• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लोकसेवाको परीक्षा नै सञ्चालन गर्ने अनौठो ठग 

64x64
नारायण अधिकारी बिहीबार, असोज १५, २०७७  १३:०८
1140x725
अभियुक्त अजयकुमार राय र उनले ठगीका लागि सञ्चालन गरेका नक्कली ‘लोकसेवा’ परीक्षाका प्रश्नपत्र र प्रवेशपत्र।

काठमाडौं– बारा, जितपुर सिमराका २९ वर्षीय अजयकुमार राय ठगीको आरोपमा यतिबेला जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। रायका कर्तुत–वृत्तान्त सुनेर प्रहरी आफैं छक्क छ। यतिसम्म कि, ठग्नकै लागि उनले लोकसेवा परीक्षा नै सञ्चालन गरेका रहेछन्। अनौठो ठगी शैलीको यो कथा अहिले पर्सा प्रहरीमा मात्र होइन सबैतिर ‘किस्सा’ बनेर फैलिँदो छ। 

भएछ के भने, बुधबार दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय पर्सामा एउटा सूचना आएछ। सूचना थियो, वीरगञ्ज–१६ को देव पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर, असई, सूचक र खरिदारको परीक्षा भइरहेको छ।

प्राप्त सूचनामा प्रहरीले शंका गर्‍यो। ‘लोकसेवाको परीक्षा भएको भए सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई पहिला नै जानकारी आउने थियो। तर हामीलाई नै जानकारीबिनै परीक्षा सञ्चालन भएको छ भन्ने खबर आएपछि पक्कै केही गडबड होला भन्ने लागेको थियो’, पर्साका एसपी गंगा पन्तले नेपाल लाइभसँग भनिन्। सूचनासँगै शंका लिएर प्रहरीको सादा पोशाकको टोली देव पार्टी प्यालेसमा पुग्यो। प्रहरीलाई नै जानकारी नदिई परीक्षा सञ्चालन भएको सूचना पाएको प्रहरी त्यसबेला छक्क परे जति बेला उक्त परीक्षाको सम्पूर्ण अगुवाई प्रहरी इन्सपेक्टरले गरिरहेका थिए।

नक्कली परीक्षामा प्रयोग गरिएको प्रवेशपत्र

हट्टाकट्टा ज्यान भएका एक युवक प्रहरीको बर्दीमा थिए। उनको काँधमा खुकुरी र डण्डा क्रस देखेपछि फिल्डमा खटिएका प्रहरीले यसबोर एसपी पन्तलाई जानकारी गराए। फिल्डमा खटिएको प्रहरी टोलीलाई पन्तले जानकारी गराइन्, ‘त्यहाँ हाम्रो कोही पनि प्रहरी खटिएको छैन। ती व्यक्ति नक्कली इन्सपेक्टर हुन सक्छन् तुरुन्त नियन्त्रणमा लिनू।’

प्रहरीको नियन्त्रणमा परेका ती बर्दीधारी इन्सपेक्टर थिए, उनै अजयकुमार राय। राय पक्राउ परेपछि ठगी धन्दाको कहानी सतहमा आएको छ।

नक्कली परीक्षामा प्रयोग गरिएको प्रश्नपत्र

उनले ठगी गर्नकै लागि विभिन्न व्यक्तिलाई राष्ट्रिय अनुसन्धानको इन्सपेक्टर, असई, सूचक, खरिदारसम्म बनाउने भन्दै ठगी गरेको पाइएको छ। जसका लागि उनले पार्टी प्यालेस नै भाडामा लिएर लोकसेवा आयोगले लिने जसरी नै परीक्षासमेत सञ्चालन गरेका थिए। यसरी परीक्षा सञ्चालन गरिरहेका बेला उनी पक्राउ परेका हुन्।

प्रहरी टोली घटनास्थल पुगेर सोधपुछ गर्दा बारा, पर्सा र सर्लाहीका २१ जनाले इन्सपेक्टर, असई, सूचक र खरिदारको भन्दै परीक्षा दिइरहेका थिए। यसका लागि रायले ९ महिनादेखि तयारी गरेको अनुसन्धानबाट खुलेको छ। परीक्षार्थीहरुलाई विश्वासमा दिलाउनका लागि ९ महिना अघिदेखि उनी बेला बेलामा प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय नगवामा समेत गएर आफू इन्सपेक्टर भएको बताउथे। उक्त चौकीका प्रहरीले रायलाई स्यालुट हान्थे।

