• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'संक्रमितप्रति सद्भाव राख्ने क्रम बढ्दै गएको छ' 

मोहन बस्नेत मंगलबार, भदौ १६, २०७७  १५:२९
1140x725

सबैतिर कोरोना संक्रमण फैलिसकेको लामो समयसम्म पनि हाम्रो दक्षिणकाली नगरपालिका कोरोनामुक्त नगरपालिका थियो। पछिल्ला दुई साता अगाडिसम्म हाम्रो नगरपालिकामा कतै कोरोना देखिएको थिएन। दक्षिणकाली नगरपालिका तथा आमजनताको प्रयासले लामो समयसम्म पनि यो नगरपालिकामा यो भाइरसका संक्रमित भेटिएका थिएनन्। 

उपत्यका छिर्ने नाकासमेत रहेकाले यो नगरपालिकामा कोरोना संक्रमण फैलने जोखिम एकदमै बढी छ। त्यसमा पनि कोरोना अत्यधिक फैलिएको काठमाडौं उपत्यका नजिक भएका कारणले पनि दुई सातायता भने दक्षिणकाली नगरपालिकामा कोरोना प्रवेश गरेको छ। 

कोरोना संक्रमितहरु अधिकांश व्यापारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीहरु हुनुहुन्छ। विशेषगरी, कालीमाटी फलफूल तथा तरकारी बजारमा आवतजावत गर्ने क्रममा कोरोना प्रवेश गरेको पाइएको छ। यहाँ उत्पादन भएको फलफूल तरकारी लिएर जाने ठाउँ त्यही, आवश्यक पर्दा लिन जाने ठाउँ पनि त्यही भएका कारणले कालीमाटीबाट नै यहाँ कोरोना फैलिएको अनुमान गरिएको छ। 

कोरोना संक्रमितहरु सबैको अवस्था सामान्य छ। त्यस्तो कुनै समस्या देखिएको छैन। हाम्रो नगरपालिका, वडाहरु, यहाँका जानकार व्यक्तिहरु, राजनीतिक दल सबैको साथ सहयोगले सकेसम्म संक्रमण नै हुन नदिने प्रक्रियामा हामी आगाडि बढेका थियौँ। तर संक्रमण सुरु भएको छ। अब कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको सक्दो पहल गर्नुपर्ने भएकाले हामी सोहीअनुसार काम गरिरहेका छौँ। सजगता अपनाउनका लागि जनचेतनामूलक कार्यक्रम निरन्तरता गरिरहेका छौँ। संक्रमण नफैलियोस् भन्नका लागि जुन ठाउँमा कोरोना संक्रमित भेटिन्छ त्यो ठाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणको दायरालाई विस्तार गरेका छौँ। 

दक्षिणकाली नगरपालिकाको वडा नम्बर ८ स्थित एकै स्थानमा ४/५ जनामा एकैचोटी कोरोना देखिएका कारणले अहिले चाहिँ त्यो वडालाई १७ गतेसम्मका लागि सिल गरेका छौँ। अन्यत्र कतै कोरोना देखियो भने कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणलाई प्राथमिकतामा राखेका छौँ। 

दक्षिणकाली नगरपालिका उपत्यका छिर्ने नाका भएका कारण पनि सरकारले यो बाटो भएर हिड्नेहरूलाई नगरपालिकाको सार्वजनिक स्थलमा राखेर पिसिआर परीक्षण गराएको थियो। नगरपालिका तथा स्वास्थ्य मन्त्रालय गरेर हाम्रो नगर परिसरमा २२ सयको पिसिआर परीक्षण भइसकेको छ। 

संक्रमितलाई घृणाको नजरले हेर्ने प्रवृत्ति कम हुँदै गएको छ भने सद्भाव राख्ने क्रम बढ्दै गएको छ। 

नगरपालिकाले कोरोना संक्रमितलाई राख्नका लागि प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेलमा २० बेडको आइसोलेसन तयार गरेको छ। अहिले त्यहाँ ४ जना संक्रमितहरु हुनुहुन्थ्यो। ४ जनामध्ये आइतबार एकजनाले कोरोना जितेर घर फर्किसक्नु भएको छ। अब त्यहाँ ३ जना हुनुहुन्छ। त्यो आइसोलेसनमा बसिरहँदा आफ्नै घरमा बसेको जस्तो अनुभूति हुने वातावरण हामीले मिलाएका छौँ। यो आइसोलेसनले अपुग हुने अवस्था भयो भने नगरपालिकाले अरु व्यवस्था गर्छ। 

