• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट
एसियाली गेम्सको तयारीमा कुनै सम्झौता हुँदैन : केशवकुमार विष्ट, सदस्यसचिव (राखेप)
64x64
नेपाल लाइभ शनिबार, वैशाख १५, २०७५  ००:३२
1140x725

काठमाडौं– आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा नेपालले २७ खेलमा भाग लिने भएको छ।

नेपालले एसियाली खेलकुदमा आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकटाक्रो, उसु, स्पोर्टस क्लाम्बिङ, प्याराग्लाइडिङ, कुरास, पेनकक सिटेल र स्केटबोर्डमा प्रतिस्पर्धा गर्दैछ। 

प्रतियोगिताका लागि आइतबारदेखि तयारी सुरु हुँदैछ। पदकका आशा गरिएका केही खेलका खेलाडीलाई विदेशमा प्रशिक्षण गराउने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। यद्यपि केही खेलाडी छनोटमा भने विवाद देखिएको छ। 

यसै सन्दर्भमा नेपालको तयारी र लक्ष्यबारे नेपाल लाइभका सीताराम कोइरालाले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टसँग कुराकानी गरेका छन्। 

एसियाली खेलकुदमा भाग लिने खेलको छनोट प्रक्रिया कहाँ पुग्यो? 
अहिलेसम्म २७ वटा खेलले भाग लिने पक्का भएको छ। थप ३ वटा खेललाई पनि सहभागी गराउन हामीले प्रयास गरिरहेका छौं। ती ३ खेललाई हामीले वैकल्पिकमा राखेका छौं। सरकारले बजेट उपलब्ध गराएको अवस्थामा खेल थपिन सक्छ। 

अहिले खेलाडी छनोटको प्रक्रिया छ। विवाद भएको खेलको समाधान गर्ने प्रक्रिया पनि थालेका छौं। कराते र तेक्वान्दो खेलाडी छनोटमा विवाद देखिएको छ। हामी समस्या समाधान गर्न छलफल गरिरहेका छौं। अरु खेलहरुको लगभग छनोट टुंगिने प्रक्रियामा छ। 

छनोट टुंगिएका खेलाडीलाई हामीले बन्द प्रशिक्षणमा बैसाख १६ गतेदेखि राख्नेछौं। देशका विभिन्न स्थानमा बन्द प्रशिक्षण सञ्चालन हुन्छ। जेठ १ गतेदेखि केही खेलका खेलाडीलाई ३ महिनाका लागि वैदेशिक प्रशिक्षणका लागि पठाउनेछौं। सम्बन्धित संघसँग सल्लाह गरेर खेलाडी वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको छ। कतिपय खेलका लागि विदेशी प्रशिक्षक नेपालमा झिकाएर पनि प्रशिक्षण गराउनेछौं। यसका लागि हामी संघ, मुख्य प्रशिक्षक र तालिम विभागसँग परामर्श गर्दैछौं। 

Ncell 2
Ncell 2

वैदेशिक प्रशिक्षणमा जाने खेलको मापदण्ड कसरी तय गरिएको छ? 
सकेसम्म इन्डिभिजुअल खेल र मेडल जित्ने सम्भावना भएका खेललाई विदेशमा पठाउँछौं। तेक्वान्दो, उसु र जुडोका खेलाडीलाई वैदेशिक तयारीमा पठाउने तयारी भइरहेको छ। अन्य खेलका खेलाडीलाई पनि वैदेशिक प्रशिक्षणमा पठाउन परामर्श भइरहेको छ। हाम्रो आर्थिक अवस्था कमजोर भएकाले वैदेशिक सहायता प्राप्त हुने स्थानमा प्रशिक्षणमा पठाउन लागेका हौं। केही सहगोग भएको खण्डमा हामीलाई त्यहाँ खेलाडी पठाउन सजिलो हुन्छ। 

एसियाली खेलकुदको प्रशिक्षणमा खेलाडीले अघिल्ला प्रतियोगिताभन्दा थप सुविधा के पाउँछन् त? 
हामीले राष्ट्रिय टिमको तयारी निरन्तर रुपमा गरिरहेका छौं। प्राय: खेलाडीले नियमित प्रशिक्षण पाइरहेका छन्। हामीले एसियाली खेलका लागि धेरै खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउछौं। उनीहरुको सुविधामा पनि वृद्धि हुनेछ। १६ घन्टा प्रशिक्षण गर्नुपर्ने भएकाले बन्द प्रशिक्षणलाई कडा निगरानीमा राखिनेछ। 

प्रशिक्षण गर्ने सामग्रीमा कुनै सम्झौता गरिनेछैन। एसियाली खेलकुदमा जस्तो समाग्री प्रयोग हुन्छ त्यस्तै सामग्री तयारीमा प्रयोग गरिनेछ। 

