• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सम्झनाको बलात्कारपछि हत्या गर्ने राजेन्द्रले यसअघि पनि गरेका थिए बालिका बलात्कार

64x64
नारायण अधिकारी आइतबार, असोज ११, २०७७  १५:१७
1140x725

काठमाडौं- बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले यसअघि पनि बलात्कार गरेको पाइएको छ। 

खिकालाकै १८ वर्षीय बोहराले एक महिना अघि मस्टाकै १४ वर्षीया बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ। त्यसबेला भने उक्त घटना स्थानीयको रोहबरमै मिलापत्र गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले नेपाल लाइभलाई जानकारी दिए। 

गत साउन २९ गते बोहराले पानी घट्टामा आएकी १४ वर्षीया बालिका बलात्कार गरेका थिए। उक्त घटना गाउँमा फैलिएपछि साउन ३१ गते नै स्थानीयको रोहबरमा मिलापत्र गरेको पाइएको छ। 

मिलापत्रमा ती बालिकाको पेटमा बच्चा भएको अवस्थामा भने राजेन्द्रले नै स्वीकार गर्नेसमेत उल्लेख गरिएको पाइएको छ।

त्यस्तै बोहराले बालिकालाई कुटपिट समेत गरेको पाइएको छ। मिलापत्रको कागजमा अबदेखि बालिका कुटपिट नगर्ने उल्लेख गरेको देखिन्छ।

अहिले भने १२ वर्षीया सम्झना विकको बलात्कार र हत्या आरोपमा बोहरा पक्राउ परेपछि पीडित पक्षले यस घटनाबारे प्रहरीलाई जानकारी गएका हुन्। त्यसबेला बलात्कारको घटना मिलापत्र गराउने विरुद्ध समेत अनुसन्धान सुरु गरिएको प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले नेपाल लाइभलाई जानकारी दिए। मिलापत्र गराउने विरुद्ध भने मतियारको कसुर आकर्षित हुने उनको भनाइ छ।

बलात्कारपछि हत्या
गत बुधबार मन्दिरमा मृत भेटिएको बालिका सम्झनाको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको पाइएको छ। प्रहरी स्रोतका अनुसार जिल्ला अस्पतालले उपलब्ध गराएको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको पाइएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी स्रोतका अनुसार सम्झनाको टाउको, यौनाङ्ग वरपर, र यौनांगको भित्री भागमा समेत चोट रहेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। बाहिरी चोट बलात्कार गर्नेबेला प्रतिकार गर्दाखेरिको हुनसक्ने आँकलन प्रहरीले गरेको गरेको छ।

यौनांगको भित्री भागको चोटबाट बलात्कारको पुष्टि भएको प्रहरी स्रोतले जानकारी दियो। उनको मृत्युको कारण भने कलेजोको चोट देखिएको छ। बलात्कारपछि पनि बोहराले बालिकालाई कुटपिट गरेको र उक्त चोटको असर कलेजोसम्म पुगेकाले बालिकाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

कारबाहीको माग गर्दै सडक प्रर्दशन, सुरक्षाको प्रत्याभूति दिलाउन कांग्रेसको माग
सम्झनाको विकका हत्यारालाई कारबाहीको माग गर्दै सडकमा प्रर्दशन समेत भइरहेको छ। बझाङबाट सुरु भएको प्रर्दशन यतिबेला काठमाडौंसम्म आइपुगेको छ। यसअघि बझाङको चैनपुरमा स्थानीयले सम्झनाका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। 

मृतक बालिकका परिवार आफन्त, नागरिक अधिकारकर्मीलगायतले 'निर्दोष नफसोस्, अपराधी नउम्कियोस्' भन्दै प्रर्दशन गरेका थिए। उनीहरुले बलात्कारीलाई फाँसीसम्मको सजाय हुनुपर्ने भन्दै प्लेकार्ड प्रर्दशन गरेका थिए।

आइतबार ११ बजे माइतीघर मण्डलामा संयुक्त राजनीतिक दल संघर्ष समिति, दलित नागरिक समाजले सम्झनाको न्यायका लागि भन्दै प्रदर्शन गरेको छ। उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राखेका थिए। 

