एजेन्सी–२८ वर्षअघि बाबरी मस्जिद भत्काउने काममा संलग्न रहेको आरोप लागेका ३२ जनालाई सिआइबी विशेष अदालतले सफाइ दिएको छ।
फैसला पढ्दै न्यायाधीश सुरेन्द्र कुमार यादवले बाबरी मस्जिद भत्काउने पूर्वयोजना नरहेको र भारतीय जनता पार्टीका नेताहरू त्यसमा प्रत्यक्ष संलग्न रहेको प्रमाण फेला नपरेको उल्लेख गरे।
फैसला सुनाएसँगै न्यायाधीश यादवले अवकाश पाएका छन्।
यस मुद्दामा ३५१ जनाले बयान दिएका थिए भने ६०० वटा दस्तावेज पेश गरिएका थिए। कुल ४९ आरोपित रहेकोमा १७ जनाको सुनुवाइकै क्रममा मृत्यु भएको थियो।
भाजपाका संस्थापक लालकृष्ण आडबाणी, उमा भारती ,कल्याण सिंह, मुरलीमनोहर जोशी लगायतको संलग्नता पुष्टि नभएको फैसलामा उल्लेख छ। आडबाणी अहिले पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन । भाजपाको संगठन देशव्यापी बनाउन यो घटनाले महत्वपुर्ण भूमिका खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।