एजेन्सी–स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा ब्राजिलको एक अदालतले रियो दि जेनेरियाका गभर्नर विल्सन विट्जेललाई १ सय ८० दिनका लागि निलम्बन गर्न आदेश दिएको छ।
अदालतको आदेशपछि संघीय प्रहरीले उक्त प्रकरणको अनुसन्धानका लागि ९ जनालाई पक्राउ गरेको छ।
गभर्नर विट्जेलले संघीय अदालतको यो आदेश राजनीतिक बदलाले प्रेरित भन्दै प्रतिक्रिया दिएका छन्। उनी राष्ट्रपति जायर बोल्सोनारोका कडा आलोचक मानिन्छन्। कोरोना भाइरसको महामारी नियन्त्रणमा असफल भएको भन्दै राष्ट्रपति बोल्सोनारोको चौतर्फी आलोचना भइरहेको छ।
कोरोना भाइरसको महामारीका कारण हालसम्म ब्राजिलमा १ लाख १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।