काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा भदौ ३ गते राती १२ बजेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञा बिहीबारदेखि खुकुलो पारेको छ। कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपनि दैनिक जनजीवन संकटपूर्ण भएपछि खुकुल्याइएको निषेधाज्ञामा उतिकै सुरक्षा सर्तकता अपनाउन सरकारले आग्रह गरेको छ।
तर उतत्यकाका विभिन्न स्थानमा काम गर्ने सर्वसाधारणहरू पनि यसतर्फ सचेत नभएको देखिएको छ। सुरक्षा सतर्कताका मुख्य तीन उपायमध्ये एक मास्कको सही प्रयोग धेरैले नगरेको पाइएको हो।
मास्कको प्रयोग गर्नेहरूमध्ये कतिपयले उचित तरिकाले प्रयोग नगरेको देखिएको छ भने कतिपयले मास्कको प्रयोग नै नगरेको देखिएको छ। सही मास्कको प्रयोगले संक्रमण न्यूनीकरण गर्न ठूलो मद्दत गर्छ भन्ने जानकारी भएपनि यसलाई धेरैले बेवास्ता गरेको पाइएको छ।
बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थान पुगेर हामीले मास्कको प्रयोगबारे केही तस्बिर संकलन गरेका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।