• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवादित ईश्वरलाई महासचिवको ‘ललिपप’

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ४, २०७७  ११:१४
1140x725
फोटो- रासस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासपात्र ठानिने ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसेपछि सत्तारुढ दल नेकपाका कतिपय नेताहरु अचम्ममा परे। असोज २८ मा भएको मन्त्रिपरिषद पुनर्गठनमा रक्षाबाट हटाएर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत ल्याइएको थियो।

‘ईश्वर कमरेड यसमा खुसी हुनुहुन्न तर उहाँले प्रधानमन्त्री ओलीबाट एउटा आश्वासन पाउनुभएकोछ, त्यो हो अब पार्टीको महासचिव’, नेता पोखरेल निकट एक नेताले भने, ‘त्यसैले ईश्वर कमरेड महासचिव पदका लागि अब पर्ख र हेरको अवस्थामा हुनुहन्छ।’

पछिल्लो सरकारमा मात्र होइन अघिल्लो पटक मन्त्री हुँदा समेत अनेक विवादमा पर्दै आएका ईश्वर पोखरेललाई प्रधानमन्त्री केपी ओलीले पार्टीको महासचिव बनाउने आवश्वासन किन र कसरी दिए त? ‘यसलाई एउटा परिस्थितिजन्य आश्वासन भनेर बुझ्नुहोस्’, प्रधानमन्त्री ओली निकट एक नेताका शब्द छ, ‘दलभित्रको शक्ति सन्तुलन मिलाउन र ईश्वर पोखरेल सबैको तारो बनेकाले ओलीले यस्तो निर्णय गर्नुभएको हो।’

यो पनि पढ्नुहोस्

विवादै-विवादको अर्को नाम ईश्वर पोखरेलमंगलबार, असार ९, २०७७

प्रधामन्त्री ओलीले नेता पोखरेललाई महासचिवको आश्वासन दिएको कुरा भने उनले स्विकारे।

त्यसो त, ईश्वरमाथि भएको राजनीतिक ‘प्रहार’लाई उनका निकटस्थहरुले बढुवाका रुपमा प्रचार गर्ने प्रयत्न गरेको पनि देखियो, सुनियो। उनले समग्र मन्त्रिपरिषद्को संयोजन गर्ने र छाया प्रधानमन्त्रीका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने भन्नेसम्मका तर्कहरु सतहमा ल्याइयो। तर स्थानान्तरणको गुह्य ईश्वर–भक्तहरुले भने जस्तो नभएको नेकपा नेताहरुले बताउन थालेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘यी सबै भन्ने कुराहरु हुन्, दिनप्रतिदिन अलोकप्रिय बन्दै गएका र सरकारमा बसेर पनि राम्रो डेलिभरी दिन नसकेका ईश्वरलाई प्रधानमन्त्री ओलीले सहजै दलभित्र स्पेस दिने कुरा अपेक्षा गर्न सकिँदैन’, ती नेताले भने, ‘अर्थमन्त्रीमा महासचिवका हैसियतमा रहेका विष्णु पौडेललाई ल्याइएपछि पार्टीभित्र महासचिव फेर्ने कुरा बहसको विषयचाहिँ हुनसक्छ तर ईश्वरकै लागि यो सबै भइरहेको छ भन्ने अवस्था भने छैन।’

झण्डै दुई तिहाइको सरकार निमार्णको प्रारम्भमै नेता पोखरेल ओली सरकारको अर्थमन्त्रीसहित उपप्रधानमन्त्री हुन चाहन्थे। त्यसका लागि उनी पार्टीभित्र ‘लविङ’ पनि गरेका थिए। तर, उनलाई अपेक्षाविपरित रक्षा मन्त्रालय दिइएको थियो। सुरुवातमा उनी सरकारको उपप्रम पनि थिएनन्। पछि तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाउनैपर्ने भएपछि पार्टीको इज्जतको खातिर पोखरेल पनि उपप्रधानमन्त्री बनाइएको थियो।

पछिल्लो छिमलको मन्त्रिपरिषद पुनर्गठनको तयारी भइरहँदा मन्त्री पोखरेलले फेरि एकपटक प्रधानमन्त्री केपी ओलीसँग अर्थ मन्त्रालयको याचना गरेका थिए। उनको यो कुरा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि सुनाए तर प्रचण्डले कुनै पनि कोणबाट ईश्वरलाई अर्थ दिने कुरामा सहमति जनाएनन्। दुवै अध्यक्षले पत्याउने नाम विष्णु पौडेलमा छलफल भएपछि नयाँ अर्थमन्त्रीका रुपमा दलको महासचिवको हैसियतमा रहेका पौडेललाई सो जिम्मेवारी दिइयो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उता, सतहमा नदेखिए पनि नेपाली सेनाको नेतृत्व र रक्षामन्त्री पोखरेलबीच पछिल्ला दिनमा सम्बन्ध पानी बाराबारको बिन्दूमा पुगेको थियो। सेनाले पटक–पटक प्रधानमन्त्री ओलीसँग सेनाका कतिपय परियोजना र कामकारबाहीमा मन्त्री पोखरेलले बाधा व्यवधान खडा गरेको गुनासो गरिरहेकै थियो। सेनाले त मन्त्रीले द्रव्यमोह देखाएको आरोप समेत लगाएको स्रोतहरुको दाबी छ। सेनाको नेतृत्वले मुखै खोलेर रक्षामन्त्री परिवर्तनको माग गरेको थियो।

यता, कोभिड–१९ नियन्त्रण तथा रोकथामका सिलसिलामा मन्त्री ईश्वर पोखरेलले तालुकदार स्वास्थ्य मन्त्रालयलाई पनि व्यवधान खडा गरेको गुनासो थियो। कोरोनासँगको लडाइँमा सरकार असफल हुनुमा पनि उच्चस्तरीय समितिको जिम्मेवारी लिएका पोखरेलको हात रहेको तथ्य प्रष्ट भइसकेको छ।

‘प्रधानमन्त्री ओलीले ईश्वरलाई मनाउने सूत्रका रुपमा महासचिव पदको कुरा उठाउनुभएको हो’, ओली निकट ती नेताले भने, ‘महासचिव पदका लागि पोखरेलका नाममा शीर्ष नेताहरुबीच सहमति भइहाल्छ भन्ने होइन। महासचिव पदका लागि अरु नामहरुमा पनि छलफल होला।’

यो पनि पढ्नुहोस्

ओलीको विरासतनजिक को?शनिबार, कात्तिक १, २०७७

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  ११:१४
  • #नेकपा
  • #केपी_ओली
  • #ईश्वर_पोखरेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्