• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ९, २०८२ Mon, Mar 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सन्दीप खेल्छन् कि हेर्छन् मात्र?

64x64
सराेज तामाङ मंगलबार, असोज १३, २०७७  १६:४८
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्याम्पिटल्सले लगातार दुई खेलमा जित निकाल्यो। तर नेपाली दर्शकले हेर्न चाहिरहेका सन्दीप लामिछाने दुबै खेलमा बेन्चमा रहे। मैदानमा खेल देखाउन आतुर देखिएका सन्दीप मैदान उत्रने पर्खाइमा नै छन्। जुन थप कठिन देखिँदैछ। 

मंगलबार राति दिल्लीले आफ्नो तेस्रो खेलमा डेविड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ। जसमा सन्दीप पुनः बेन्चमा नै रहने अनुमान क्रिकेट विश्लेषकहरुको देखिन्छ। एक खेलमा चार विदेशी खेलाडीको कोटामा सन्दीपको नाम अटाउन गाह्रो परिरहेको छ।  

क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलावाजबाट सबै खेल खेलेका सन्दीप आइपिएलमा पनि सुरुवाती खेलमा टिममा पर्ने विश्लेषण थियो। तर सबैको तर्क दुई खेलसम्म गलत सावित भयो। हुन त सिपिएल र आइपिएल दुई फ्रेन्चाइज लिगमा धेरै फरक छ। विदेशी स्पिनरलाई आइपिएलमा पर्नु चुनौती नै देखिन्छ। 

अब दिल्लीको तेस्रो खेलमा सन्दीप खेल्छन् कि हेर्छन्? यो सिजनको आइपिएल सन्दीपको लागि निकै अर्थ राख्छ। सन्दीपको यात्रा यो सिजन बैन्चमै सीमित भए उनको आइपिएल भविष्य धरापमा पर्न सक्छ। सन्दीप स्वयमले पनि भनेका छन्, ‘यो सिजनको आइपिएल निर्णायक हुनेछ।’

सन्दीप प्लेइङ इलाभेनमा नपर्दा विभिन्न टिकाटिप्पणी भइरहे पनि यसभित्र दुई वटा कारण मात्रै मुख्य छन्। एउटा प्लेइङ सेटबाटै खेल्दै गरेका विदेशी खेलाडीको उच्च प्रदर्शन हुनु अर्को स्पिनर अश्विन, अमित र अक्षर लयमा हुनु।

सन्दीप प्लेइङ इलाभेनमा नपर्नु दिल्लीको स्पिनरलाई मात्रै तुलना गरेर हेरियो भने त्यो अपूर्ण हुनेछ। अहिले दिल्लीको सेटबाट अस्ट्रेलियाका मार्कस स्टोइनिस, वेष्ट इन्डिजका सिमरन हिटम्यर तथा दक्षिण अफ्रिकाका कागिसो रबडा र एनरिच नोर्टजेले खेलिरहेका छन्।

यी चार विदेशी खेलाडीले पहिलो खेलमा किंग्स इलाभेन पञ्जाब र दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध खेले। पञ्जाबविरुद्ध जितको मुख्य श्रेय स्टोइनिस र रबडालाई जान्छ। स्टोइनिसले २१ बलमा सर्वाधिक ५३ रन बनाएका थिए। ४ ओभरमा २८ रन खर्चिएर २ विकेट लिएका रबडाकै उत्कृष्ट बलिङमा दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हराएको थियो। हिटम्यरले भने १३ बलमा ७ रन मात्रै बनाए भने नोर्टजेले ४ ओभरमा विना विकेट ३३ रन खर्चिए। स्वभाविक रुपमा पहिलो खेलमा हिटम्यर र नोर्टजे चल्न सकेनन्। दुबै खेलाडी कमजोर नै देखिए। 

Ncell 2
Ncell 2

सिपिएलबाट आइपिएल खेल्न युएई पुगेका सन्दीप पहिलो खेलमा नपर्नुको कारण उनको क्वारेन्टाइन बस्नुपर्ने अवधि शनिबार मात्रै सकिनुलाई पनि मानिएको थियो। त्यसको भोलिपल्ट नै भएको खेलमा सन्दीप प्लेइङ इलाभेनमा नपर्नु एक हिसाबले ठीकै हो। यो अर्थमा कि दिल्ली टिमका अन्य खेलाडी करिब महिना दिनबाट अभ्यास गरिरहेका थिए। 

त्यसकारण दोस्रो खेलमा चेन्नाईविरुद्ध सन्दीप टिममा पर्ने अनुमान थियो। तर यो खेलमा पनि सन्दीप बेन्चमै रहे। चेन्नाईविरुद्ध स्टोइनिसले ३ बल मात्रै खेल्न पाए भने हिटम्यरको ब्याटिङ पालो नै आएन। बलिङतर्फ रबडाको लय उस्तै रह्यो। ४ ओभरमा २६ रन ३ विकेट लिए। नोर्टजेले पनि ४ ओभरमा २१ रन खर्चिएर २ विकेट लिए।

पहिलो खेलमा घाइते भएका अश्विन पूर्णरुपमा ठिक नहुँदा उनको स्थान अमित मिश्राले लिए। अमितले पनि चेन्नाईविरुद्ध विकेट नलिए पनि राम्रो खेले। त्यसैले सनराइजर्स हैदराबादविरुद्ध पनि दिल्लीले पुरानै सेट मैदानमा उतार्ने अनुमान छ।

