• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अनामनगरकी पार्वतीको हत्याले उब्जाएको प्रश्न

प्रतिष्ठा खनाल सोमबार, भदौ २२, २०७७  १८:२१
1140x725

शुक्रबार राजधानीको अनामनगर क्षेत्रमा आफ्नै श्रीमानले छुरा प्रहार गरी पार्वतीको विकको हत्या गरेको समाचार सार्वजनिक भयो। देशको राजधानी मात्र होइन, मुख्य प्रशासनिक केन्द्रकै आडमा भएको यो घटनाले महिला हिंसा न्यूनीकरणमा भएका सरकारी, गैरसरकारी सबै प्रयासलाई गिज्याइरहेको छ। राजधानीमा नै यस्तो जघन्य अपराधको घटनाले नेपालका दुरदराजका स्थानमा महिला हिंसाका घटना कति भए होलान् भन्ने अनुमान गर्न गाह्रो छैन।

पछिल्लो समय लकडाउन तथा निषेधाज्ञाका कारण बाहिर रोजगारी गुमेकाले परिवार आर्थिक संकटमा परेको अवस्थाले गर्दा पनि महिला हिंसा बढेको भन्दै चिन्ता पनि प्रकट गरिएका छन्। तर निषेधाज्ञा र लकडाउन जारी नभएकै भएपनि नेपालमा महिला हिंसाका घटनामा कमी भने आएका छैनन्। 

नेपालको संविधान २०७२ को धारा १८ को उपधारा (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित नगरिने उल्लेख छ। यस्तै धारा ३८ को उपधारा (३) मा  महिला हिंसाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचालन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक, वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण भए कानुन बमोजिम दण्डनीय हुने र पीडितलाई क्षतिपूर्ति पाउने हक हुनेसमेत उल्लेख छ। 

संविधानमा नै सबै नागरिकलाई समान व्यवस्था गर्ने र हिंसा भएको खण्डमा कानुनी कारबाही हुने व्यवस्था भएपनि व्यवहारमा पूर्ण रूपमा लागू भएको छैन। कानुन बन्नु महिला हिंसा न्यूनीकरणको एउटा पाटो त हो तर कानुनी व्यवस्थाले मात्र पनि महिला हिंसा अन्त्य हुन सक्दैन। यसका लागि समाजको चेतनास्तर नै माथि उक्सिन जरुरी छ। सदियौंदेखि गरिँदै आएको विभेद खेप्न बाध्य नेपाली समाजका महिलाहरू शिक्षित नै भएपनि शिक्षितहरूबाटै हिंसामा पर्ने गरेका घटना सार्वजनिक भइरहन्छन्। यसले महिला हिंसा न्यूनीकरणका क्षेत्रमा काम गर्ने चिन्तित बनाएको छ। 

महिलामाथि यातना, कुटपिट, यौन शोषण, यौन दुरुत्साहानका साथै मानसिक रुपमा धम्की गालीगलौज, जिस्काउने, हतोत्साहित पार्ने, महिलाको ईच्छा/आकाङ्क्षालाई नजरबन्द गराइदिने इत्यादि काम पनि महिला हिंसा हुन्। त्यसैगरी सामजिक तवरमा महिलाको हरेक सामाजिक क्रियाकलापबाट बन्चित गराउने तथा उनीहरुको क्षमताको अवमूल्यन गर्ने, महिलालाई तिरस्कार गर्ने इत्यादि पनि महिला हिंसा नै हुन्। 

लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्न बनेको ऐन २०७२ मा 'लैंगिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिंगका आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य सम्झनुपर्नेछ। सो शब्दले लिंगका आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित गर्ने कार्यसमेतलाई जनाउने छ' भनी उल्लेख छ।

लैंगिक हिंसाका अधिकांश शिकार महिला नै हुने गरेका छन्। महिला हिंसाको ठूलो हिस्सा घरेलु हिंसाले मात्र ओगटेको छ। घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ का अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हुन्। माथि उल्लेख गरिएको अनामनगरको घटना पनि घरेलु हिंसाकै विद्ध्रुप रूप हो। 

