• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

समाजवादलाई अब बदनाम नगरिदिनोस्

डा सरोज धिताल शनिबार, असोज २४, २०७७  २०:४४
1140x725

अब भने चुप लाग्न सकिएन। मौनव्रतबाट एकछिन अलग्गिनै पर्‍यो।

केही महिनायता म सामाजिक सञ्जालबाट पर बसेको छु। अत्यावश्यक काम वा नित्तान्त व्यक्तिगत संवादका निम्ति बाहेक मेसेन्जर, भाइबर आदि समेत धेरै चलाउँदिन। टेलिभिजन त हेर्दै हेर्दिनँ, समाचारपत्रहरू पढ्दिन। वर्षौंदेखि लेखिरहेको अखबारी स्तम्भ पनि नलेखी बसिरहेको छु। योबीचमा महत्वपूर्ण आन्दोलन भए‚ जसमा मेरो नैतिक समर्थन रह्यो। तर ती आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न समेत बाहिर देखा परिनँ। सञ्चार जगतका विभिन्न आग्रहलाई विनम्रतापूर्वक टारेरै बसेँ।

यो सब बिनाकारण थिएन। केही समययता यस्तो लाग्दैछ- यो उमेरसम्म पनि मैले न त संसारलाई चिनेको रहेछु न त आफैँलाई। त्यसैले केही समय सकेसम्म चुपचाप रहेर द्रष्टा भावले आफैँलाई र आफ्नो वरिपरीको संसारलाई हेरूँ, बुझ्ने प्रयत्न गरूँ भन्ने यत्न थियो यो। 

किन हामी यति निरीह भएका? किन नहुनुपर्ने कुरा भएका भयै छन्? हुनै पर्ने कुरा किन भइरहेका छैनन्? किन जहिले पनि पाखण्ड र आडम्बरकै विजय भइरहेको देखिन्छ? मानिसको उज्यालोतर्फको यात्रा किन प्राय: तुहिन्छ? ६५-६६ वर्षको उमेरमा पुगिसकेको हामीजस्ता मान्छेले के गर्दा बाँच्नुको सार्थकता रहन्छ? ...  केही समय ‘म’भावलाई सकेसम्म एकातिर पन्छाएर यी प्रश्नमा डुबूँ भन्ने चाहना थियो।

तर गोविन्द के.सी.को यसपालीको सत्याग्रह चार हप्ता पुरा हुन लागिसकेको यो बेला, उनी फेरि एकपल्ट मृत्युको संघारमा पुगिसकेको यो बेला‚ जति यत्न गरे पनि अब भने मौन रहन असम्भव नै भयो। मलाई थाहा छ सबै सरोकारवालाका कानमा मेरा शब्दले प्रवेश पाउने छैनन्। तर पनि केही महिनादेखिको आफ्नो मौनव्रत तोडेर बोल्दैछु।

Ncell 2
Ncell 2
nimb
nimb

विनम्र भाषामा बोल्न चाहन्छु म।  तर विनम्रताले समेत ठाउँ नपाउने परिस्थिति सृजना हुँदोरहेछ कुनै कुनै बेला। यतिबेला त्यही अन्धकार परिस्थितिको पीडाबोध गर्दैछु। 

राजनीतिक लगायत कुनै किसिमका पूर्वाग्रह नराख्ने हो भने गोविन्द केसीको आन्दोलनको मूल दिशामा कतै कुनै खोट लगाउने ठाऊँ नै छैन। यतिबेला सत्तामा रहेको पार्टी आफ्नो चुनावी घोषणापत्रमा वा घोषित उद्देश्यप्रति साँच्चै इमानदार मात्रै रहन सकेको भए गोविन्दले उसकै निम्ति अत्यन्त सकारात्मक स्थिति तयार पारिदिएका थिए- देशको स्वास्थ्यसेवालाई साँच्चै समाजवाद उन्मुख बनाउने र स्वास्थ्यको बजारीकरणलाई रोक्ने। 

एउटा कम्युनिष्ट पार्टीका निम्ति त्यो भन्दा ठूलो अवसर के हुनसक्छ ? तर सत्ताधारी पार्टीको घोषित मार्गप्रति नै इमानदारी नभएकाले पार्टी पंक्तिभित्र भ्रष्टाचार लगायत विभिन्न विकृतिले झन् झन् मौलाउने अवसर पाए। उसको चुनावी घोषणापत्र त अहिले ठट्टा गर्ने मसला भयो। 

कस्तो विरोधाभासपूर्ण स्थिति ! आफूलाई समाजवादको निर्माता भन्ने र सिद्धान्तमा पूँजीवादको विरोध गर्ने पार्टीको सरकार छ।  उसले आफ्ना राजनीतिक प्रतिस्पर्धीको खेमामा राखेर हेर्ने गरेका गोविन्द के.सी. का माग भने समाजवाद उन्मुख छन्। अनि त्यही सरकारको गतिविधि भने उल्टै अति-बजारमुखी ! के जात्रा भइरहेको हो यो देशमा?

वर्तमान सरकारका नाइकेहरुलाई मेरो विनम्र आग्रह छ- यतिबेला गोविन्दका सबै मागलाई पुरा गरेर आफ्नो घोषित दिशाप्रति इमानदार रहन चाहेको प्रमाणित गरिदिनोस्। यसो गर्दा नै सबैको भलो हुन्छ। कृपया यति सुकर्म गर्ने आँट गर्नोस्। यति गरे अझै जनताको स्याब्बासी नै पाउनुहुनेछ। तपाइँको आफ्नै अनुभव हेर्नोस् न, कोभिड-१९को विरुद्धको वर्तमान युद्धमा पाटन अस्पतालका स्वास्थ्यकर्मीले रात दिन खटेर गरेका काममा तपाँइले पनि श्रेय नै पाइरहनु भएको छ नि, हैन? तर यस्तो लाग्छ, तपाइँ नै यस्तो श्रेय लिन तयार हुनुहुन्न। अझै पनि नयाँ जोगिले खरानी धेरै घसे झैँ तपाइँ किन बजारीकरणको कट्टर अभियन्ता बन्न चाहनु हुन्छ?

समाजवादलाई अब बदनाम नगरिदिनोस्, प्लीज !

गोविन्दको जीवन खतरामा परिसक्यो। केही भइहालेछ भने तपाइँको भलो होला र? अब पनि शब्दका खेलमा रमाइरहने र सत्याग्रहीलाई अल्मल्याइरहने कामले हानी गर्छ- आफ्नै पनि, देशको पनि ! त्यसो नगर्नोस्।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्