• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

अब नलेज र डेटा क्यापिटलिजमको युग सुरु भयो

सुरेन्द्र पाण्डे  शुक्रबार, कात्तिक २१, २०७७  ०९:१७
1140x725

जब सन् २००९ मा म अर्थमन्त्री भएँ, त्यतिबेला आफ्नो अनुभवलाई कसरी हेरेँ भने हामी राजनीतिको एउटा पाटोमा त अनुभवी र दक्ष रहेछौँ। तर, अरू क्षेत्रमा हामी धेरै पछाडी रहेछौँ। मैले अरू क्षेत्र भनेका सरकार, राज्य व्यवस्था र उत्पादनलाई भन्न खोजेको हुँ। त्यो पाटो नबुझ्ने हो भने हामीले देश बुझ्दैनौँ र देश अगाडि लैजान सक्दैनौँ। 

विगतमा हामी भूमिगत भयौँ, जेल गयौँ र अनेक दु:ख पनि पायौँ। त्यो समय र परिस्थितिको आवश्यकताअनुसार योगदान गर्‍यौँ। तर परिवर्तित सन्दर्भमा आज र भोलिको काम जानेनौँ भने हामीले हिजो यस्तो दुःख पाएका थियौँ भन्ने कुरा गरेर नेता हुन सक्दैनौँ। आज र भोलिको नेता हुनका लागि आज र भोलिकै कुरा जान्नुपर्दछ, तब मात्रै हामी नेता हुन सक्छौँ। मलाई अहिले यो अनुभूति भयो। 

अहिले तपाईँहरू उद्यमी बन्नुपर्छ भनिरहेको बेलामा दुनियाँ कता जाँदैछ भन्ने कुरा व्यवसायीले पनि जान्नुपर्छ। अमेरिकामा १ प्रतिशत धनाढ्य त्यहाँको अनुसन्धान, विकास र प्रगतिको केन्द्रमा छन्। अर्थात् 'दे आर सेन्टर अफ इनोभेसन्।' सबै अनुसन्धान तिनीहरूले गर्छन्। रोजगारी सिर्जना गर्ने काम पनि गर्छन्। दिमाग खियाउने र नयाँ काम उनीहरू गर्छन्। 

दक्षिण एसियाका व्यवसायी चाँहि कस्ता छन् भने अम्बानीले छोरीको विहे गर्दा २५ करोडको ब्लाउज लगाइदिएको थियो रे! त्यो ब्लाउजले के महत्व राख्छ? अम्बानीकी श्रीमतीले ५० लाख डलरको मोबाइल प्रयोग गर्छिन रे! सबै हिराको। ५० करोडभन्दा बढी रुपैयाँको मोबाइल बोक्ने तर बिल गेट्सकी छोरी चाहिँ घोडा चढ्ने सोख गर्दिरहिछन्। घोडाचढी सिक्न जाँदा घोडा चढ्न सिकाउने शिक्षकसँग उनको प्रेम भएछ र उनको तिनैसँग विहे भयो। उसले के भनेछ भने मेरो पैसा ५० मिलियन डलर म तिमीलाई दिन्छु बाँकी तिमीले गरेर खानुपर्छ। अरू मेरो पैसा चाँहि म अन्य क्षेत्रमा लगानी गर्छु, समाजको कल्याणमा लगाउँछु। समाजको इनोभेसनमा लगाउँछु। हो, हाम्रो देशको पुँजीको विकासको एउटा प्रारम्भिक चरण भएर पनि होला हामी इनोभेटिभ सोचका मान्छेहरू छैनौँ। भएको पैसा पनि हामी पुर्ख्यौली सम्पत्ति, जग्गा/जमिन किनेर बस्छौँ। 

एडम स्मिथले के भन्थे भने, यदि तिमी बाउ बाजेको सम्पत्ति आफ्नो नाममा प्राप्त गर्दछौ भने त्यो तिम्रो धन होइन उपहार मात्रै हो। यदि तिमी आफैँ सम्पत्ति सिर्जना गर्छौ भने मात्रै त्यो तिम्रो हो।  र आज संसारमा गिफ्ट लिनेहरू भन्दा सिर्जना गर्नेहरू धेरै धनी छन्। त्यसैले विश्वव्यापी प्रवृत्ति हेरेर तपाईँहरू सिर्जनामा लाग्नु भयो भने त्यसले धेरै माथि पुर्‍याउन सक्छ। 