महिलाहरुलाई सम्मिलित गराई विभिन्न कुप्रथाले पनि समाजमा जरा गाडेकै छन्। यीमध्ये केही कुप्रथा उन्मुलन भएका पनि छन्। तर धेरैजसो कुरीति र कुप्रथाले गाडेका जरा अझसम्म पनि हल्लिन सकेका छैनन्। महिला हिंसाको एउटा कहालीलाग्दो प्रथा सयवर्ष अगाडि उन्मूलन भएको छ। तर धेरै कुरीति अझ पनि छन्। 

Ncell 2
Ncell 2

बालविवाह र दाइजो प्रथाका अस्तित्व कमजोर भएका छैनन्। यी प्रथामा पिल्सिएका महिलाका कुनै पनि पीडामा मल्हम लागेको छैन। मुलुकी अपराध संहिता २०७४ को विवाहसम्बन्धी कसुर (परिच्छेद -११) को दफा १७३ को उपदफा (१)मा विवाह गर्नका लागि २० वर्ष उमेर पुग्नुपर्ने उल्लेख छ। सोभन्दा अघि गरिएको विवाह स्वतः बदर हुनेसमेत सोही दफाको उपदफा (२) मा व्यवस्था गरिएको छ। तैपनि समाजमा बालविवाह रोकिएको छैन। 

महिला हिंसा निराकरणमा थुप्रै पहल भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चदेखि स्थानीयस्तरमा अभियान भएपनि मानिसको विचारमा खासै परिवर्तन आएको छैन। 

बालविवाह बाहेक पनि महिला हिंसाकेन्द्री थुप्रै कुप्रथा अझ बाँकी छन्। छाउपडी प्रथा यसको अर्को उदाहरण हो। बहुविवाहका कारणले पनि यस्ता कुकर्म बढेका छन्। कानुनी व्यवस्था भए पनि कतिपय हिंसाका घटनालाई स्थानीय स्तरमा यसलाई गुपचुप पार्ने प्रचलन छ। पीडकले भन्दा पीडितले झन् पीडित भएर बस्नुपर्ने अवस्था छ। विशेषगरी, कानुनी व्यवस्थाको कमजोर कार्यान्वयनले यस्ता गतिविधिले ठाँउ लिरहेका छन्। महिला हिंसा निराकरणमा थुप्रै पहल भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चदेखि स्थानीयस्तरमा अभियान भएपनि मानिसको विचारमा खासै परिवर्तन आएको छैन। 

पुरुषप्रधान नेपाली समाज अझसम्म पनि रुपान्तरण हुन सकेको छैन। यहाँ हरेक स्थान, कार्यमा होस वा जुनसुकै क्षेत्रमा पुरुषको आधिपत्य छ। एक्काइसौं शताब्दीको परिवेशमा पनि हामीकहाँ हिंसाका घटनामा कमी आएनन्। आर्थिक, भौतिक विकास हिसाबले पछि परेको नेपाली समाज सामाजिक हिसाबमा पनि पछि नै छ। अझसम्म पनि हरेक क्रियाको नकारात्मक परिणामको दोष महिलालाई नै दिइन्छ। छोरा नजन्माएको आरोपमा शारीरिक र मानसिक यातना दिनेहरूको हाम्रो समाजमा कमी छैन। 

महिलाका कतिपय काममा पुरुषले सहजै हस्तक्षेप गर्छ तर पुरुषका काममा महिलाले दिएका सुझावसमेत कार्यान्वयन गरिँदैन। वैज्ञानिक रूपमा अमान्य र गलत हुँदा पनि पुरुषवादी समाजका कुरामा महिलाले खुलेर विरोध गर्न सक्ने अवस्था छैन। भौतिक एवम् आर्थिक पहुँचमा कमजोर स्वामित्व छ। कुप्रथाहरु अझै न्यूनीकरण भएका छैनन्। अझै कुनै भित्री समाजमा महिलालाई कमजोर ठान्ने अन्धविश्वासका आधारमा महिलालाई विभिन्न लाञ्छना लागाउने, बोक्सीको आरोप लागाउने ती निर्दोष मन्छेलाई जस्ता अमानवीय प्रवृत्ति कामयै छन्। यौन हिंसा र बलत्कारका कतिपय घटनामा वर्षौंसम्म पनि पीडकलाई उन्मुक्ति दिइएको छ। पीडितलाई चाँडो न्याय दिन राज्यका संयन्त्र तदारुक छैनन्। 

