• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'संक्रमितप्रति सद्भाव राख्ने क्रम बढ्दै गएको छ' 

मोहन बस्नेत मंगलबार, भदौ १६, २०७७  १५:२९
1140x725

सबैतिर कोरोना संक्रमण फैलिसकेको लामो समयसम्म पनि हाम्रो दक्षिणकाली नगरपालिका कोरोनामुक्त नगरपालिका थियो। पछिल्ला दुई साता अगाडिसम्म हाम्रो नगरपालिकामा कतै कोरोना देखिएको थिएन। दक्षिणकाली नगरपालिका तथा आमजनताको प्रयासले लामो समयसम्म पनि यो नगरपालिकामा यो भाइरसका संक्रमित भेटिएका थिएनन्। 

उपत्यका छिर्ने नाकासमेत रहेकाले यो नगरपालिकामा कोरोना संक्रमण फैलने जोखिम एकदमै बढी छ। त्यसमा पनि कोरोना अत्यधिक फैलिएको काठमाडौं उपत्यका नजिक भएका कारणले पनि दुई सातायता भने दक्षिणकाली नगरपालिकामा कोरोना प्रवेश गरेको छ। 

कोरोना संक्रमितहरु अधिकांश व्यापारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीहरु हुनुहुन्छ। विशेषगरी, कालीमाटी फलफूल तथा तरकारी बजारमा आवतजावत गर्ने क्रममा कोरोना प्रवेश गरेको पाइएको छ। यहाँ उत्पादन भएको फलफूल तरकारी लिएर जाने ठाउँ त्यही, आवश्यक पर्दा लिन जाने ठाउँ पनि त्यही भएका कारणले कालीमाटीबाट नै यहाँ कोरोना फैलिएको अनुमान गरिएको छ। 

कोरोना संक्रमितहरु सबैको अवस्था सामान्य छ। त्यस्तो कुनै समस्या देखिएको छैन। हाम्रो नगरपालिका, वडाहरु, यहाँका जानकार व्यक्तिहरु, राजनीतिक दल सबैको साथ सहयोगले सकेसम्म संक्रमण नै हुन नदिने प्रक्रियामा हामी आगाडि बढेका थियौँ। तर संक्रमण सुरु भएको छ। अब कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको सक्दो पहल गर्नुपर्ने भएकाले हामी सोहीअनुसार काम गरिरहेका छौँ। सजगता अपनाउनका लागि जनचेतनामूलक कार्यक्रम निरन्तरता गरिरहेका छौँ। संक्रमण नफैलियोस् भन्नका लागि जुन ठाउँमा कोरोना संक्रमित भेटिन्छ त्यो ठाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणको दायरालाई विस्तार गरेका छौँ। 

दक्षिणकाली नगरपालिकाको वडा नम्बर ८ स्थित एकै स्थानमा ४/५ जनामा एकैचोटी कोरोना देखिएका कारणले अहिले चाहिँ त्यो वडालाई १७ गतेसम्मका लागि सिल गरेका छौँ। अन्यत्र कतै कोरोना देखियो भने कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणलाई प्राथमिकतामा राखेका छौँ। 

दक्षिणकाली नगरपालिका उपत्यका छिर्ने नाका भएका कारण पनि सरकारले यो बाटो भएर हिड्नेहरूलाई नगरपालिकाको सार्वजनिक स्थलमा राखेर पिसिआर परीक्षण गराएको थियो। नगरपालिका तथा स्वास्थ्य मन्त्रालय गरेर हाम्रो नगर परिसरमा २२ सयको पिसिआर परीक्षण भइसकेको छ। 

संक्रमितलाई घृणाको नजरले हेर्ने प्रवृत्ति कम हुँदै गएको छ भने सद्भाव राख्ने क्रम बढ्दै गएको छ। 

नगरपालिकाले कोरोना संक्रमितलाई राख्नका लागि प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेलमा २० बेडको आइसोलेसन तयार गरेको छ। अहिले त्यहाँ ४ जना संक्रमितहरु हुनुहुन्थ्यो। ४ जनामध्ये आइतबार एकजनाले कोरोना जितेर घर फर्किसक्नु भएको छ। अब त्यहाँ ३ जना हुनुहुन्छ। त्यो आइसोलेसनमा बसिरहँदा आफ्नै घरमा बसेको जस्तो अनुभूति हुने वातावरण हामीले मिलाएका छौँ। यो आइसोलेसनले अपुग हुने अवस्था भयो भने नगरपालिकाले अरु व्यवस्था गर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले केही संक्रमित विभिन्न कार्यालयका कर्मचारी हुनुहुन्छ। उहाँहरु आफ्नै कार्यालयको आइसोलेसनमा बस्नु भएको छ। जसले आइसोलेसनको समस्या देखिएको छैन। कतिपय होम आइसोलेसनमा बस्ने वातावरण भएका होम आइसोलेसनमा हुनुहुन्छ। 