अहिले पुँजीवाद कहाँ छ भनेर मैले हेरिरहेको छु। १८औँ र १९औँ शताब्दीमा युरोपको जुन औद्योगिक क्रान्ति थियो त्यसबेलाको पुँजीवादलाई भनिन्थ्यो। मर्कन्टाइल एजपछिको इन्डस्ट्रियल क्यापिटालिजममा कोमोडिटी इकोनमी भनिन्थ्यो। श्रमिकहरू पनि कोमोडिटी भए। र त्यो कोमोडिटीको बजारमा पुँजीपतिहरूले के गर्थे भने, वस्तु बनाउने, बेच्न जाने बेचेर खुद मुनाफा कमाउने र धनी हुने। त्यो एजको क्यापिटालिजमको क्यारेक्टर रैछ ‘एक्स्क्पोर्ट अफ गुड्स’ अर्थात् सामान बनाएर बेच्ने। 

२० औँ शताब्दीमा आइपुगेपछि क्यापिटालिजम कहाँ पुगेछ भन्दा इन्डियाबाट कच्चा पदार्थ लिएर बेलायतमा सामान बनाएर फेरि मुनाफाका लागि सामान बेच्न इन्डिया आउनुभन्दा पैसा बोकेर इन्डिया आउने, कारखाना त्यहीँ खोल्ने त्यहीँ कच्चा पर्दाथ किन्ने। त्यहीँका मजदूरलाई काममा लगाउने र पैसा बोकेर फर्कने। अथवा एक्स्पोर्ट अफ क्यापिटल वा पुँजीको निर्यात। र वित्तीय पुँजीवाद चाँहि २० औँ शताब्दीको पुँजीवादको मूल विशेषता थियो। 

तर २१ औँ शताब्दीमा आइपुग्दा यो परिवर्तन भएको छ। अहिलेको पुँजीवादको मुख्य विशेषता के रहेछ भने, ‘इट इज अ डेटा क्यापिटालिजम,' र ‘इट इज अ नलेज क्यापिटालिजम।’ अहिलेको पुँजीवादले के गर्दो रहेछ भनेर हेर्दा, जस्तो मान्नुस् अहिले २००८ पछि डिप लर्निङ प्रोग्राम भयो। आर्टिफिसियल इन्टेलिजेन्सको विकास भइसकेपछि यति धेरै डेटा कलेक्ट हुन थाल्यो। तपाईँले फेसबुक चलाउनु हुन्छ। गुगल चलाउनु हुन्छ। अरु सञ्जाल चलाउनु हुन्छ। क्यामेरा छन्, गाडीहरू छन्। फाइभ जी छ। जति पनि सेन्सरहरूबाट फोटोहरू आउँछन् बिड डेटामा जम्मा भएर बस्छ र त्यो डेटालाई उनीहरूले एनालाइसिस् गरेर आर्टिफिसियल इन्टेलिजेन्सले तपाईँ, हामी के चाहान्छौँ भन्ने कुरालाई प्रिडेक्टिभ प्रोडक्ट बनाउन थाल्यो। र उसले त्यसलाई फ्युचर प्रिडेक्टिभ मार्केटमा लगेर बेच्न थाल्यो।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले पछिल्लो २१ औँ शताब्दीलाई फोर्थ इन्डस्ट्रियल रिभोलुसन (चौथो औद्योगिक क्रान्ति) पनि भनिन्छ। यो फोर्थ इन्डस्ट्रियल रेभोलुसनको एजमा चाहे आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोनहरूको कुरा गर्नुस्, अरु म्यानलेस कारको कुरा गर्नुस्। यसले नयाँ किसिमको भेन्यूहरू खोल्न थाल्यो। सडक बनाउने, पुल बनाउने वा रेलवे बनाउने, भवन बनाउने कुरा पुराना पूर्वाधार भए। 

अब नयाँ पूर्वाधार भनेको आर्टिफिसियल इन्टेलिजेन्स, रोबोट र इन्टरनेट हुन थाल्यो। अहिले चीनको १४ औँ योजना पारित भयो। उनीहरूले के फैसला गरेभन्दा जिडिपीको ५ प्रतिशत उनीहरूले नयाँ पूर्वाधारमा लगानी गर्दा रहेछन्। अब त्यसलाई ३० प्रतिशतमा पुर्‍याउँछन्। त्यो ३० प्रतिशतमा पुर्‍याउने भयो भने अब नयाँ हिसाबले मेसिनले मान्छेलाई रिप्लेस गर्ने ठाउँमा पुग्ने बित्तिकै अबको इकोनमी कता जान्छ? अब के प्रोडक्ट बनाएर बेच्ने? यो दुनियाँको यो ट्रेण्डलाई पनि हेरेर हामी जानुपर्ने स्थिति छ। 