सन् २०१८ मा महिला हिंसासम्बन्धी गरिएको एक सर्वेक्षणमा ६५ प्रतिशत घरेलु हिंसा भएको पाइएको थियो। सर्वेक्षणले कतिपय घरेलु हिंसाका घटना सार्वजनिक नै हुने नगरेको समेत उल्लेख गरेको छ। सामाजिक कुप्रथाको कारण घरेलु हिंसा बढेका छन्। दाइजो प्रथाले घरेलु हिंसाको कारण बनेको छ। तराईका शिक्षित वर्गमा दाइजो नल्याएको नाममा शिक्षित परिवारले शिक्षित बुहारीमाथि हिंसा गर्ने गरेका विषयमा समाजमा सार्वजनिक भइरहन्छन्। संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनले गरेको एक अध्ययनमा महिला हिंसाका ७० प्रतिशत घटना घरेलु हिंसाका नै थिए। 

महिला हिंसाका थुप्रै कारण छन। व्यवहारिक ज्ञान, चेतनाको कमीले गर्दा पनि महिला हिंसा हुँदै आएको छ। धेरैजसो व्यक्तिहरु कुलतमा फस्ने, मदिरा सेवन, लागू पदार्थ, औसतमा लाग्ने मानिसले महिला हिंसाका घटना बढाएका छन्। अनुशासनको सिमा नाघ्नु, महिलाको आर्थिक स्थित कमजोर हुनु, बेरोजगार हुनु, गरिबीले पनि महिला हिंसाका घटनामा सम्बन्धित देखिन्छन्। सामाजिक संजालमा देखिने छाडापन, विकृति इत्यादिले कारण आफ्नो इच्छा पूरा गर्नलाई कुप्रवृतिमा संलग्न हुने गरेको पाइन्छ।

महिला हिंसा न्यूनीकरण गर्न मानिसको मनस्थितिमा नै परिवर्तन आउन जरुरी छ। महिला हिंसा समाजिक चेतको स्तरको पनि उपज हो। महिला र पुरुषलाई हेर्ने दृष्टिकोण समान नभएसम्म र महिलाको आर्थिक क्षमता अभिवृद्धि नभएसम्म महिला हिंसा कम गर्न गाह्रो छ। हुन त आर्थिक रुपमा सबल महिला पनि यदाकदा हिंसाको शिकार बन्ने गरेका पाइन्छन् तर आर्थिक रूपमा सबल महिलाले हिंसाको प्रतिकार गर्न सक्छन्। त्यो चेत पनि हुन्छ। त्यो क्षमता पनि हुन्छ। 

पार्वती विकको हत्याको कारण पनि घरायसी विवाद भएको बताइएको छ। सायद कमजोर आर्थिक स्थिति भएकैले पार्वतीमाथि लामो समयसम्म गरिएको हिंसाको उपजकै परिणामममा हत्या भएको हुनुपर्छ। माथि नै भनिएजस्तो सिंहदरवारको मुखमा भएको हत्याले देशको अवस्था संकेत गरेको छ। महिलाले कहिलेसम्म हिंसाको शिकार हुने? पार्वती हत्याका आरोपी उनकै श्रीमानलाई त पक्राउ गरिएको छ। तर उनीको हत्याले हाम्रो समाजलाई गिज्याइरहेको छ। हाम्रो चेतानाको स्तरलाई गिज्याइरहेको छ। सिंहदरवारकै आडमा अवस्था यस्तो छ भने वडा कार्यालय पुगेर फर्कन हप्ता दिनसम्म लाग्ने देशका कुनाकन्दरामा कस्तो होला?

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्