• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

आत्मश्लाघामा जेलिएको सरकार

विद्युत लामिछाने मंगलबार, भदौ ९, २०७७  १८:३३
1140x725

अनिश्चितताको समयमा समेत आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने खुबी नेतृत्वमा हुनुपर्दछ। अकल्पनीय समस्यालाई कसरी सामना गरिन्छ भन्ने सुझबुझ र नीतिले नै नेतृत्वको गुण क्षमता देखाउँछ। त्यसैले संकटलाई नेतृत्व परीक्षणको अवसर हो पनि भनिन्छ। मुलतः नेतृत्वकर्ताहरू कुनै आन्दोलनमार्फत् अथवा अभियानहरुको नेतृत्व गरेर नै पदमा पुगेका हुन्छन्। यी नेतृत्वहरुबाट देश चलाउने, जनताका आवश्यकता पूरा गर्ने खालाका धेरै आशा राखिएको हुन्छ। 

कोरोना महामारी यस्तो समय हो, जसमा जनताको आवश्यकता सम्बोधन कसरी हुन्छ र त्यस अनुरुप नीति बनाउन कतिको कौशल छन् भनेर नेतृत्व परीक्षण भइरहेको छ। महामारीमा एक पक्ष मात्र प्रभावित हुँदैन, यसमा सामाजिक, आर्थिक, सांस्कृतिकदेखि लिएर जीविकोपार्जनदेखि दैनिक हातमुख जोर्नसमेत एकसाथ प्रभाव परेको हुन्छ। त्यसैले यो समयमा जति चुस्त रुपमा यी समस्याहरुको समाधान हुन्छ, त्यही अनुरुप नेतृत्वको योग्यता परीक्षण हुन्छ।

महामारी र सरकार
कोरोनाले जनजीवन ठप्प छ। यो अवस्था विद्यमान रहँदा जनतालाई सरकारमाथि आशा हुन्छ। जनजीवन सहज बनाउन सरकारले भएका श्रोतहरुको मितव्ययी रुपमा बाँडफाँट कसरी गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। साधनश्रोतको उचित प्रयोग, आउन सक्ने चुनौतीको पूर्वानुमान र एक्लो महसुस गरिरहेका जनतालाई आफूसँगै भएको अनुभूति सरकारले दिनसक्नुपर्छ। तर यो सरकार सबै कुरामा चुकेको छ। नत जनतालाई राहत दिन सकेको छ, नत जनतालाई भरोसा दिलाउन सकेको छ।

जनताबाट चुनिएर देश चलाउने ठाउँमा जब नेताहरु पुग्छन्, उनीहरुको कामको आलोचना र समर्थन दुवै जनताबाट हुन्छ। तर अहिलेको नेतृत्वको आलोचना गर्नै नपाइने जस्तो अवस्था छ। दुर्भाग्य यो हो कि सबैको अभिभावकजस्तो हुनुपर्ने र जिम्मेवारीबोधले नम्र, भद्र र शिष्ट हुनुपर्ने प्रधानमन्त्रीको पदमा बसेका केपी ओली आफ्ना आलोचकविरुद्ध अरिंगालजस्तै जाइलाग्न दिएको निर्देशनलाई अहिले पनि कार्यकर्ताहरु पालना गरिरहेका छन्। उनका समर्थकहरु सरकारलाई सुझाव दिनेहरु माथि खनिन्छन्। मानौँ कि सरकारको कामको विरोध र समर्थन गर्ने अधिकार केवल नेकपाका कार्यकर्ताहरूलाई मात्रै छ।

आफूले तिरेको करको खबरदारी गर्ने अधिकार सबै जनतालाई हुन्छ। 

तर वास्तविकता फरक छ। हरेक जनताले औसतमा २०/२५ प्रतिशतसम्म प्रत्यक्ष कर तिरेका छन्। यही करले सरकार चलेको छ। कर सबैले तिर्नुपर्छ, नेकपाका कार्यकर्ताले मात्रै तिर्नुपर्ने होइन, कर तिर्नु सबै नागरिकको दायित्व हो। र आफूले तिरेको करको खबरदारी गर्ने अधिकार सबै जनतालाई हुन्छ। 

कोरोना महामारीमा सरकारको दायित्व केवल लकडाउन र निषेधाज्ञा जारी गरिदिएर मात्रै पुग्ने हो? वा प्रधानमन्त्रीकै तहबाट बेसारपानी खानुस् र हाछ्युँ/साछ्युँ गर्नुस् भनिदिएर पुग्ने हो? सरकारले आफूलाई चल्नको लागि कर उठाउन परेपछि आर्थिक वर्षको अन्त्यमा लकडाउन खोलिदियो। त्यसको लागि केही तयारी गरिएको थियो? अर्थात् जनताबाट पैसा उठाउनको लागि बिना तयारी लकडाउन किन खोलियो? जनताको स्वास्थ्यको कुनै मूल्य छैन यो सरकारलाई? यी र यस्ता सयौं प्रश्नहरुको सूची तयार हुन्छ। तर सरकार कसैको सुझाव वा प्रतिक्रिया सुन्ने पक्षमा छैन। विज्ञापन वा अन्य अवसर दिएर सञ्चालन गरिएका केही मिडियाकर्मी र अन्य स्वार्थ समूहको झुण्डमार्फत् सरकार आत्मप्रशंसामा व्यस्त छ। 

