काठमाडौं- कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा सेयर बजारका अनलाइन लगानीकर्ताको संख्या भने वृद्धि भएको छ।नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीलाई विरोध मात्रै गर्ने लगानीकर्ता युजरनेम र पासवर्ड लिएर लगानी गर्न थालेका छन्।
अनलाइनको विषयलाई लिएर एक वर्ष १० महिना विरोधको केन्द्रबिन्दुमा रहँदै आएको नेपाल स्टक एक्चेन्जका अनलाइन प्रयोगकर्ता लकडाउन तथा निषेधाज्ञाका कारण झन्डै दोब्बर भएका छन्।
हाल ५० वटा ब्रोकर कार्यालयमार्फत अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ६४ हजार ६१६ जना पुगेको छ। हाल दोस्रो बजारमा सक्रिय लगानीकर्ता दुई लाख ८७ हजार जना रहेको नेप्सेले जनाएको छ। सक्रिय लगानीकर्तामध्ये करिब २२ प्रतिशत अनलाइन प्रयोगकर्ता पुगेका हुन्।
असारसम्म अनलाइन प्रयोगकर्ता जम्मा ३१ हजार ९८८ जना मात्रै थिए। कोभिड-१९ को संक्रमण बढ्न थाले पछि अनलाइन प्रयोगकर्ता पनि बढ्न थालेका हुन्। एक सातादेखि दोस्रो बजारमा लगातार सुधार हुँदै आएको थियो। गएको एक सातामा ७० अंकले सुधार हुँदा जम्मा ४ अंकको मात्रै गिरावट आएको छ। बजार सुधार हुन थाले पछि निष्क्रिय भएर बसेका लगानीकर्ता पनि अनलाइन प्रयोग गर्न थालेका हुन्।
दोस्रो बजारमा मात्रै नभएर प्राथमिक बजारका लागि पनि लगानीकर्ताको संख्या बढेको छ। गत साता एकै पटक तीन वटा कम्पनीले प्राथमिक सेयर निष्काशन गर्ने समाचारले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या पनि बढिरहेको छ। पछिल्लो दुई सातामा मात्रै डिम्याट खाता ४० हजारले बढेको छ। हालसम्म १८ लाख भन्दा बढि डिम्याट खाता खुलिसकेका छन्।
अबका दिनमा जीवन बीमा कम्पनीले धेरै संख्यामा प्राथमिक सेयर निष्काशन गर्ने र ती कम्पनीको प्राथमिक सेयरमा गरिएको लगानी चार/पाँच गुणाले बढ्ने भन्दै सर्वसाधारण लगानीकर्ताको आकर्षण प्राथमिक बजारमा देखिएको हो। यसले गर्दा विगका वर्षमा तीन चार लाख हाराहारीमा प्राथमिक सेयरमा आवेदन पर्दै आएमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओमा ६ लाख ९ हजार जनाको आवेदन परेको छ।
यस अगाडि प्राथमिक सेयर निष्काशन गरेका अजोड इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी तथा एनआईसी एसिया लघुवित्तले दोस्रो बजारमा तय गरेको मूल्यका कारण पनि सर्वसाधारण लगानीकर्ता प्राथमिक बजारमा आकर्षित भएका हुन्। यसरी प्राथमिक बजारमा लगानीकर्ता प्रवेश हुँदै गर्दा दोस्रो बजारमा पनि उनीहरूको सहभागिता बढ्दै जान्छ। नयाँ आएका लगानीकर्ताले सिधै अनलाइनबाट मात्रै कारोबार गर्न पाउने भएकाले दोस्रो बजारमा पनि सक्रिय लगानीर्ताको सहभागिता बढ्दै जाने देखिन्छ।
अहिले कुनै पनि एक व्यक्तिले सेयर बजारमा प्रवेश गर्ने मनस्थिति बनायो भने उसले घरमै बसेर अनलाइन प्रणालीबाटै सेयर बजारसँग सम्बन्धित सम्पूर्ण खाता खोल्न सक्छ। यदि कसैले सेयर बजारमा लगानी गर्न सोचिरहेको छ भने ऊसँग बैंक खाता अनिवार्य हुनु पर्छ। छैन भने अहिले अनलाइन प्रणालीबाटै कुनै पनि बैंकको खाता खोल्न सक्छ।
त्यसपछि डिम्याट खाता खोल्नु पर्ने हुन्छ। डिम्याट खाता खोल्नका लागि पनि कतिपय मर्चेन्ट बैंक तथा सेयर ब्रोकरले अनलाइन प्रणालीको विकास गरेका छन्। जस्तो प्रभु क्यापिटलले अहिले अनलाइन प्रणालीबाटै ब्रोकर खाता खोल्न सक्ने व्यवस्था गरेको छ। अनलाइन प्रणालीबाटै आवस्यक कागजपत्र प्रस्तुत गर्न सकिन्छ र घरमै बसेर डिम्याट खाता खोल्न सकिन्छ। यस्ता धेरै क्यापिटल छन् जसले अनलाइन प्रणालीबाटै ब्रोकर खाता खोल्न मिल्ने बनाएका छन्।
