञ्जालमा घुमाउरो पाराले सन्दीपले नभनेको होइन पनि। केही टुइट गरेपनि। प्लेअफको सनराइजर्स हैदरावादविरुद्धको दोस्रो क्वालिफायर खेलअघि सन्दीपले एउटा ट्वीट गरे। त्यो सन्दीपको ट्वीट निकै अर्थपूर्ण थियो। उनले जीवनको ठूलो सिकाइ भन्दै ट्वीट गरेका थिए, ‘आफ्नो नियन्त्रणमा नहुने कुरामा हामीले धेरै सोच्न सक्दैनौं।’

सन्दीप दिल्ली टिमका बलरहरुमध्ये उत्कृष्ट र लयमै रहेका बलर पर्छन्। विशेषगरी अमित मिश्रा घाइते हुँदै आइपिएलबाट बाहिरिएपछि सन्दीपले खेल्ने अनुमान गरिएको थियो। तर सन्दीपका लागि यो आइपिएलमा दिन आएन। दिल्लीले सन्दीपलाई मौका नदिएकै हो। हुन त सन्दीप दिल्लीका लागि नयाँ अनुहार भने थिएनन्। लगातार दुई सिजन खेलेका सन्दीपको खेल कस्तो छ राम्रोसँग थाहा थियो। प्रभावशाली खेलाडी थिए। तर दिल्लीले सन्दीपलाई एक पटक पनि विश्वास गरेन।

दिल्लीका केही निर्णय गलत सावित भएको छ। जुन सन्दीपलाई मौका दिएको भए उनले पक्कै पनि न्याय गर्ने थिए। किंग्स इलाभेन पञ्जाबविरुद्धको खेलमा दिल्लीले ड्यानियल साम्सलाई खेलायाे। जुन खेलमा ड्यानियलले चार ओभर बलिङ गर्दै ३० रन खर्चिए। दिल्ली पाँच विकेटले हार्‍याे। रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध पनि ड्यानियलले चार ओभर बलिङ गर्दै ४० रन खर्चिए। मुम्बईविरुद्ध क्वालिफायरको खेलमा दिल्ली ५७ रनले पराजित हुँदा ड्यानियल साम्सले चार ओभरमा ४४ रन खर्चिए। लगातार तीन खेलसम्म ड्यानियल विकेटविहीन बने भने धेरै रन खर्चिए।

Ncell 2
Ncell 2
nimb
nimb

दिल्लीले ड्यानियलको स्थानमा सन्दीपलाई खेलाउन सक्थ्यो। तर खेलाएन। तीब्र गतिको बलर दिल्लीको प्लेइङ सेटमा दुई जना थिए भने मार्कस स्टोइनिसले पनि पनि पूरै ओभर बलिङ गर्दै आइरहेका थिए। यस्तो अवस्थामा तीव्र गतिकै बलर दिल्लीले खेलाउनु आवश्यक थिएन। सन्दीपलाई खेलाएको भए ड्यानियलले भन्दा राम्रो नतिजा पक्कै निकाल्ने थिए। आइपिएलको विगतको दुई संस्करणको प्रदर्शनले पनि त्यही भन्थ्यो। क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा त सन्दीपले उत्कृष्ट प्रदर्शन गरेकै थिए। 

राम्रो प्रदर्शन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि दिल्लीले सन्दीपलाई विश्वास नगरेको मात्रै हो। सन्दीप कमजोर र क्षमता नभएका खेलाडी भने होइनन्। त्यस्तै, एनरिच नोर्टजेले दिल्लीका बलरहरुमध्ये सर्वाधिक रन खाइरहेका थिए। उनको स्थानमा पनि सन्दीपलाई खेलाउन सक्थ्यो। अस्ट्रेलियन प्रशिक्षक रिकी पोन्टिङले तीन जना स्पिनर नखेलाएका पनि होइनन्। भारतकै तीब्रगतिका बलरलाई खेलाएर एनरिच नोर्टजेको स्थानमा खेलाउन सक्थे। 

