नयाँ दिल्ली- मुम्बईकाे एक अदालतले भारतीय अभिनेत्री कंगना रनावतलाई साम्प्रदायिकता फैलाएकाे आराेपमा एफआइआर दायर गर्न आदेश दिएकाे छ। रनावतले आफूमाथि मुद्दा दायर गर्न आदेश भएकाे ट्वीटरमार्फत् जानकारी गराएकी छन्।
‘मेराेविरुद्व अर्काे एफआइआर दर्ता गर्न भनिएकाे छ। लाग्दैछ महाराष्ट्रमा पप्पु सेना मेराे पछाडि हात धाेएर लागेकाे छ‚’ उनले ट्वीटरमा लेखेकी छन्‚ ‘मलाई यति धेरै समम्झ। म स्वयं त्यहाँ आउँदैछु।’
मुनब्बर अली नामका एक व्यक्तिले कंगना र आफ्नी बहिनी रगाेलीले समाजमा साम्प्रदायिक घृणाा फैलाउने काम गरेको भन्दै अदालतलमा निवेदन दर्ता गरेका थिए।
अदालतमा निवेदन दिने पनि फिल्म क्षेत्रकै हुन्। कास्टिङ डाइरेक्टर काम गर्न मुनब्बर अलीले कंगनामाथि आइपिसीकाे धारा उल्लंघन गरेकाे जिकीर निवेदनमा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।