सन्दीपलाई खेलाउन अहिले प्लेइङ सेटमा रहेकामध्ये एक विदेशी खेलाडीलाई निकाल्नु पर्ने हुन्छ। जब कि चारै विदेशी खेलाडीले सन्तुष्ट हुन सक्ने प्रदर्शन गरिरहेका छन्।

सन्दीप प्लेइङ सेटमा नपर्नुको कारण दिल्ली टिममा भेट्रान स्पिनर हुनु नै मुख्य कारण भएको बताउँछन् नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा सन्दीपका प्रशिक्षक समेत रहेका राजु खड्का। उनी भन्छन्, ‘दिल्ली टिममा सन्दीपभन्दा राम्रा अश्विन र मिश्रा स्पिनर छन्। उनीहरु सन्दीपको तुलनामा धेरै अनुभवि पनि छन्।’

सन्दीपले आफू टिममा पर्न नेट अभ्यासमा उनीहरुभन्दा अब्बल सावित गर्नै पर्छ। अहिले दिल्ली टिमले खेल जितिरहनु पनि टिममा फेरबदल नहुनु र सन्दीप पर्न नसक्नुको कारण मान्न सकिन्छ। टेष्ट राष्ट्र र एशोसिएट राष्ट्रले पनि धेरै फरक पर्ने पूर्वकप्तान खड्का बताउँछन्, भन्छन् ‘सन्दीप एशोसिएट राष्ट्रका खेलाडी हुन्। स्टाटसले पनि अर्थ राख्छ। सन्दीपको आइडियल खेलाडी नै हो अमित मिश्रा। पहिले निकै कुरा अमितसँग पनि सन्दीपले सिक्नेछन्। त्यसैले सन्दीपको लागि टिममा पर्न निकै गाह्रो छ।’ 

त्यसो त सन्दीपको यो सिजनसँगै दिल्लीसँगको तीन वर्षे सम्झौता सकिँदै छ। त्यसैले आफू आइपिएलमा रहिरहन यो सिजन राम्रो खेल्नै पर्ने उनी स्वयमले बताएका थिए। अन्य टिम र खेलाडीलाई सन्दीपले आफ्नो खेल कौशल देखाउनै पर्छ। तर सन्दीपलाई प्लेइङ इलाभेनमै पर्न मुस्किल परिरहेको छ। 

हैदराबादविरुद्ध पनि सन्दीप बेन्चमै हुने विश्लेषण प्रशिक्षक समेत रहेका खड्काको छ। भन्छन्, ‘सन्दीपलाई म्यासेज गरिरहेको छु। हैदराबादविरुद्ध पनि पर्ने उनको सम्भावना निकै कम देख्छु। आगामी दिनमा आइपिएल खेल्न यो सिजन उनले राम्रो गर्नै पर्छ। यदि खेल्न पाएनन् भने हाम्रो लागि दुर्भाग्य नै हो।’

सन् २०१८ मा भएको अक्सनबाट त्यो बेलाको दिल्ली डियरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा अनुबन्धित गर्यो। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा यो सन्दीपको सुरुवाती यात्रा थियो। त्यसपछि उनी विश्वका प्राय सबै लिग खेले। दाम पनि कमाए। सबै क्रिकेट विश्लेषक र टिमको नजरमा सन्दीप पर्दै गए। खेल निखारिँदै गयो। 

डेब्यू आइपिएलमा सन्दीपले ३ खेलबाट ५ विकेट लिन भ्याए। तर अन्तिम समयमा दिल्ली आइपिएलबाट बाहिरिसकेपछि महत्वहीन बनेको खेलमा मात्र उनले खेल्न पाएका थिए। २०१९ को संस्करणमा भने सन्दीपले ६ खेल खेल्न पाए। तर यो संस्करणमा पनि टिमले सन्दीपलाई खासै विश्वास गरेन। दिल्लीको महत्वपूर्ण खेलमा सन्दीपले बेन्चमै बिताए। 

त्यसबेला ६ खेलबाट ८ विकेट लिए पनि सन्दीप प्लेअफको इलिमिनेटर र क्वालिफायर टु को खेलमा प्लेइङ सेट बाहिरै रहेका थिए। विगतका दुई संस्करणमा सन्दीपलाई टिमले पूर्णविश्वास गर्न सकेको थिएन भने दिल्लीको कम महत्वका खेलमा मात्रै सन्दीपले मौका पाएका थिए। अहिले सुरुवाती दुई खेलमा बेन्चमै दर्शक बनेका सन्दीपको यो सिजन पनि त्यस्तै हुने त होइन?

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै... बिहीबार, चैत ५, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन एक लाख दर्शकको उपस्थिति रहेको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भारतको यो जितले उत्साह थपेको थियो । भारत यही मैदानमा २०२३ को एक... आइतबार, फागुन २४, २०८२
ताजा समाचारसबै
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट सोमबार, चैत ९, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ! सोमबार, चैत ९, २०८२
मन्त्री सिन्हाले भने : ‘सरकारी कार्यसम्पादनमा मौसमसम्बन्धी सेवाको योगदान महत्वपूर्ण’ सोमबार, चैत ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्