नेपालका पूर्व कप्तान तथा सन्दीपका प्रशिक्षक राजु खड्काले एसोसिएट राष्ट्रभन्दा टेस्ट मान्यता राष्ट्रका खेलाडीलाई प्राथमिकता दिने यसअघि बताएका थिए। उनको भनाई एक हिसाबले सत्य सावित भएको छ पनि। 

सन् २०१८ मा भएको अक्सनबाट त्यो बेलाको दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा अनुबन्धित गर्दा त्यो सिजन सन्दीपले डेब्यु आइपिएलमा ३ खेलबाट ५ विकेट लिए। २०१९ को संस्करणमा भने सन्दीपले ६ खेलबाट ८ विकेट लिए। विगतका दुई संस्करणमा सन्दीपले गरेको प्रदर्शन र त्यसपछि सन्दीपमा आएको निखारपनलाई हेर्दै दिल्लीले उनलाई मौका दिनु पर्थ्याे। तर सन्दीपको प्रतिभा दिल्लीले चिनेन।

अरु लिगमा असर गर्छ?
खेल्न गएका सन्दीप प्रतियोगिताभर ‘बेन्च ब्वाई’ भए। आइपिएल खेल्नअघि सन्दीप आफैंले भनेका थिए यो पटकको आइपिएल मेरो लागि महत्वपूर्ण हुनेछ।

सन्दीपले आइपिएल खेल्न नपाउँदा आइपिएलको आगामी संस्करणमा भने असर पक्कै गर्नेछ। सन्दीपको दिल्लीसँगको सम्झौता यसै सिजनबाट सकिएको छ। अब आउने सिजन सन्दीप फेरि अक्सनबाट टिममा अनुबन्धित हुनुपर्ने हुँदा उनलाई अन्य टिमले नकिन्न सक्छ। यसअर्थमा पनि यो सिजनको आइपिएल निकै महत्वपूर्ण थियो। तर खेल्नै पाएनन्।

यो आइपिएलकै कारण सन्दीपले प्राय विश्वका सबै फ्रेन्चाइज लिग खेल्न भ्याए। यही आइपिएलले सन्दीपका लागि अन्य लिग खेल्न नपाउने अवस्था आउन पनि सक्छ। संयोग जस्तै भएको छ। यता, आइपिएल चलिरहेको थियो। दिल्लीको टिममा खेल्न नपाएका सन्दीप बेन्चमै रहँदै आएका थिए। यही समय श्रीलंकामा लंका प्रिमियर लिगको ड्राफ्ट सम्पन्न भयो। तर सन्दीपलाई कुनै टिमलले अनुबन्धित गरेनन्।

डिसेम्बर १० तारिखबाट बिग बास लिग सुरु हुँदैछ। सन्दीपले यसअघि मेलबर्न स्टार्सबाट खेलेका थिए। तर यसपटक उनले बिग बास खेल्छन् या खेल्दैनन् त्यो अत्तोपत्तो छैन। तत्काललाई हेर्दा सन्दीप आइपिएलमा दिल्लीको बेन्चमै रहेको कारण पनि अरु लिगमा खेल्न नपाएको हो भन्ने भान हुन्छ।

खेल्न नपाउनुको कारण सन्दीपले अझै मेहेनत गर्नु पर्छ भन्ने पनि हो। ट्वीटरमा सन्दीपले जीवनकै ठूलो सिकाइ भनेजस्तै गरी थप परिश्रम गरे आगामी सिजनमा उनले प्लेइङ सेटबाट खेलिरहन पाउँछन्। तर यस्तै त हो नि भनेर सामान्य तरिकाले लिने हो भने आइपिएलमात्रै हैन सन्दीपले अन्य फ्रेन्चाइज लिगमा पनि बेन्चमै बस्नु पर्ने दिन आउन सक्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी... आइतबार, असोज ४, २०८३
एनपीएल–३ को सेड्यूल सार्वजनिक, लुम्बिनी र सदुरदपश्चिमबीच कात्तिक ९ गते पहिलो खेल सार्वजनिक तालिका अनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दोस्रो भएको सुदूरपश्चिम रोयल्सबीच कात्तिक १० गते सोमबार हुन... शनिबार, असोज ३, २०८३
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि रा... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्