एसियाली खेलकुदमा नेपालको लक्ष्य के हो? संघहरुले परिषद्‌मा कस्तो रिपोर्टिङ गरेका छन्? 
प्रतियोगिताअघि सबैले पदक जित्ने दाबी गर्नु स्वाभाविक हो। तैपनि हामीले मार्सल आर्टसका खेलबाट हामीले बढी आशा गरेका छौं। तेक्वान्दो, कराते, बक्सिङ, जुडो लगायतका खेलबाट आशा छ। पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको प्याराग्लाइडिङबाट पनि एउटा पदक आउने विश्वास छ। लाग्छ, स्केटिङबाट पनि पदक ल्याउने सम्भावना छ। 

हामीले एसियाली खेलकुदमा पदक प्राप्त गर्ने, साग गेम्समा लागि एक्पोजर पाउन सहभागी हुने, कतिपय नेपालको माटो सुहाउँदो खेल र कुनै राष्ट्रिय खेल भएकाले सहभागी भएका छौं। यीमध्ये पनि पदक ल्याउन सक्ने खेललाई उच्च प्राथमिकतामा राखेका छौं। यी खेलाडीलाई विदेशमा प्रशिक्षणका लागि पठाउनेछौं। 

हाम्रो लक्ष्य बढीभन्दा बढी पदक जित्ने हो। अघिल्लो एसियाली खेलकुदमा हामीले एउटा कास्य मात्र जितेका थियौं। त्योभन्दा राम्रो नजिता ल्याउने हाम्रो कोसिस हुन्छ। यस्तै एसियाली खेलकुदको सहभागिताबाट साग गेम्समा नेपालको प्रदर्शन उच्च होस भन्न हामी चाहन्छौं। खेलकुद भनेको जित्ने मात्र नभई ऐक्यबद्धता पनि जनाउने हो। त्यसैले हामी आफ्नो गर्विलो उपस्थिति देखाउन चाहन्छौं। 

मार्सल आर्टसका खेलमा पदकको बढी सम्भावना छ भन्नुभयो। तर, यी खेलकै खेलाडी छनोटमा विवाद छ। यसले गर्दा त अन्योल बढ्यो नि? 
हामीले कराते विवाद लगभग हल गरिसक्यौं। जो राम्रो खेलाडी छानिन्छ त्यसैले एसियाली खेलकुदमा सहभागी हुन पाउँछ। खेलाडी संघले होइन देशले लाने हो। त्यसलै कसले कुन खेलाडी लाने भनेर विवाद गर्नुको तुक छैन। 

राम्रो खेलाडी जो छ त्यो एसियाली खेलकुदमा जान्छ। राम्रो खेलाडी छाडेर कसैले यो मेरो खेलाडी यो तेरो खेलाडी भन्नु भएन। 

राम्रो खेलाडी को भन्ने छुट्याउन छनोट गर्नुपर्छ। कुन संघको परोस्, मतलव भएन। हामीले यही विधिमा जाऔं भनेका हौं। करातेले मानिसक्यो। तेक्वान्दोले पनि मान्नुपर्छ। सबैले अलि फराकिलो छाती बनाउनुपर्छ। संघ र नेतृत्वको लडाइँ आफ्नो ठाउँमा होला। तर विधि र प्रक्रियाले हल गर्नुपर्छ। 

हामी नेपालको खेलाडी गएर पदक प्राप्त गर्न सकोस् भन्ने चाहन्छौं। यसका लागि राम्रा खेलाडी एसियाली खेलकुदमा जानुपर्छ। त्यसलै खेलाडीलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। राम्रो खेलाडीलाई पठाउन नमान्नु भनेको देशको मायाभन्दा पनि जुँगाको लडाइँमा विश्वास रहेछ भन्ने बुझ्नुपर्छ। अहिले विवाद गरेर बस्ने बेला छैन। त्यसैले मैले सबैलाई राम्रो खेलाडी छनोट गरेर पठाउन भनेको छु। 

खेलाडीलाई अन्योलमा राख्ने काम नेतृत्वले गरिरहेको छ। खेलाडीको भविष्यमाथि ख्याल नगर्ने र विवादमा तान्ने नेतृत्व सही होइन भन्ने कुरा खेलाडीले पनि बुझ्नुपर्छ। 

कसले कस्तो कदम चाल्छ भनेर हामीले पनि हेरिरहेका छौं। त्यसैका आधारमा हामी अघि बढ्छौं।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५  ००:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन
सम्बन्धित सामग्री
एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक... बुधबार, जेठ ७, २०८२
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य कति ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्य... मंगलबार, जेठ ६, २०८२
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो । सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
सेनेगलले सबै विदेशी सैनिकहरुलाई हटाउँदै बुधबार, जेठ ७, २०८२
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्