• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'होटल भाडामा लिएर आइसोलेसन बनाएका छौं, म छिटै निको भएर फर्कन्छु’

लोकनारायाण यादव आइतबार, भदौ ७, २०७७  २१:१५
1140x725

काठमाडौं-  केही दिन अघि ज्वरो आयो। रुघाखोकी लागेको थियो। सामान्य होला भनेर बेवास्ता गरे। तर श्वासप्रश्वासमै समस्या हुन थाल्यो। नगरमा कोरोना संक्रमण फैलदै गएकाले निकै व्यस्त भएर होला भन्ने सोचेँ। केही दिन आराम गर्न पर्ला भन्ने सोचिरहेको थियो। निकै समस्या हुन थालेपछि चिकित्सकहरुको सल्लाहमा औषधि खान थालेको थिए। त्यसले पनि कमी नभएपछि वीरगञ्जमा रहेको तराई अस्पतालमा भर्ना भए। मेरो आइसियूमा उपचार भइरहेको थियो।

नारायणी अस्पतालमा जचाउँदा कोरोना रिर्पोट नेगेटिभ आयो। साउन २५ गते मलाई निकै समस्या भयो। म विस्तारै गल्दै गएको महसुस भयो र अवस्था गम्भीर भयो। २६ गते काठमाडौं प्रस्थान गरे। शुरुमा मेडिसिटीमा भर्ना भएको थियो। स्वाब लिइयो र रिर्पोट कोरोना पोजेटिभ आयो। अनि मेडिसिटीबाट ह्याम्समा सरेको छु।

आइतबार दोस्रो पटक कोरोना परीक्षण गर्न स्वाब लिइएको छ। अहिले स्वास्थ्यमा निकै सुधार आएकाले अब नेगेटिभ आउने आशा गरेको छु। अस्पतालको बेडमा रहँदा पनि नगरकै चिन्ता रहेको छ। उपमेयर, प्रशासकीय अधिकृत, वडाध्यक्ष र अन्यसँग सम्पर्कमै रहेको छु। वीरगञ्ज महानगरपालिकासँगै जोडिएको नगर भएकाले संक्रमणको जोखिम नगरमा उच्च रहेको छ। हालसम्म नगरमा ४८ जना संक्रमित रहेका छन्। ४२ पुरुष र ६ जना महिला संक्रिमत रहेका छन्।

मेरै परिवारमा पनि छोरो र भतिजामा संक्रमण देखिएको छ। नगरका एक वडाध्यक्ष पनि संक्रमित रहेका छन्। वडा नम्बर ९ का अध्यक्ष अहिले होम आइसोलेनमा रहेका छन्। नगरपालिकाकै चार कर्मचारी संक्रमित भएका छन्। हामी सबैलाई सेवाग्राहीवाट संक्रमण भएको आशंका गरेका छौँ। यसअघि नगरपालिकाको प्राथमिक स्वास्थ्यकेन्द्रका ६ जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए। उहाँहरू अहिले निको भएर काममा फर्किनु भएको छ। 

वीरगञ्जको होटलमा आइसोलेन
नगरपालिकाले संक्रमितहरुलाई राख्न वीरगञ्ञ्जको होटल कुमु प्यालेस भाडामा लिएको छ। संक्रमितहरुका लागि उपचार गर्ने अस्पताल नारायणी र अन्य स्थानमा स्थान नभएकाले मिनी आइसोलेनमा राख्ने २० वेड क्षमता बराबर भाडामा लिएका छौँ। अहिले उक्त होटलमा नगरका संक्रमित राखिएको छ। भोलिका दिनमा थप संक्रमित हुने जोखिम भएकाले प्राथमिक स्वास्थ्यकेन्द्र बागेश्वरीमा २० र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ३० बेड तयारी अवस्थामा राखेका छौँ। नगरको ३ वटा क्वारेनटाइनमध्ये दुई वटालाई आइसोलेनमा परिर्वतन गरिएको छ।  

बिरामीलाई औषधिसहितको प्याकेज
नगरले बिरामीलाई हौसला बढाउन र रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउने सामग्री वितरण गर्ने गरेको छ। नगरले हर्लिक्स, च्वयनप्रास र औषधि बिरामीलाई दिने गरेको छ। 

वीरगञ्जसँग सीमा जोडिएको भारतसँगको मूल नाका यही भएकाले संक्रमणको जोखिम धेरै रहेको छ। यहाँ कोरोना संक्रमण नियन्त्रण गर्न सजह पक्कै छैन।

nimb
nimb
Ncell 2
Ncell 2


मानिसहरू पूर्ण निरक्षर नभएपनि सामाजिक दूरी र सचेतना अपनाउन भने कठिन भइरहेको छ। अहिले देखिएको मुख्य चुनौती भनेको चेतनाको कमी र स्रोतसाधनको अभाव हो। नगरभित्र अस्पताल बनाउने ठाउँ छैन। भएको एउटा स्वास्थ्यकेन्द्र पनि साँघुरो छ। विद्यालयहरू पनि व्यवस्थित नहुँदा क्वारेनटाइन र आइसोलेन सेन्टर बनाउन समस्या भइरहेको छ। 

कतिपय स्थानमा मानिसहरूले नबुझ्दा आइसोलेसन र बिरामी राख्ने ठाउँ नदिने पनि हुने गरेको छ। संक्रमित राख्दा समुदायमा फैलने भन्दै नबुझेरै विरोध गर्ने गर्नु  भएको छ। 

नागरिकले वुझेनन् , केन्द्र र प्रदेशले सहयोग गरेन् 
कोरोना भाइरस महामारीको संक्रमण नजिकै भएपनि जनता अझै सचेत रहेको पाइँदैन। मास्क लगाउने, साबुनपानीले हात धुने र सामाजिक दुरी पालना गर्न अझै पनि बल पुर्‍याउनुपर्ने अवस्था छ। प्रहरी र नगरले गर्नुस् भनेर मात्र यस्तो गर्ने होइन, आफ्नै सुरक्षाका लागि हो भन्ने चेतना आउन सकेको छैन। यो चेतना विस्तार नभएसम्म कोरोना संक्रमण रोक्न समस्या नै हुन्छ। 

यसरी स्थानीय तहमा धेरै चुनौती भएपनि केन्द्र र प्रदेशबाट यथेष्ट सहयोग पाएका छैनन्। केन्द्र आफै अस्तव्यस्त, प्रदेश पनि आफ्नै धुनमा केन्द्रित भएकाले काम गर्न समस्या भइरहेको छ। 

हाल ह्याम्स अस्पताल काठमाडौंमा उपचाररत छु। मलाई वीरगञ्जस्थित तराई अस्पतालबाट थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो। वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ भएतापनि गत सोमबार काठमाडौंमा गरिएको स्वाब परिक्षणमा भने कोरोना भाइरस (कोभिड– १९) संंक्रमणको पुष्टि भएको छ।

अहिले मेरो स्वास्थ्य अवस्था दैनिक सुधारका क्रममा छ। क्रमिक स्वास्थ्य अवस्थामा आएको सुधारले सकरात्मक आत्मबल बढेको छ। मलाई आशा छ तपाईंहरूको माया, सद्भाव र शुभेच्छाका कारण मैले चाँडै कोरोना भाइरसलाई पराजित गरी पुनः तपाईंहरूकै सेवामा हाजिर हुनेछु। मेरो स्वास्थ्यलाभको कामना गरी विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छु।

साथै कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासीमा अपिल गर्दछु।

(यादव पर्सागढी नगरपालिकाका मेयर हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्