एकजना संक्रमित होम आइसोलेसनमा बसेर कोरोेना जितेर फर्कनु फर्किसक्नु भएको छ। उहाँले समाजको  एउटा उदाहरण नै बनेर योे रोग लागिहाले पनि डराउनुपर्दैन। उच्च मनोबल राख्यो भने एकहप्ता १० दिनसम्ममा पूर्णरुपमा निको हुन्छ भन्ने सन्देशसहित उहाँ घर फर्कनु भएको छ। 

नगरपालिकाले पनि कोरोना रोकथाम तथा नियन्त्रण र सचेतना अभिवृद्धिमा सक्दो पहल गरिरहेको छ। अहिले कोरोना रोकथाममा वित्तिय स्रोतको अभाव देखाएर पन्छिनेभन्दा पनि भएको स्रोतले पुर्‍याएर नगरवासीहरुलाई सुरक्षित बनाउने हाम्रो दायित्व हो। पैसालाई पर राखेर सक्दो आफ्नो कर्तव्य निर्बाह गर्नुपर्ने बेला हो यो। धेरै पैसा खर्च गरेर मात्रै कोरोना रोकथाम तथा नियन्त्रण हुने होइन। नगरवासीहरुले पनि सोहीअनुसार सजगता अपनाएर अघि बढ्न सके जोखिम कम हुन्छ। 

कोरोनाले आम जनमानस त्रसित बनेको छ। समुदायवासीले नबुझ्दा संक्रमित तथा फ्रन्टलाइनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीहरू घृणाको पात्र बन्ने गरेका छन्। यस्तो प्रवृत्तिबाट दक्षिणकाली नगरपालिका पनि अछुत हुन सकेको छैन। संक्रमितहरुलाई हाम्रो टोलबाटै टाढा राखिदिए हुन्थ्यो भन्ने जनगुनासो आउँछन्। संक्रमित व्यक्तिसँग भौतिक दुरी कायम गर्ने संक्रमणबाट बच्ने उपाए पनि हो।

संक्रमितहरुलाई घृणाको नजरले हेर्ने उसको मनोबल गिराउने किसिमको व्यवहार गर्न हुँदैन। हामीले संक्रमितहरुको मनोबल गिराउने व्यवहार नगरौँ। यो संक्रमण जोकोहीलाई हुन सक्छ। यसबाट सजग हुने हो। कोरोना संक्रमितलाई घृणा गर्ने होइन भनेर टोलटोलमा सचेत गराइरहेका छौँ। तर पछिल्लो समय यो अवस्था कम हुँदै गएको छ। अहिले संक्रमित व्यक्तिलाई समुदायबाट टाढा लगिदिन पर्‍यो भन्ने कतिपय व्यक्तिहरुका आफन्त, परिवार नै संक्रमित भएकाको अवस्था छ। जसले गर्दा विस्तारै संक्रमितलाई घृणाको नजरले हेर्ने प्रवृत्ति कम हुँदै गएको छ भने सद्भाव राख्ने क्रम बढ्दै गएको छ। 

नगरपालिकामा यो समस्या मात्र होइन, यतिबेला निषेधाज्ञाले गर्दा दैनिक काम गरेर बिहान बेलुका छाक टार्ने वर्गमाथि अर्को समस्या निम्तिएको छ। व्यापार व्यवसाय ठप्प हुँदा त्यस्तै समस्या छ। यो निशेधाज्ञा फेरि थप भयो भने भोकमरीबाट बचाउनका लागि नगरपालिकाले केही उपाए खोज्नै पर्छ। सरकारले पनि केही निर्देशन गर्ला। भदौ १७ गतेसम्मको निषेधाज्ञाको समयका लागि भनेर चाहिँ सरकारले त्यस्तो केही राहत प्याकेज ल्याएको छैन। त्यो बेला दुःखसुख छाक टार्नुपर्ने अवस्था छ। 

(दक्षिणकाली नगरपालिकाका मेयर बस्नेतसँग नेपाली लाईभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित) 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्