भ्रष्ट सर्वहारा नेतृत्व
गाउँगाउँमा एउटा कथ्य निर्माण गरिएको छ कम्युनिस्ट भनेका सर्वहारा हुन्। तिनले मान्छे मान्छे बीच कुनै विभेद गर्दैनन्। सबैलाई समान व्यवहार गर्छन्। तिनले पैसा कमाउँदैनन्। सम्पत्ति जोड्दैनन्, आदि आदि। तर यी पाखण्डी तर्क मात्र हुन्। यथार्थ त यो हो कि कम्युनिस्ट नेतृत्वले महामारीमा समेत जनता चुस्न छोडेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो लाग्छ कि यो सरकारमा बसेकाहरुको एक मात्र लक्ष्य छ- महामारीलाई अवसरमा बदल्ने। पदमा बसेकाहरुले पैसा कमाउने। आफ्ना छोराछोरीका लागि सम्पत्ति जोडिदिने। स्वास्थसामग्री खरिद भ्रष्टाचारमा मुछियो। पिसिआर टेस्टको संख्या बढाउनु पर्नेमा विश्व स्वास्थ संगठनले मान्यता नदिएको आरडिटी टेस्ट किट किनेर कमिसनको खेलमा जनताको स्वास्थमाथि सरकार ले खेलवाड नै गरिरह्यो। तर सरकारका मन्त्रीहरु र कार्यकर्ताको विवेकहीन तप्काले गज्जबको बहाना पाएका छन् प्रधानमन्त्री ओलीलाई किन पैसा कमाउनु छ? उहाँको सन्तान नै छैनन्। कसको लागि  पैसा जोड्नुहुन्छ? 

तर व्यवहारमा के देखिन्छ भने यो सरकार महामारीलाई अवसरमा बदल्न पूरा ताकत लगाउँदै छ। स्वास्थ्य सामग्री खरिदमा प्रधानमन्त्रीसमेत तानिए। जवाफ दिँदै दिँदैनन्। विदेश उडेका प्लेनहरु रित्तो फर्काइन्छ तर विदेशमा श्रम बेचेर देशको अर्थतन्त्र धानिदिइरहेका श्रमिकहरुसँग प्लेन भाडा बापत हजारौं उठाइन्छ। अस्पतालमा समेत सरकारको सोर्सफोर्समा भर्ना गर्न पाइने नियम जारी गरिन्छ। हरेक नियुक्ति कि त आफन्तले पाएका छन् या त बिचौलियाले। र यी सबै विकृतिको केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली छन्। यस्तो कुनै भ्रष्टाचारको घटना छैन, जहाँ प्रधानमन्त्रीले भ्रष्टको पक्षमा नबोलिदिएका हुन्। उनमा सत्तारुढ नेकपाका नेताहरु भ्रष्ट नै भएपनि कारबाहीमा पर्नहुन्न भन्ने गहिरो सोच रहेको देखिन्छ। त्यसैले उनी नागरिक स्वास्थ्यमा भएका खेलबाडमा मौन बस्छन् र बेसारपानीको भाषण गर्दै हिँड्छन्। 

जताततै चुकेको सरकार 
सरकार जनतालाई आफूसँगै रहेको अनुभूति दिलाउन धेरै पक्षबाट चुकेको छ। सरकारले आउन सक्ने चुनौतीको समयमै प्रक्षेपण गर्न सकेन। यो महामारी भुकम्पझैं एकैपटक आएको होइन। विभित्र मुलुकले व्यहोरेका चुनौतीलाई सरकारले नजरअन्दाज गर्‍यो। कोरोना महामारी नेपालमा नआउने, नेपालीलाई कोरोनाले छुन नसक्ने भन्ने तथ्यहीन कुरा गर्दै सरकारले कोरोना महामारीलाई सामान्य रुपमा लियो। लकडाउन त गर्‍यो तर त्यो समयमा प्रभावकारी कदम चाल्न सकेन। 

हरेक नियुक्ति कि त आफन्तले पाएका छन् या त बिचौलियाले। र यी सबै विकृतिको केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली छन्। यस्तो कुनै भ्रष्टाचारको घटना छैन, जहाँ प्रधानमन्त्रीले भ्रष्टको पक्षमा नबोलिदिएका हुन्।

