एजेन्सी–पेन्सिलभेनियाका गभर्नर टम वुल्फले मतगणना स्थगित गर्ने डोनाल्ड ट्रम्पको चुनावी अभियानको आग्रह अस्वीकार गरेका छन्। उनले गणना जारी राख्ने बताएका छन्।
पेन्सिलभेनियामा डेमोक्रेटले मत चोर्ने प्रयास गरेको भन्दै ट्रम्पको चुनावी अभियानले मतगणना स्थगित गर्न आग्रह गरेको थियो। यद्यपि मतगणनाका क्रममा धाँधली या अनियमतता भएका कुनै प्रमाण भेटिएको छैन।
गभर्नर वुल्फले पेन्सिलभेनियावासीका हरेक मतलाई सरंक्षण गर्न लड्ने बताए। ‘हरेक मत गणना होस् भन्नका लागि मैले आफ्नो शक्तिले भ्याएसम्म गर्छु,’ उनले भने। गभर्नर वुल्फले डेमोक्रेटिक पार्टीका तर्फबाट जितेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।