• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोनाविरुद्ध लड्न हामीले चाहिँ के गर्यौं?

माया घिमिरे शुक्रबार, भदौ १२, २०७७  १७:३८
1140x725

विश्वमै महामारीका रूपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण हाल नेपालमा पनि तीव्र गतिमा बढिरहेको छ। नेपालमा सङ्क्रमित दिनहुँ ८ सयदेखि १ हजारका दरले बढ्न थालेका छन्। सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। कोरोना घरघरमा पुगेको छ। समुदायमा फैलिने क्रम बढिरहेको छ। 
नेपालको संविधानको धारा ५७ मा राज्यशक्तिको बाँडफाँट भनी स्पष्ट रुपमा तीनै तहलाई अधिकार दिए तापनि केन्द्र, प्रदेश र स्थानीय सरकार बीचमा समन्वय र सहकार्यको अभावका कारण कोरोना नियन्त्रणका नाममा १३ अर्ब ३७ करोडभन्दा बढी रकम खर्च गरिसकेको देखाएतापनि यस रोगको नियन्त्रण तथा रोकथाम गर्न नसकेको पुष्टि हुन्छ। 

भदौ ५ र १० गते मात्र ११-११ जनाले ज्यान गुमाएका छन्। असारयता नेपालमा संक्रमितको मृत्युदर पनि बढदो छ। यसबाट के पुष्टि हुन्छ भने सरकारले पहिलो चरणको लकडाउन खुकुलो बनाउँदै गर्दा मानिसहरू एकठाउँबाट अर्कोठाउमा बेपर्वाह हिडँडुल गर्ने र लापरबाही गर्ने क्रम बढ्दै गयो। यसले समुदायस्तरमा नै संक्रमण फैलाउने केही हदसम्म काम गरेको भन्न सकिन्छ।

सरकारले कोरोना नियन्त्रण रोकथाम तथा नियन्त्रणका लागि खेल्नुपर्ने भूमिका र जनताप्रतिको उत्तरदायित्व बिर्सिएर आफ्नै पार्टीभित्रको आन्तरिक लडाईं, कुर्सी र सत्ता जोगाउनमा तल्लीन रह्यो भने विपक्षी दलले समेत यस्तो संकटको घडीमा सरकारलाई खबरदारी गर्नुकास साथै सहयोग गर्ने काममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको कुरा छर्लंग देख्न सकिन्छ। 

आम जनसमुदायसमेत यसबाट अछुतो भने रहन सक्दैनौं। किनकि हामीले पुरा गर्नुपर्ने स्वास्थ्य मापदण्ड अपनाएका छौं कि छैनौं? कोरोनाभाइरसको औषधि नै नभएकाले स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरू जस्तै भौतिक दूरी कायम गर्ने, माक्सको उचित प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनेका साथै यी काम गर्न सचेतना फैलाउनेबाहेक अन्य विकल्पसमेत नरहेको हामीले आफैंले बुझ्न जरुरी छ। समुदायमा तीव्र रुपमा फैलिरहेकाले संक्रमितलाई अस्पताललगायत स्थानीयस्तरमा बनाइएका क्वारेन्टाइनमा उपयुक्त खानपानको समेत व्यवस्था गर्न नसकेको गुनासो चौतर्फी रूपमा सुन्न पाइरहेको छ। क्वारेन्टाइनस्थलमै मानिसहरूको मृत्यु भएको खबरले पनि यो कुरा छेक्न सक्ने अवस्था छैन। 

संक्रमितका लागि सान्त्वना नै ओखति बन्न सक्छ। संक्रमितका लागि घृणा मृत्युको कारण बन्न सक्ने संभावना पनि उतिकै छ। 

पछिल्लो समयमा आइसोलेसन स्थलको सेवा राम्रो नहुँदा होम आइसोलेसनमा बस्न चाहनेको संख्या बढदो छ। त्यो उत्तम विकल्प पनि हुन सक्छ तर यसको व्यवस्थापनमा चुस्तता कायम गर्न सकिएन भने जोखिम पनि उतिकै हुन्छ। होम आइसोलेसनमा संक्रमितको उचित व्यवस्थापन गर्न सकियो भने एकातर्फ सरकारलाई भार पर्दैन भने अर्कोतर्फ घरमा पूर्णरूपमा रोगप्रतिरोधात्मक क्षमता बढाउने पोषिलो खानेकुरा खान सहज हुन्छ। 