विदेशमा अलपत्र नेपालीलाई घरफर्काउन उचित पहलसम्म गर्न सकेन। स्वास्थमन्त्री जनतालाई बेसुरको गीत गाएको भन्दै आरोपमा उत्रिए। कामको मूल्यांकन नगरेको भन्दै आलोचना गर्नेहरुलाई मोतियाविन्दु भएको भन्दै आफ्नो बचाउमा उत्रिए, जुन विडम्बनापूर्ण थियो। जनताको सुझावलाई मनन गरेन, विज्ञको सुझावलाई मनन गरेन, विपक्षीको सुझावलाई सुन्न सकेन। जतासुकै कमिसन र भ्रष्टाचारका खेल व्याप्त भए। प्रधानमन्त्रीले समेत भ्रष्टाचारीको बचाउ गर्दै हिँडेपछि यो महामारीमा जनताले सरकारको विश्वसनीयता माथि नै प्रश्न गरे। जुन स्वभाविक पनि थियो। 

आलोचक जति सबै सबै विपक्षी दलका नेता मात्र हुन् भनेजसरी सरकार त्यसको प्रत्युत्तर दिइरहेको छ। यो महामारीमा जनताको आक्रोश स्वभाविक हुन्छ। उनीहरुलाई यो महामारीले निराश बनाएको छ। अवसरहरु गुमेको छ। समाजिक अवस्था अन्यौलग्रस्त छ। सांस्कृतिक गतिविधिहरु ठप्प छन्। यो यस्तो समय हो जहाँ एक अर्कालाई चाहेर पनि सहयोग गर्ने स्थिति रहन्न। सबैजना यसबाट प्रभावित भएका हुन्छन्। सबै जनताहरु निराश हुन्छन् र जीविकोपार्जनको चिन्ताले सबैलाई समान रुपमा सताइरहेको हुन्छ। यस्तो बेलामा समेत सरकारमा कुनै जिम्मेवारीबोध नै छैन। 

प्रतिपक्ष खोइ?   
सरकार महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न असफल भैरहँदा सरकारका कमीकमजोरीमाथि प्रतिपक्षले कडा रुपमा औंला उठाउन सकेन। सरकारका गतिविधि नियाल्न एउटा बलियो संयन्त्र समेत बनाउन सकेन। नागरिकका तर्फबाट स्वतन्त्र रुपमा सरकारलाई घचघच्याउने आन्दोलनहरु भैरहदा संसदमा प्रतिपक्षमा रहेका दल बोल्न सकेनन्। सरकार त असफल छँदै थियो, प्रतिपक्ष पनि असफल भयो। सबै दलका नेतृत्व असफल नै देखिए। 

महामारी राज्यले खेल्नुपर्ने भुमिकाबाट सरकार चुक्यो। अरिंगाल पालेर जनतामाथि अपमान राज्यले गरिरहेको छ। जनताको प्रश्न गर्न पाउने अधिकारमाथि दमन गरिरहेको छ। नेतृत्वले संकटमा देखाउन पर्ने कौशल देखाउन त सकेन नै सरकारका मन्त्रीहरु प्राथमिकताका विषयमा भन्दा अन्य कुरामा लीन भए। पार्टीको अन्तरकलहमा सरकारले महत्त्वपूर्ण समय खेर फाल्यो। आर्थिक निति, विकासका रणनीति र संकटमा देखाउने कौशलले नेतृत्वको क्षमता मापन गर्छ। यी सबैबाट अहिलेको सरकार चुकिसकेको छ।

काम गर्न नसक्ने सरकारलाई चर्को स्वरमा नालायक समेत भन्न नसक्ने व्यक्ति प्रमुख प्रतिपक्षी दलको नेता छन्। यसले जनतामा थप निराशा थपेको छ। इतिहासकै सबैभन्दा कमजोर र नालायक प्रमुख प्रतिपक्षी दलको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई उभ्याएका छन् यो महामारीमा। 

अन्त्यमा,
महामारी यथार्थ हो। महामारीका कारण हरेक जनताको जीवन प्रभावित भएको छ। तर सरकार र प्रतिपक्षी दलको मुल नेतृत्व बेसुरा भाका हालेर बसिरहेका छन्। महामारीको समयमा समेत जनताको पर्वाह नगर्ने नेतृत्वको एकएक कृत्य जनताले रेकर्डमा राख्नुपर्छ। अब आम जनताले जवाफदेही र जिम्मेवार नेतृत्वको पक्षमा आवाज उठाउन ठिला गर्नुहुन्न। अन्यथा देशले अहिलेको जस्तै निन्दक, आत्मश्लाघाले भरिएको, भ्रष्ट र निकम्मा नेतृत्वको दुष्चक्रबाट मुक्ति पाउँदैन। 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्