रोल्पा- रोल्पामा बुधबार फरक–फरक तीन स्थानमा तीन जना किशोरीले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार बेलुका रोल्पा नगरपालिका १० धवाङ लिजीका निवासी शुक्रवीर पुनकी २२ वर्षिया छोरी आशा पुनले घरको बरन्डामा झुन्डिएर आत्महत्या गरेकी हुन्।
सोही दिन बेलुका सुनछहरी गाउँपालिका–६ फगामका सन्तोष पुनमगरकी श्रीमती ममता घर्तीमगरले विष सेवन गरेकी थिइन्। विष सेवन गरेपछि उपचारका लागि ईलाका स्वास्थ्य केन्द्र सुलीचौरमा ल्याउँदै गर्दा ममताको बिहीबार बिहान बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए।
यसैगरी, लुंग्री गाउँपालिका–४ ठूलोजम्जा बस्ने ऋषिराम खड्काको छोरी वर्ष १७ की पार्वती खड्काले वुधवार वेलुका झुन्डीएर आत्महत्या गरेकी छिन्। घरमा आफू सुत्ने कोठामा झुन्डिए थिइन्।
बुधबारका तीनवटै आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।