डिम्याट खाता भैसकेपछि मेरो सेयरको खाता खोल्नुपर्छ। यो डिम्याट खाता खोलिएकै मर्चेन्ट बैंक वा ब्रोकर कार्यालयबाटै खोल्न मिल्छ। यदि तपाईको डिम्याट खाता मर्चेन्ट बैंकमा छ भने उक्त मर्चेन्ट बैंकको वेवासाइटमा गएर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नु हुन्छ। यो सुविधा सम्पूर्ण मर्चेन्ट बैंकहरुले व्यवस्था गरेका छैनन्। जस्तो यो सुविधा प्रभु क्यापिटलले दिएको छ। डिम्याट खाता खोल्दा सिधै मेरो सेयरको खाता पनि खुल्छ।
मेरो सेयरको खाता खुले पछि प्राथमिक सेयरका लागि आवेदन दिन मिल्छ। लगानीकर्ताले मेरो सेयरको युजर नेम र पासवर्ड सुरक्षित राख्न भुल्नु हुँदैन। मेरो सेयरबाट आवदेन दिनु अगाडि एउटा काम गर्नु पर्ने हुन्छ। आफ्नो खाता भएको बैंकबाट सिआरएन नम्बर लिनु पर्ने हुन्छ। यो जुनसुकै बैंकको भए पनि हुन्छ। आफ्ना खाता भएको बैंकमा यस अगाडि लिइएको डिम्याट खाता नम्बर लिएर सिआरएन नम्बरको लागि आवदेन दिनु पर्ने हुन्छ। यो सुविधा कतिपय बैंकहरुले अनलाइन प्रणालीबाटै दिएका छन् भने कतिपय बैंकको शाखा कार्यायमै जानु पर्ने हुन्छ।
यी भैसकेपछि प्राथमिक सेयरमा आवेदन दिन सकिनेछ। अब दोस्रो बजारमा सेयर कारोबार गर्न चाहने लगानीकर्ताले ५० वटा ब्रोकर कार्यालयमध्ये कुनै एउटामा जानु पर्ने हुन्छ। अहिले ब्रोकर खाता तथा नेप्से कोड लिनका लागि पनि ब्रोकर कार्यालय जानु पर्दैन। सिधै कुनै पनि ब्रोकरको वेवसाटमा गएर उनिहरुले तयार पारेको व्यक्तिगत विवरपत्र भर्नु पर्ने हुन्छ। उक्त विवरण भरिसके पछि लगानीकर्ताले नेप्से कोड तथा अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न सक्ने छन्।
हालसम्मको अनलाइन प्रयोगकर्ता
ब्रोकरको नाम
|
ब्रोकर नम्बर
|
अनलाइन प्रयोगकर्ता
|
सक्रिय लगानीकर्ता
|
एबिसी
|
17
|
1111
|
7875
|
अग्रवाल
|
6
|
715
|
6841
|
अरुण
|
3
|
346
|
1307
|
आर्यतारा
|
57
|
1983
|
8294
|
आशुतोष
|
8
|
351
|
4356
|
एशियन
|
26
|
792
|
5996
|
भृकुटी
|
55
|
836
|
3090
|
क्रियटिभ
|
40
|
437
|
6608
|
क्रिष्टल
|
50
|
1034
|
2737
|
दक्षिणकाली
|
33
|
550
|
3595
|
दिव्या
|
59
|
809
|
5000
|
दिपशिखा
|
38
|
4805
|
14672
|
डाइनामिक
|
44
|
1066
|
8820
|
इम्पेरियल
|
45
|
1951
|
11088
|
इनेभेष्टमेन्ट म्यानेजमेन्ट
|
53
|
893
|
2484
|
जेएफ
|
7
|
981
|
3727
|
कालिका
|
46
|
983
|
3231
|
कोहिनुर
|
35
|
3194
|
3848
|
कुमारी
|
1
|
599
|
6043
|
लिन्च
|
41
|
2386
|
8170
|
मल्ल एन्ड मल्ल
|
11
|
453
|
3426
|
मार्केट सेक्युरिटी
|
5
|
593
|
2596
|
मिडास
|
21
|
1109
|
9154
|
नासा
|
58
|
5276
|
9913
|
निभ
|
47
|
731
|
5177
|
नेपाल इन्भेस्टमेन्ट
|
19
|
408
|
3895
|
नेपाल स्टक
|
14
|
1102
|
5570
|
अनलाइन
|
49
|
2408
|
9353
|
ओपेल
|
4
|
688
|
3002
|
अक्सफोर्ड
|
51
|
1316
|
4982
|
प्रज्ञान
|
10
|
417
|
5343
|
प्रिमियर
|
32
|
1169
|
6093
|
प्रिमो
|
16
|
756
|
6840
|
सगरमाथा
|
18
|
168
|
2850
|
सनि
|
42
|
4988
|
10874
|
सेक्योर्ड
|
36
|
1080
|
4307
|
सेवा
|
54
|
536
|
2459
|
श्रीकृष्ण
|
28
|
620
|
6839
|
सिल्पा
|
20
|
276
|
3405
|
सिप्रदी
|
22
|
1483
|
6160
|
साउथ एशियन
|
43
|
556
|
4253
|
श्री हरि
|
56
|
1008
|
5735
|
सुमेरु
|
39
|
648
|
10593
|
सुनधारा
|
52
|
1924
|
4377
|
स्वर्ण
|
37
|
519
|
3792
|
स्वेता
|
25
|
1386
|
4202
|
त्रीभ
|
13
|
472
|
3717
|
त्रिशक्ति
|
48
|
2306
|
5881
|
त्रिशुल
|
29
|
946
|
6916
|
भिजन
|
34
|
3452
|
8368
|
जम्मा
|
|
64616
|
287854
|
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।