मुम्बई– अभिनेत्री पुनम पाण्डेलाई गोवा प्रहरीले हिरासतमा लिएको छ। प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाएको छ।
पाण्डेविरुद्ध गोवाको कैनकोना गाउँको चपोली बाँधमा सुटिङका बेला अश्लिलता फैलाइएको आरोप लगाइएको छ। उनीविरुद्ध राज्य जल संशाधन विभागले प्रहरीमा उजुरी दर्ता गराएको हो।
प्रहरी अधिकारी नेल्सन अल्बुकर्कले इन्टरनेटमा भिडियो भाइरल भएपछि उनी विरुद्ध मुद्दा दायर भएको बताएका छन्। पाण्डेविरुद्ध अश्लिल इशारा, सरकारी सम्पत्तिमाथि आक्रमण र अभद्र भिडियो सुटिङ र वितरणको मुद्दा दर्ता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।