Ncell 2
Ncell 2

अहिले केही संक्रमित विभिन्न कार्यालयका कर्मचारी हुनुहुन्छ। उहाँहरु आफ्नै कार्यालयको आइसोलेसनमा बस्नु भएको छ। जसले आइसोलेसनको समस्या देखिएको छैन। कतिपय होम आइसोलेसनमा बस्ने वातावरण भएका होम आइसोलेसनमा हुनुहुन्छ। 

एकजना संक्रमित होम आइसोलेसनमा बसेर कोरोेना जितेर फर्कनु फर्किसक्नु भएको छ। उहाँले समाजको  एउटा उदाहरण नै बनेर योे रोग लागिहाले पनि डराउनुपर्दैन। उच्च मनोबल राख्यो भने एकहप्ता १० दिनसम्ममा पूर्णरुपमा निको हुन्छ भन्ने सन्देशसहित उहाँ घर फर्कनु भएको छ। 

नगरपालिकाले पनि कोरोना रोकथाम तथा नियन्त्रण र सचेतना अभिवृद्धिमा सक्दो पहल गरिरहेको छ। अहिले कोरोना रोकथाममा वित्तिय स्रोतको अभाव देखाएर पन्छिनेभन्दा पनि भएको स्रोतले पुर्‍याएर नगरवासीहरुलाई सुरक्षित बनाउने हाम्रो दायित्व हो। पैसालाई पर राखेर सक्दो आफ्नो कर्तव्य निर्बाह गर्नुपर्ने बेला हो यो। धेरै पैसा खर्च गरेर मात्रै कोरोना रोकथाम तथा नियन्त्रण हुने होइन। नगरवासीहरुले पनि सोहीअनुसार सजगता अपनाएर अघि बढ्न सके जोखिम कम हुन्छ। 

कोरोनाले आम जनमानस त्रसित बनेको छ। समुदायवासीले नबुझ्दा संक्रमित तथा फ्रन्टलाइनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीहरू घृणाको पात्र बन्ने गरेका छन्। यस्तो प्रवृत्तिबाट दक्षिणकाली नगरपालिका पनि अछुत हुन सकेको छैन। संक्रमितहरुलाई हाम्रो टोलबाटै टाढा राखिदिए हुन्थ्यो भन्ने जनगुनासो आउँछन्। संक्रमित व्यक्तिसँग भौतिक दुरी कायम गर्ने संक्रमणबाट बच्ने उपाए पनि हो।

संक्रमितहरुलाई घृणाको नजरले हेर्ने उसको मनोबल गिराउने किसिमको व्यवहार गर्न हुँदैन। हामीले संक्रमितहरुको मनोबल गिराउने व्यवहार नगरौँ। यो संक्रमण जोकोहीलाई हुन सक्छ। यसबाट सजग हुने हो। कोरोना संक्रमितलाई घृणा गर्ने होइन भनेर टोलटोलमा सचेत गराइरहेका छौँ। तर पछिल्लो समय यो अवस्था कम हुँदै गएको छ। अहिले संक्रमित व्यक्तिलाई समुदायबाट टाढा लगिदिन पर्‍यो भन्ने कतिपय व्यक्तिहरुका आफन्त, परिवार नै संक्रमित भएकाको अवस्था छ। जसले गर्दा विस्तारै संक्रमितलाई घृणाको नजरले हेर्ने प्रवृत्ति कम हुँदै गएको छ भने सद्भाव राख्ने क्रम बढ्दै गएको छ। 

नगरपालिकामा यो समस्या मात्र होइन, यतिबेला निषेधाज्ञाले गर्दा दैनिक काम गरेर बिहान बेलुका छाक टार्ने वर्गमाथि अर्को समस्या निम्तिएको छ। व्यापार व्यवसाय ठप्प हुँदा त्यस्तै समस्या छ। यो निशेधाज्ञा फेरि थप भयो भने भोकमरीबाट बचाउनका लागि नगरपालिकाले केही उपाए खोज्नै पर्छ। सरकारले पनि केही निर्देशन गर्ला। भदौ १७ गतेसम्मको निषेधाज्ञाको समयका लागि भनेर चाहिँ सरकारले त्यस्तो केही राहत प्याकेज ल्याएको छैन। त्यो बेला दुःखसुख छाक टार्नुपर्ने अवस्था छ। 

(दक्षिणकाली नगरपालिकाका मेयर बस्नेतसँग नेपाली लाईभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित) 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्