नक्कली परीक्षामा प्रयोग गरिएको प्रवेशपत्र

यसरी उनले प्रहरी समेतलाई आफू इन्सपेक्टर भएको भन्दै झुक्याएका थिए। प्रहरी कार्यालयमा भएका फोटाहरु समेत खिचेर वेरोजगार युवाहरुलाई देखाउदै आफू इन्सपेक्टर भएको र जागिर लगाइदिने भन्दै प्रभावमा पारेका थिए। रायले विभिन्न व्यक्तिलाई जागिर लगाइदिने भन्दै उनीहरुबाट रकम असुलेका रहेछन्। रायले १३ जनालाई जागिर लगाई दिने र त्यसका लागि परीक्षामा सामेल हुन, प्रवेशपत्र बनाउन समेत रकम लाग्ने भनेर विभिन्न १३ जना व्यक्तिबाट १ हजार रुपैयाँदेखि २६ हजार रुपैयाँ गरी ३ लाख ६१ हजार ठगी गरेको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बाँकी रकम भने परीक्षामा उत्तिर्ण भएपछि लिने सहमति भएको पाइएको छ। यदी अहिले राय पक्राउ नपरेको भए केही महिनापछि आफैंले परीक्षाको नतिजा निकाल्ने र पास गराएर रकम असुल्ने योजना रहेको अनुसन्धानले देखाएको छ। यसका लागि उनले ६ लाख रुपैयाँसम्म डिल गरेको पाइएको छ। इन्सपेक्टरका लागि ६ लाख लाग्ने उनले बताएका थिए।  पर्साको पकाहामैनपुर गाउँपालिका–४ का १९ वर्षीय राकेश चौरसियासँग भने परीक्षामा उत्तिर्ण भए वापत १ लाख ५० हजार दिने सहमति भएको थियो।

प्रहरीले रायको साथबाट असईको नक्कली प्रवेशपत्र २ थान, इन्सपेक्टरको नक्कली प्रवेशपत्र २१ थान, इन्सेक्टरको प्रश्नपत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान, बरामद गरेको छ। यी प्रवेशपत्र र प्रश्नपत्र कहाँ छापिए भन्नेबारे प्रहरीले अहिलेसम्म भेउ पाउन सकेको छैन। पर्साका एसपी पन्तले नेपाल लाइभसँभ भनिन्, ‘यस विषयमा हामी अनुसन्धानकै क्रमा छौं । अहिलेसम्म केही खुलिसकेको छैन।’

उक्त परीक्षा हलबाट रायको निर्देशनमा काम गर्ने बारा, जितपुर उपमहानगरपालिका–५ का ५७ वर्षीय हिरालाल महतो, सोही ठाउँका २८ वर्षीय बसन्त चौधरी, पर्साका वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय रविकुमार चौरसिया, पर्साकै पकाशामैनपुर गाउँपालिका–५ सबैठवाका ४७ वर्षीय शिवनारायण चौरसिया र वीरगञ्ज –२७ रानिघाटका २५ वर्षीय रामजी चौरसियालाई पनि प्रहरीले पक्राउ गरेको छ।

राय नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीसहित पक्राउ परेका हुन्। अझ उनी प्रहरीलाई समेत विश्वासमा पार्न प्रहरी कार्यालय नै गएर आफू इन्सपेक्टर भएको परिचय दिएकोसम्मको सूचना प्रहरीले हात पारेको छ। बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए? यो प्रश्न निकै पेचिलो बनेको छ । एसपी पन्त भन्छिन्, ‘नेपाल प्रहरी लगाउने सक्कली बर्दी नै हो त्यो। तर यो कहाँबाट उनले ल्याए भन्नेबारे अहिलेसम्म केही बाएका छैनन् । यसबारे पनि छानबिन हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 पक्राउ परेका नक्कली इन्सपेक्टर राय पहिला पनि जेल बसेर छुटेका व्यक्ति भएको पाइएको छ। २०७२ सालमा जिल्ला प्रहरी कार्यालय बाराले उनीविरुद्ध सरकारी कागजात कीर्तेमा मुद्दा चलाएको थियो। त्यसबेला उनी ११० दिन कैद बसेर छुटेको पाइएको छ। 
 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्