एजेन्सी–कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेहरुको संख्या ३ करोड ३८ लाख पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ३८ लाख ३२ हजार १ सय २४ पुगेको हो। हालसम्म १० लाख ११ हजार २ सय ८२ जनाको मृत्यु भइसकेको छ भने २ करोड २५ लाख ७ हजार ५ सय ३६ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७२ लाख २७ हजार ७ सय ७९ छ भने त्यहाँ २ लाख ६ हजार ८ सय ५९ जनाको मृत्यु भइसकेको छ।
यस्तै, भारतमा ६२ लाख २५ हजार ७ सय ३६ संक्रमित र ९७ हजार ४ सय ९७ मृत्यु, ब्राजिलमा ४७ लाख ७७ हजार ५ सय २२ संक्रमित र १ लाख ४२ हजार ९ सय २१ को मृत्यु, रुसमा ११ लाख ७० हजार ७ सय ९७ संक्रमित र २० हजार ६ सय ३० मृत्यु तथा मेक्सिकोमा ७ लाख ३८ हजा १ सय ६३ संक्रमित र ७७ हजार १ सय ६३ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।