एजेन्सी–विश्वका मुुलुकहरु कोरोना भाइरसको परीक्षणका लागि संघर्ष गरिरहेका बेला स्लोभाकियाले भने २ दिनमा ३६ लाख मानिसको परीक्षण गरेको छ। यो त्यहाँको कूल जनसंख्याको दुई तिहाई हो।
गत महिनादेखि संक्रमण दर बढेपछि १० वर्षमाथिका मानिसको परीक्षण गएिको हो। परीक्षणमा १ प्रतिशत अर्थात् ३८ हजार ३ सय ५९ जनाको नतिजा पोजेटिभ आएको छ।
व्यापक संख्यामा परीक्षणका लागि गत २३ अक्टोबरमा ओर्भा र बार्डेजोभ गरी २ क्षेत्रमा नमुना परीक्षण गरिएको थियो। जसमा १ लाख ४१ हजार जनाको परीक्षण भएको थियो। त्यसपछि बाँकी स्थानमा शनिबार र आइतबार परीक्षण अभियान चलाइएको थियो। यसमा लामो समय घरमै बसेका वृद्धवृद्धा, अपांग, क्यान्सररोगी तथा अन्य खतरा अवस्थामा रहेका समूह भने सहभागी भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।