• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सिन्डिकेटको पक्षमा यातायात बन्द गर्ने व्यवसायीलाई कस्ताे हुन्छ सजाय?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २१, २०७५  १०:०६
1140x725

काठमाडौं – यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने सरकारको घोषणाविरुद्ध सार्वजनिक सवारी ठप्प पार्दै आन्दोलनमा उत्रिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कदम गैरकानुनी भएकोले तत्काल सजायको भागीदारी हुनुपर्ने देखिएको छ।

सरकारले चाहेमा आजैबाट उनीहरुको ‘रुट पर्मिट’ खारेज गरि यातायात सञ्चालन गर्न रोक लगाउनसम्म पाउने बाटो व्यवसायी आँफैले खोलेको कानुनका जानकारहरुको भनाई छ।

सिन्डीकेट कायम राख्न यातायात व्यवसायीहरुले गरेको हड्ताल हालै मात्र सरकारबाट जारी भएको अत्यावश्यकीय वस्तुमा हड्ताल निषेधको आदेश, सर्वोच्च अदालतको फैसला, नेपालको संविधान र अन्य ४ कानून विपरीत छ। कानुनले प्रतिबन्ध गरेको अत्यावश्यकीय क्षेत्रको हड्ताल गरेकोले सरकारले चाहेमा आजैबाट समिति खारेजसमेत गर्न सक्नेछ। सर्वौच्च अदालतले भने यसअघि नै अत्यावश्यकीय सेवाका क्षेत्रमा हड्ताल गर्न नपाउने फैसला गरेकाले व्यवसायीहरुको लागि अदालतको ढोकासमेत बन्द भइसकेको छ। सरकारले व्यवसायीहरुलाई आवश्यक सेवा सञ्चालन ऐन २०१४ अन्तर्गत पक्राउ गरी ६ महिनासम्म थुनामा राख्न सक्नेछ। 

सरकारी घोषणाको विरोधमा व्यवसायीले देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेपछि उक्त कारवाही गर्न सरकारलाई बाटो खुलेको अधिवक्ता ज्योती बानियाँको बझाइ छ। 

नेपालको संविधानमा प्रतिस्पर्धाको आधारमा पेशा र व्यवसाय गर्न पाउने हक मौलिक हकअन्तर्गत सुनिश्चित गरिएको छ। निर्वाधरुपमा एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्न पाउने हक समेत संविधानमा सुनिश्चित छ। यातायात व्यवसायीहरुले सिन्डिकेट खारेजीविरुद्ध हड्तालमा उत्रिए यी व्यवस्था विपरीतको कार्य हुने उनको तर्क छ। उनले भने,‘यातायात व्यवसायीको यो कार्यले संविधान कुण्ठित भएको छ। आन्दोलनमा उत्रने व्यवसायीलाई संविधानको उल्लंघन गरेको आरोपमा समेत सरकारले कारबाही गर्न सक्ने छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका विरुद्धमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले दायर गरेको मुद्दामा सर्वोच्चले २०६७ पुस १२ गते यातायात सेवामा सिन्डिकेट नगर्नू–नगराउनू भनी आदेश जारी गरेको थियो।

सरकारले १८ क्षेत्रलाई अत्यावश्यकीय तोक्दै हड्ताल गर्न नपाउने सूचना निकालिसकेको छ। यसले गर्दा यातायात व्यवसायीले आँफै फस्ने कार्य गरेको कानुनका जानकारहरुको बुझाइ छ। 

यातायातमा सिन्डिकेटको समस्या हटाउन विगतमा कानुनी पहल नभएका होइनन्। तर, विगतका सरकारले बेवास्ता गर्दा व्यावसायिक प्रतिस्पर्धा र उपभोक्ता अधिकार कमजोर बन्दै गएको पाइन्छ। सर्वोच्च अदालतले २०६७ पुस १२ को आदेशपछि सोही वर्ष दोस्रो पटक माघ २७ मा ‘कुनै क्षेत्रमा एकाधिकार बजार सञ्चालन हुनु कानुनी राज्य विरुद्धको कार्य हुने’ ठहर गर्दै यस्ता सिन्डिकेट खारेज गर्नू भनी परमादेश जारी गरेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अधिवक्ता ज्योति बानियाँले हालेको रिटमा न्यायाधीश कल्याण श्रेष्ठ र भरतबहादुर कार्कीको इजलासले फैसला भएकै मितिदेखि सिन्डिकेट खारेज हुने फैसला सुनायो।

यातायात व्यवसायी राष्ट्रिय महासंघ आँफैमा आवश्यक सेवा ऐन, २०१४ अन्तर्गत शासित हुनुपर्ने संस्था भएको र आवश्यक सेवा ऐनअन्तर्गत रहेर एकाधिकार कायम गर्ने कार्य गैरकानुनी भएको सर्वोच्चको ठहर थियो। तर, सर्वोच्चको उक्त फैसला कार्यान्वयन गर्नेभन्दा सरकारले प्रत्यक्ष र परोक्ष रुपमा यातायात व्यवसायीहरुलाई सिन्डिकेट लाद्न पक्षपोषण गर्दै आएको थियो। 

सरकारका तर्फबाट फैसला कार्यान्वयनको कुनै काम नभएपछि आदेश कार्यान्वयनको माग गर्दै अधिक्ता बानियाँले तेस्रो मुद्दा २०७१ मंसिर २८ गते दायर गरेका थिए। सर्वोच्चले उक्त रिटमा फैसला गर्दै २०७३ मंसिर ३० गते सिन्डिकेट हालसम्म पनि कायमै रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै यातायातमा प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउन आदेश गरेको थियो। 

पछिल्लो समय भने वाम नेतृत्वको सरकार यातायात सिन्डिकेटविरुद्ध बलियो रुपमा उभिएसँगै सर्वसाधारण उत्साहित भएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, के के छन् खेल ?
सडक दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु
१४२औँ फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाइयो
सम्बन्धित सामग्री
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण इतिहासमा सर्वप्रथम देशकै प्रधानमन्त्री नेपाल संवत् नववर्षको उपलक्ष्यमा भएको आमसभामा उभिएर शुभकामना सन्देश दिनुभयो । त्यस पश्चात् वर्... मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं पञ्चायती सत्ता ढाल्न नेपाल सम्वत् को आन्दोलन निकै सहयोगी बनेको इतिहास हामी सामू छ । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भए... आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न अदालतले आफ्नै तहबाट निष्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा न्यायाधीशमाथिको छानबिनको विषय संसद्को क्षेत्राधिकारत... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, के के छन् खेल ? बुधबार, कात्तिक २५, २०८३
सडक दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
१४२औँ फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाइयो बुधबार, कात्तिक २५, २०८३
सामूहिक भाइटीकाको परम्परा २८ वर्षमा प्रवेश: अञ्जली दिदी भन्छिन्– भगवानले साथ दिएसम्म निरन्तरता दिन्छु बुधबार, कात्तिक २५, २०८३
राजा गीर्वाणयुद्ध विक्रमसँग जोडिएका भोजपुरको टक्सार बजारका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको पर्खाइमा बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! मंगलबार, कात्तिक २४, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्