यसपालिको कोभिडले एउटा के ट्रेण्ड ल्यायो भन्दा, कन्ट्याक्ट बिजनेशको ठाउँमा अनलाइन बिजनेश सुरु भयो। अब वित्तीय क्षेत्रमा मुद्राविहीन अवस्थामा जाने भयो। भर्खरै चाइनाले अब पैसा नछाप्ने प्रविधिको विकास गर्‍यो। अहिले ४ वटा सहरमा यसको परीक्षण प्रयोग गरिरहेको छ। र २०२२ को विन्टर ओलम्पिकदेखि त्यसलाई पुरा प्रयोगमा लगेर पैसा छाप्न बन्द गर्ने योजना बनाएको छ। त्यो प्रविधि ढिलो चाँडो हाम्रो देशमा पनि आउँछ। 

हाम्रोमा त्यो प्रविधि आउने बित्तिकै क्यासलेसमा जान्छ। क्यासलेसमा गयो भने के हुन्छ? क्यासलेसमा जाने बित्तिकै अहिले यो जुन भ्रष्टाचार छ भन्नुहुन्छ नि, यो घुस खाने कुरा त सिधै सिध्याइदिहाल्छ। नोटमा हुँदो रहेछ घुस। यहाँबाट नोट दियो एउटाले अर्कोलाई दिन्छ। अब नोट भन्ने चिज डिजिटल प्रविधिबाट ट्रान्सफर हुने बित्तिकै घुस खाएको कुरा त एक सेकेण्डमा सबैलाई थाहा हुन्छ। घुस अन्त्य गर्न त प्रविधिले सजिलो बनाउँदो रहेछ नि! 

Xtrem

Xtrem

तपाईं किन चिन्ता गर्नुहुन्छ? मैले भन्छु भ्रष्टाचार त समस्या हो तर त्योभन्दा ठूलो विषय अर्थतन्त्रमा संलग्न हुने र आर्थिक वृद्धि गर्ने र उद्यमशीलता विकास गर्ने अहिलेको मुख्य चुनौति हो। हामी पनि नयाँ प्रविधि अपनाउने र नयाँ क्षेत्र सोच्ने हो भने यो समस्या समाधान हुन्छ। किनभने सन् १८७० सम्म बेलायत संसारको सबैभन्दा भ्रष्ट मुलुक थियो। अमेरिकाका रुजबेल्टले चुनाव घोषणापत्रमा केन्द्रमा भन्दा पनि स्थानीय तहमा एकदमै भ्रष्टाचार छ भनेका थिए। 

आज उनीहरूले के गरे? डिजिटल अर्थतन्त्र बनाए। अमेरिकाले १०० डलरभन्दा ठूलो नोट छाप्दैन। बेलायतले ५० पाउण्डभन्दा ठूलो नोट छाप्दैन। सबै डिजिटल कारोबारमा गए। अब भर्चुअल करेन्सीमा जाने बित्तिकै भ्रष्टाचारको कुरालाई त त्यसै अन्त्य गरिदिन्छ। अबको नयाँ पुस्ताले २१ औँ शताब्दीको नलेजलाई पुँजी मान्ने नलेज इकोनमीको सम्भावनालाई हेरेर तपाईंहरू उद्यमशीलता विकास गर्न आउनुस्। 

किनभने एकजना वैज्ञानिकले यो डिजिटल प्रविधिले एउटा युजलेस वर्ग सिर्जना गर्छ भनेका छन्। जस्तै ५० वर्षसम्म ड्राइभिङ गरेको थियो अब म्यानलेस कार आयो भने त्यसपछि नयाँ काम सिक्न पनि सक्दैन। अब त्यो ड्राइभरको के काम? एउटा युजलेस क्लास सिर्जना हुन्छ भनिएको छ। त्यसो हुनाले हामीले अहिलेको ग्लोबल विकासको ट्रेण्डलाई हेर्दै रोजगारी र व्यवसाय प्रवर्द्धन गर्ने कुरालाई नयाँ हिसाबले सोच्नुपर्दछ। 

(पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले बिहीबार आयोजित एक भर्चुअल कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्