संक्रमित र उनीहरूका परिवारलाई समाजमा हेर्ने नजर फरक छ। मानौं कि कुनै ठूलो अपराध नै गरेर आएकोजस्तो दुर्व्यवहार समाजमा व्याप्त छ। सजग हुदाँहुदै पनि तपाई हामी जो कोही पनि संक्रमित हुन सक्छौं। त्यसैले मानव भएर जन्म लिएका हामीमा मानवीयता नभएका घटना पनि बाहिर आइरहेका छन्। संक्रमितका लागि सान्त्वना नै ओखति बन्न सक्छ। संक्रमितका लागि घृणा मृत्युको कारण बन्न सक्ने संभावना पनि उतिकै छ। 

हुन त समुदायका मानिसले गर्ने व्यवहारमा कहीँ न कहीँ सरकारको पनि दोष देखिन्छ। संक्रमित कोही रहरले हुँदैन र संक्रमित हुनु भनेको ठूलो अपराध गर्नु पनि होइन। अपराध गरेझैं गरेर संक्रमितको परिचय लुकाइदिएका कारण पनि समाजले संक्रमितलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार गलत छ।
 
समाजले संक्रमितलाइ हेर्ने र गर्ने व्यवहार गलत हुनुमा केही मात्रामा राज्य नि जिम्मेवार छ भने केही मात्रामा समाज पनि दोषी छ। संक्रमितलाई पूर्णरूपमा स्वीकार गर्न सकिरहेका हामीलाई सामजिक मूल्यमान्यताले नदिएको हो कि के हो भन्नेमा प्रष्ट हुन सकेका छैनौं। व्यक्ति, समाज र सरकारले पनि संक्रमित तथा अग्रपंक्तिमा रही दिनरात संक्रमण नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संक्रमितलगायत सबैप्रति आदरभाव राखी सान्तवना, सहानुभुति, हौसला बढाउने, मनोबल उच्च गराउनेतर्फ स्थानीय सरकार, नागरिक समाज तथा सर्वसाधारण अग्रसर हुन आवश्यक देखिन्छ। नियमित अनुगमन गरी त्यस्ता अराजक गतिविधि गर्नेमाथि कारबाही गर्ने, र संविधानको धारा ३५ ले प्रदान गरेको नागरिकको स्वास्थ्यसम्बन्धी हकको निर्बाध कार्यान्वयन गराउने व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायको यथाशीघ्र ध्यानाकर्षण हुन जरुरी छ।  

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमितले पाउने सहानुभुतिका दुई शब्दले उसको आत्मबल बढाउन ठूलो मद्दत पुग्छ। आफन्त, साथीभाइबाट पाउने हौसला, सहानुभुति र मायाका शब्दबाट समेत बञ्चित गर्‍यो सरकारले। समाजका लब्धप्रतिष्ठितहरूले संक्रमित र अग्रपंक्तिमा रहेर काम गर्नेहरूप्रति गर्ने व्यवहार मानवीय देखिँदैन। अहोरात्र खटिएर समाजको सेवा गर्नेलाई लब्धप्रतिष्ठितले हेर्ने र गर्ने व्यवहार अमानवीय छ भने आम मानिसले कस्तो व्यवहार गर्लान्? हिजोआज विभिन्न संचारमाध्यममा आएका समाचारहरूले यो कलम चलाउन बाध्य बनायो। 

वास्तवमै गाउँ र सहरिया जीवनमा धेरै नै फरक छ। विगत ५ महिनाको अनुभवले अझ बढी यो कुराको महसुस गराएको छ। नेपालमा पहिलो चरणमा कोरोनाको संक्रमण देखिनासाथ २०७६ चैत ७ गते शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठकबाट १५ दिनका लागि देशभरका अदालतमा अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको थियो। १५ दिन भएपनि घरपरिवारसँगै बस्न पाउने भएँ भन्दै मैले ९ गते नै झापाको यात्रा तय गरेँ।११ गतेबाट नेपाल सरकारले १५ दिनका लागि लकडाउन गरिदियो। विभिन्न चरण हुँदै गत साउन ७ गते राति १२ बजेबाट लकडाउन खोलेको घोषणासँगै म आफ्नो पेशाव्यवसायका कारण ४ महिनासम्म गाउघर परिवारसँगै रमाएर बसेकी मान्छे काठमाडौं आउन बाध्य भएँ। मजस्तै काठमाडौंका आधा मानिस विभिन्न जिल्लाबाट रोजगारी, पेसा/व्यवसाय, मजदुरी गरी आफू र परिवारको पेटपाल्न अनेकौं कारणले आफ्नो घरपरिवारबाट टाढा भएर यहाँ आई डेरा गरी बस्न बाध्य छन्। गाउँमा छरछिमेक आफन्तको ठूलो महत्व राख्छ तर सहरमा विल्कुलै फरक छ। यहाँका मानिस विशेषगरी घरबेटीहरूले बहालमा बस्नेहरूप्रति गर्ने व्यवहार देखेर कहिलेकाहीँ त सोच्न बाध्य बनाउँछ।

