• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

युवालाई स्वेदेशमै आकर्षित गर्न यस्ता छन् प्रदेश ५ का कार्यक्रम

64x64
नेपाल लाइभ सोमबार, भदौ २९, २०७७  १७:४८
1140x725

काठमाडौं- कोरोनाको कहर उस्तै छ। तर केही समयदेखि भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्किएका युवाहरु देशमा रोजगारीका अवसर नहुँदा फेरि उतै फर्कन थालेका छन्। सीमा नाकाबाट भारततिर जाने युवाहरुको लर्को लाग्न थालेको छ। यस्तो अवस्थामा युवाहरुलाई कसरी देशभित्रै आकर्षित गर्ने भन्ने हिसाबले युवा लक्षित कार्यक्रम अगाडि सारिएको प्रदेश नम्बर ५ ले जनाएको छ। युवा लक्षित कार्यक्रमका लागि मात्रै प्रदेश सरकारले २ अर्बभन्दा बढी बजेट छुट्याएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए। 

‘देशभित्र रोजगारी गुमाएका तथा विदेशबाट रोजगारी गुमाएर फर्किएकाहरुका लागि कोभिड विशेष कृषि कार्यक्रम भनेर एउटा कार्यक्रम राखिएको छ। हाम्रो प्रदेशको सबै स्थानीय तहमा यो कार्यक्रम सुरु गरिएको छ। यो कार्यक्रमका लागि मात्र झण्डै ५१ करोड बजेट विनियोजन गरेका छौं’ सामाजिक विकास मन्त्री बरालले भने।  

प्रदेशका १ सय ९ वटै स्थानीय तहमा यो कार्यक्रम विस्तार गरिएको उनको भनाइ छ। त्यस्तै युवा उद्यमशीलता विकासका लागि समेत प्रदेशले जोड दिएको उनले बताए। 

अहिले प्रदेशले युवाहरु के काम गर्न चाहन्छन् तथा उनीहरुसँग कस्तो सीप छ भनेर अनलाइनमार्फत् सर्वे गरिरहेको र यो सर्वेअनुसार योजना बनाएर अगाडी बढ्ने मन्त्री बरालले जानकारी दिए। 

‘हामीले पाल्पामा ढाका उद्योग विस्तार गर्ने योजना ल्याएका छौं। यी उद्योग सञ्चालनमा स्थानीय युवाहरुलाई नै अवसर प्रदान गरी आवश्यक मेसिन तथा पुँजी समेत उपलब्ध गराउँछौँ’ उनले भने। उत्पादित ढाकालाई पनि अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन सरकार आफैंले पहल गरिने उनले जिकीर गरे। 

स्वरोजगार तथा रोजगारी सिर्जनाका लागि हामीले सीपमुलक कार्यक्रमलाई जोड दिइएको उल्लेख गरिएको छ। त्यसैगरी युवाहरुलाई विज्ञान प्रविधितर्फ आकर्षित गर्ने हिसाबले दाङको राप्ती प्रविधि शिक्षालयमा इनोभेसन सेन्टर निर्माण गरिने तयारी गरिएकोे प्रदेश नम्बर ५ ले जनाएको छ। 

नेपालगञ्ज उपमहानगरपालिका प्रदेश नम्बर ५ कै स्थानीय तह भएका कारण प्रदेशका नीति तथा कार्यक्रमअनुसार नै युवा लक्षित कार्यक्रमहरुलाई उपमहानगरपलिकाले अगाडि बढाएको उपमेयर उमा थापा मगर बताउँछिन्। 

‘प्रदेशले जस्तै हामीले पनि युवाहरुको क्षमतालाई अझ प्रस्फुटन गर्न सीप तथा तालिममा जोड दिएका छौं। युवा उद्यमशीलता विकासका लागि आवश्यक तालिम दिन हामीले विभिन्न प्याकेज ल्याएका छौं’ उपमेयर उमा थापा मगरले भनिन्। 

Ncell 2
Ncell 2

कोरोनाका कारण देशभित्र रोजगारी गुमाएका तथा वैदेशिक रोजगारीबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई देशभित्रै टिकाउन उपमहानगरपालिकाले प्रोत्साहनमुलक कार्यक्रम अगाडि सारेको उनको भनाइ छ। 

उपमेयर उमा भन्छिन्, ‘विदेशबाट फर्किएका युवाहरुलाई देशभित्रै उद्योगधन्दा, व्यापार व्यवसाय सञ्चालन गर्न उपमहानगरपालिकाले २५ प्रतिशत कर छुट गर्ने नीति ल्याएको छ। यो प्रोत्साहनको एउटा पाटो हो भन्ने मलाई लाग्छ।’

यसअघि देखि नै सरकारले युवाहरुलाई उद्यमशीलता विकासका लागि अनुदान उपलब्ध गराउँदै आएको तर त्यो वास्तविक व्यक्तिसम्म नपुगेको उनले बताइन्। 

‘अनुगमनका क्रममा २५ प्रतिशत अनुदान वास्तविक व्यक्तिहरुसम्म पुगेको देखिएन। अब भने हामीले सुरुमा लगानी गर्नुभन्दा पनि युवाहरुले गरेको उत्पादनलाई आधार मानेर प्रोत्साहन स्वरुप अनुदान दिने कि भन्ने नीति अघि सारेका छौं’ उनले भनिन्। 

व्यवसाय सुरु गर्न धितो तथा पुँजी नभएका युवाहरुलाई समेत सहुलित कर्जा कार्यक्रम अघि सारेको उपमहानगरपालिकाले जनाएको छ। त्यस्तै उद्यमशीलता विकासका लागि निःशुल्क तालिम उपलब्ध गराइने उल्लेख गरिएको छ। 

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा लक्षित कार्यक्रमको कार्यान्वयनका लागि परिषद्ले केन्द्र, प्रदेश तथा स्थानीय सरकारलाई सक्दो घचघच्याइरहेको बताए। सरल कर्जा तथा उद्यमशीलता विकासका कार्यक्रममा असहज भएमा परिषदले सहजीकरणका लागि पहल गरिदिने उपाध्यक्ष ढुंगेलले बताए।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी शुक्रबार, माघ १६, २०८२
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्