काठमाडौं- भूकम्पले खण्डहर बनाएको रानीपोखरीले नवरूप पाएको छ। रानीपोखरीमा ५ वर्षपछि लबालब पानी भएपछि यसले मनमोहक छटा धारण गरेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेपछि यसको सौन्दर्यले पूर्णता पाएको हो।
निर्देशनालयका निर्देशक भोजविक्रम थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो। रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ। जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको उनले बताए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ। प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
तस्बिरहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।