आफू सुरक्षित रह्यौं भने परिवार, समाज र सरकारलाई व्यक्तिगत रुपमा सहयोग गर्न सक्छौं।  

लकडाउन खुकुलो भएसँगै संक्रमित हुनेको संख्या बढिरहेको छ। पछिल्लो समयमा संक्रमित मात्रै नभई मृत्यु हुनेको संख्या पनि बढ्दो छ। अहिलेको यो महामारीको समयमा अझ बढी सहरिया परिवेशलाई नजिकबाट नियाल्न पाइएको छु। यहाँका मानिसले फलानो संक्रमित भयो रे भन्नसाथ उसलाई गर्ने अमानवीय व्यवहार र हेर्ने दृष्टिकोणले के देखाउँछ भने कोरोनाबाट संक्रमित हुनु भनेको ठूलो अपराधिक काममा संलग्न हुनु जस्तै ठान्दछन्। समाजले बहिष्कार गर्दछ संक्रमितलाई। त्यसैगरी संक्रमित र उसको परिवारलाई अमर्यादित र अमानवीय व्यवहार गरिन्छ। यसले मानसिक रोगी समेत बनेका थुप्रै उदाहरण छन्। केहीले कोरोनालाई जितेपनि समाजको तिरस्कार र घृणित व्यवहार सहन नसकी ज्यान समेत गुमाएका खबर हामीले सुनिरहेका छौं। त्यसैले के भन्न चाहान्छु भने यस विषम परिस्थितिमा कोही तपाईंको छिमेकमा संक्रमित भएको थाहा पाए नजिक नगई टाढाबाटै गर्नसक्ने सहयोग गरौं। फोन गरेर सान्त्वनाका दुई शब्द दिनसक्छौं। संक्रमितका लागि यो आत्मबल बढाउने अचुक औषधि बन्दछ। 

दिनानुदिन संक्रमण बढ्दो छ। भन्न सकिन्न भोलि तपाईं हामी पनि यसबाट जोगिइरहन सक्छौं भनेर। त्यसैले सक्रमितलाई घृणा होइन, सान्तवना दिनुस्, बिरामीको आत्मबल बढनेछ। कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको बेला हामीले के गरिरहेका छौं? मनन गर्ने बेला आएको छ। हामीले सरकारलाई मात्र दोष दिनुअघि व्यक्तिगत रूपमा आम मानिसले सरकारले जारी गरेको निर्देशनको पालना गर्न कति संवेदनशील छौं भन्ने कुरा पनि हेक्का राख्न सबैमा अनुरोध गर्छु। यस्तो विषम परिस्थितिमा सकेसम्म घरबाट बाहिर ननिस्कने र निस्कनै परेको खण्डमा भौतिक दूरीको ख्याल गर्ने, माक्स, स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने गरेमा पक्कै पनि सुरक्षित रहन सकिन्छ। हामी आफू सुरक्षित रह्यौं भने परिवार, समाज र सरकारलाई व्यक्तिगत रुपमा सहयोग गर्न सक्नेछौं।  

आमजनताले आफ्नो तर्फबाट उच्च सर्तकता अपनाउनु र सरकारले पनि बढ्दो संक्रमण नियन्त्रण गर्न आवश्यक कदम चाल्न ढिला गरेको देखिएको छ। यो अवस्थामा मानवीयता देखाऔं, सबै जुटेर सामना गरौं। भिडभाडमा नजाऔं, आफ्नो सुरक्षा आफैं गरौं।

घिमिरे कानुन व्यवसायी हुन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्