• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सम्झनाको बलात्कारपछि हत्या गर्ने राजेन्द्रले यसअघि पनि गरेका थिए बालिका बलात्कार

64x64
नारायण अधिकारी आइतबार, असोज ११, २०७७  १५:१७
1140x725

काठमाडौं- बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले यसअघि पनि बलात्कार गरेको पाइएको छ। 

खिकालाकै १८ वर्षीय बोहराले एक महिना अघि मस्टाकै १४ वर्षीया बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ। त्यसबेला भने उक्त घटना स्थानीयको रोहबरमै मिलापत्र गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले नेपाल लाइभलाई जानकारी दिए। 

गत साउन २९ गते बोहराले पानी घट्टामा आएकी १४ वर्षीया बालिका बलात्कार गरेका थिए। उक्त घटना गाउँमा फैलिएपछि साउन ३१ गते नै स्थानीयको रोहबरमा मिलापत्र गरेको पाइएको छ। 

मिलापत्रमा ती बालिकाको पेटमा बच्चा भएको अवस्थामा भने राजेन्द्रले नै स्वीकार गर्नेसमेत उल्लेख गरिएको पाइएको छ।

त्यस्तै बोहराले बालिकालाई कुटपिट समेत गरेको पाइएको छ। मिलापत्रको कागजमा अबदेखि बालिका कुटपिट नगर्ने उल्लेख गरेको देखिन्छ।

अहिले भने १२ वर्षीया सम्झना विकको बलात्कार र हत्या आरोपमा बोहरा पक्राउ परेपछि पीडित पक्षले यस घटनाबारे प्रहरीलाई जानकारी गएका हुन्। त्यसबेला बलात्कारको घटना मिलापत्र गराउने विरुद्ध समेत अनुसन्धान सुरु गरिएको प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले नेपाल लाइभलाई जानकारी दिए। मिलापत्र गराउने विरुद्ध भने मतियारको कसुर आकर्षित हुने उनको भनाइ छ।

बलात्कारपछि हत्या
गत बुधबार मन्दिरमा मृत भेटिएको बालिका सम्झनाको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको पाइएको छ। प्रहरी स्रोतका अनुसार जिल्ला अस्पतालले उपलब्ध गराएको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको पाइएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी स्रोतका अनुसार सम्झनाको टाउको, यौनाङ्ग वरपर, र यौनांगको भित्री भागमा समेत चोट रहेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। बाहिरी चोट बलात्कार गर्नेबेला प्रतिकार गर्दाखेरिको हुनसक्ने आँकलन प्रहरीले गरेको गरेको छ।

यौनांगको भित्री भागको चोटबाट बलात्कारको पुष्टि भएको प्रहरी स्रोतले जानकारी दियो। उनको मृत्युको कारण भने कलेजोको चोट देखिएको छ। बलात्कारपछि पनि बोहराले बालिकालाई कुटपिट गरेको र उक्त चोटको असर कलेजोसम्म पुगेकाले बालिकाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

कारबाहीको माग गर्दै सडक प्रर्दशन, सुरक्षाको प्रत्याभूति दिलाउन कांग्रेसको माग
सम्झनाको विकका हत्यारालाई कारबाहीको माग गर्दै सडकमा प्रर्दशन समेत भइरहेको छ। बझाङबाट सुरु भएको प्रर्दशन यतिबेला काठमाडौंसम्म आइपुगेको छ। यसअघि बझाङको चैनपुरमा स्थानीयले सम्झनाका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। 

मृतक बालिकका परिवार आफन्त, नागरिक अधिकारकर्मीलगायतले 'निर्दोष नफसोस्, अपराधी नउम्कियोस्' भन्दै प्रर्दशन गरेका थिए। उनीहरुले बलात्कारीलाई फाँसीसम्मको सजाय हुनुपर्ने भन्दै प्लेकार्ड प्रर्दशन गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइतबार ११ बजे माइतीघर मण्डलामा संयुक्त राजनीतिक दल संघर्ष समिति, दलित नागरिक समाजले सम्झनाको न्यायका लागि भन्दै प्रदर्शन गरेको छ। उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राखेका थिए। 

त्यसैगरी सरकारले बलात्कारका दोषीलाई कारबाही गर्न नसक्दा बझाङमा दलित बालिकाको बलात्कारपछि हत्या हुनुले सरकार नागरिकका सुरक्षाप्रति चुकेको कांग्रेस महिला संघकी अध्यक्ष उमा रेग्मीले बताएकी छिन्। सरकारको लाचारी र गैरजिम्मेवार प्रवृत्तिकै कारण बालिकाले ज्यान गुमाउनुपरेको उनको भनाइ छ। 

नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकार असफल भएको उल्लेख गर्दै रेग्मीद्धारा जारी विज्ञप्तिमा नेपाली महिलाहरु बलात्कृत हुने र ज्यान गुमाउनु पर्ने कहिलेसम्म भन्दै सरकासँग प्रश्न गरिएको छ।

बलात्कार घटनामा विशेष दलित समुदाय बढी शिकार हुने गरेको सांसद प्रकाश स्नेही रसाइलीले बताए। राज्यले जनतालाई सुरक्षा दिन नसकेको बताउँदै उनले सरकार असफल बन्दै गएको बताए।

यस्तो थियो घटना
गत बुधबार दिउँसो करिब ४ बजेतिर सम्झना करिब ३० मिनेट परको पैदल दुरीमा रहेको गोठमा वस्तुलाई घाँस हाल्न भनेर डोको बोकेर गएकी थिइन्। तर उनी अबेरसम्म घर फर्किनन्। सम्झना घर नफर्किएपछि परिवारले उनको खोजी गरे। खोज्दै जाने क्रममा सिममाडौं भन्ने ठाउँको शिव मन्दिरमा उनको शव अर्धनग्न अवस्थामा भेटिएको थियो। शव अर्धनग्न अवस्थामा भेटिएको जानकारी आएपछि लगत्तै घटनास्थलमा प्रहरी खटिएको बझाङका डिएसपी रुपक खड्काले बताएका छन्।

सम्झनाले बोकेको नाम्लो, डोको मन्दिरभन्दा कसर डेढ समय मिटर पर खोल्सामा भेटिएको थियो। घटनाको स्थलगत अनुसन्धानमा खटिएको प्रहरी टोलीले सम्झनाको बलात्कारपछि हत्या हुनुपर्ने प्रारम्भिक निष्कर्ष निकालेपछि सोही अनुसार प्रहरी टोली अनुसन्धानमा खटिएको थियो।

सोही क्रममा प्रहरीको लेन्समा परेका थिए सोही ठाउँका राजेन्द्र बोहरा। उनलाई पक्राउ परेपछि भने घटनाका विभिन्न पाटाहरु खुल्दै गएका छन्। उनले यसअघि पनि सोही ठाउँकी एक बालिकालाई बलात्कार गरेको र स्थानीयकै रोहबरमा उक्त घटना मिलाएको पाइएको छ। राजेन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालयमा यसअघि पनि उनले बलात्कार गरेको भन्दै उजुरी दर्ता भएपछि सो कुरा बाहिर आएको हो। यी दुवै घटनामा उनीमाथि अनुसन्धान सुरु गरिएको सुदूरपश्चिम प्रदेशका प्रवक्ता सिंहले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्