नयाँदिल्ली-भारतमा पछिल्लो २४ घण्टामा भारतमा ९६ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार २४ घण्टामा भारतमा ९६ हजार ४२४ सङ्क्रमित थपिएका हुन्।
योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या ५२ लाख १४ हजार ६७८ बढी पुगेको छ। यस्तै २४ घण्टामा कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको छ।
भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ४१ लाख १२ हजार ५५२ जना सङ्क्रमणमुक्त भइसकेका छन्।
सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन्। महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख तीन हजार ६५० जना सक्रिय सङ्क्रमितहरु छन्।
त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन्। भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।