एजेन्सी–विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ११ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ११ लाख ८ हजार २ सय १३ पुगेको हो। हालसम्म विश्वमा संक्रमितको संख्या ३ करोड ९५ लाख ८१ हजार ८ सय ७१ पुगेको छ भने २ करोड ७२ लाख ३ हजार ९ सय ९५ जना निको भइसकेका छन्।
मृत्यु हुनेमा सबैभन्दा अमेरिकामा २ लाख १९ हजार १ सय ५६ जना छन्। यस्तै, ब्राजिलमा १ लाख ५३ हजार ६ सय ७५, भारतमा १ लाख १२ हजार ९ सय ९८, मेक्सिकोमा ८५ हजार ७ सय ४, बेलायतमा ४३ हजार ६ सय ६९, इटालीमा ३६ हजार ४ सय ७४ र स्पेनमा ३३ हजार ७ सय ७५ जनाको मृत्यु भएको छ।
संक्रमितको संख्या अमेरिकामा ८१ लाख १ हजार ९ सय ४०, भारतमा ७४ लाख ३२ हजार ६ सय ८० र ब्राजिलमा ५२ लाख २४ हजार ३ सय ६२ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।