नयाँदिल्ली–भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय ५ जना थपिएसँगै संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।
यस्तै, २४ घण्टामा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ। भारतमा हाल १० लाख १० हजार ८ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख ३ हजार ४४ जना निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।