त्यसैगरी सरकारले बलात्कारका दोषीलाई कारबाही गर्न नसक्दा बझाङमा दलित बालिकाको बलात्कारपछि हत्या हुनुले सरकार नागरिकका सुरक्षाप्रति चुकेको कांग्रेस महिला संघकी अध्यक्ष उमा रेग्मीले बताएकी छिन्। सरकारको लाचारी र गैरजिम्मेवार प्रवृत्तिकै कारण बालिकाले ज्यान गुमाउनुपरेको उनको भनाइ छ। 

नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकार असफल भएको उल्लेख गर्दै रेग्मीद्धारा जारी विज्ञप्तिमा नेपाली महिलाहरु बलात्कृत हुने र ज्यान गुमाउनु पर्ने कहिलेसम्म भन्दै सरकासँग प्रश्न गरिएको छ।

बलात्कार घटनामा विशेष दलित समुदाय बढी शिकार हुने गरेको सांसद प्रकाश स्नेही रसाइलीले बताए। राज्यले जनतालाई सुरक्षा दिन नसकेको बताउँदै उनले सरकार असफल बन्दै गएको बताए।

यस्तो थियो घटना
गत बुधबार दिउँसो करिब ४ बजेतिर सम्झना करिब ३० मिनेट परको पैदल दुरीमा रहेको गोठमा वस्तुलाई घाँस हाल्न भनेर डोको बोकेर गएकी थिइन्। तर उनी अबेरसम्म घर फर्किनन्। सम्झना घर नफर्किएपछि परिवारले उनको खोजी गरे। खोज्दै जाने क्रममा सिममाडौं भन्ने ठाउँको शिव मन्दिरमा उनको शव अर्धनग्न अवस्थामा भेटिएको थियो। शव अर्धनग्न अवस्थामा भेटिएको जानकारी आएपछि लगत्तै घटनास्थलमा प्रहरी खटिएको बझाङका डिएसपी रुपक खड्काले बताएका छन्।

सम्झनाले बोकेको नाम्लो, डोको मन्दिरभन्दा कसर डेढ समय मिटर पर खोल्सामा भेटिएको थियो। घटनाको स्थलगत अनुसन्धानमा खटिएको प्रहरी टोलीले सम्झनाको बलात्कारपछि हत्या हुनुपर्ने प्रारम्भिक निष्कर्ष निकालेपछि सोही अनुसार प्रहरी टोली अनुसन्धानमा खटिएको थियो।

सोही क्रममा प्रहरीको लेन्समा परेका थिए सोही ठाउँका राजेन्द्र बोहरा। उनलाई पक्राउ परेपछि भने घटनाका विभिन्न पाटाहरु खुल्दै गएका छन्। उनले यसअघि पनि सोही ठाउँकी एक बालिकालाई बलात्कार गरेको र स्थानीयकै रोहबरमा उक्त घटना मिलाएको पाइएको छ। राजेन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालयमा यसअघि पनि उनले बलात्कार गरेको भन्दै उजुरी दर्ता भएपछि सो कुरा बाहिर आएको हो। यी दुवै घटनामा उनीमाथि अनुसन्धान सुरु गरिएको सुदूरपश्चिम प्रदेशका प्रवक्ता सिंहले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधान सेनापति सिग्देल चीन प्रस्थान चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनल... आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार, भदौ २८, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने आइतबार, भदौ २८, २०८३
१५औं महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु आइतबार, भदौ २८, २०८३
हरितालिका तीजमा लाइनको सास्ती घटाउने उपायः भोलि बिहान ३ बजेबाट खुल्नेछन् पशुपतिनाथका चारै ढोका आइतबार, भदौ २८, २०८३
प्रधान सेनापति सिग्देल चीन प्रस्थान आइतबार, भदौ २८, २०८३
स्वामी श्रीनिवासको चेतावनी– म माथि निरन्तर प्रहार भइरहे भाषणमा मात्र होइन, शासनमै आउनेछु आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्