• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘सहकारी क्षेत्र र बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा होइन सहकार्य आवश्यक’

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०७७  १७:११
1140x725

काठमाडौं- सहकारी क्षेत्र र बैंक तथा वित्तीय संस्था एकअर्काका प्रतिस्पर्धी नभई समन्वयात्मक र सहकार्य गर्नेगरी अघि बढ्नुपर्ने धारणा सरोकारवालाहरुले राखेका छन्। नेपाल सहकारी पत्रकार समाजले शनिबार आयोजना गरेको ‘सहकारी र बैंक/वित्तीय संस्थाबीच सहकार्य’ विषयक अनलाइनमा आधारित छलफल कार्यक्रममा सहकारी र बैंक वित्तीय संस्थाहरू सहकार्य र सहअस्तित्वका आधारमा समानान्तर रुपमा अगाडि बढ्नुपर्ने धारणा आएको हो। 

कार्यक्रममा भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मुलुकको वित्तीय व्यवस्थालाई सुदृढ बनाउन र अर्थतन्त्र चलायमान बनाउन दुवै क्षेत्रले आ–आफ्नो तरिकाले भुमिका खेलिरहेकोमा प्रतिस्पर्धाभन्दा सहकार्यमा जोड दिनुपर्ने बताए।

‘पुँजीका हिसाबले बैंक वित्तीय संस्था बलियो छन्। तर ग्रामिण सामाजिक, आर्थिक रुपान्तरणमा सहकारी क्षेत्रको योगदान बढी हुने भएका कारण सरकार र नीति निर्माण तहमा पनि यही हिसाबले दुवै क्षेत्र प्रतिबिम्बित हुन्छन्।’ सचिव पाण्डेले भने‚ ‘सहकारी छुट्टै प्रकृतिको हो भनेर मात्र चल्दैन। अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग सहकार्य गरेर नै सहकारी क्षेत्र अगाडि बढ्नुपर्छ।’ ठूलो पूँजी भएपछि सहकारी संचालकहरुको महत्वाकांक्षा पनि बढ्दै जाने भएका कारण विकृति पनि बढेको उनले बताए। 

त्यस्तै सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले सदस्यको हित हेरिनुपर्ने, सामाजिक उत्तरदायित्व वहन गर्नेलगायत उद्देश्य बोकेर सेवा गर्ने उद्देश्यले संचालित सहकारी संस्थाहरुलाई नाफा गर्ने उद्देश्यले संचालित बैंक तथा वित्तीय संस्थासँग तुलना गर्न नहुने बताए। ‘यी दुई क्षेत्रबीच कानुनी संरचना र उद्देश्यमा पनि भिन्नता रहेको छ। त्यसकारण सहकारीले बैंक वित्तीय संस्थासँग सहकार्य गर्ने हो। बैंक नै बन्ने भूत चढाएर बस्नुहुँदैन।’ रजिष्ट्रार पाण्डेले भने। 

सिद्धान्त फरक तर कामको प्रकृति उस्तै उस्तै भएपनि आवश्यक सहकार्य भने हुन नसकेको पनि पाण्डेको बुझाइ छ। सहकारी र बैंक वित्तीय संस्थाले प्रविधिका क्षेत्रमा एकअर्कासँग सहकार्य गर्न सक्ने भएपनि त्यसतर्फ ध्यान पुर्‍याउन नसकेको उनको भनाइ छ। ‘बैंक वित्तीय संस्थासँग राम्रो प्रविधि छ। उनीहरुसँग अनुभव राम्रो छ। जनशक्ति दक्ष छ। त्यसलाई सहकारीले लिन सक्नुपर्छ।’ रजिष्ट्रार पाण्डेले भने।

सहकारी ऐनलगायत मौजुदा नियम कानुनले परिकल्पना गरेका संस्थाहरु स्थापना गर्न कठिनाइ हुने उनले बताए। त्यस्तै सहकारी अभियान पुनर्जागरण आवश्यक रहेको र सहकारी क्षेत्रले विवेक नपुर्‍याउने तर पहिचानका नाममा दायित्व थप्दै जाने हो भने गम्भीर संकट उत्पन्न हुनेतर्फ पनि उनले सजग गराए।

पछिल्लो समय सहकारीमा ठगीका घटना बढ्दै गएको र सहकारी विभागमा उजुरीका चाङ लाग्दै गएको पनि उनले बताए।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले सहकारी क्षेत्रलाई वित्तीय क्षेत्र स्वीकार गर्ने नगर्नेभन्दा पनि मुलुकको वित्तीय क्षेत्र र आर्थिक वृद्धिमा त्यसको योगदान कसरी प्रतिबिम्बित कसरी भएको छ भनेर हेरिनु महत्वपूर्ण विषय रहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘राष्ट्र बैंकले त सहकारीलाई वित्तीय क्षेत्रकै रुपमा हेरेको छ। हामीले फरक खालको व्यवहार गरेको हो कि भन्ने बुझाइ रहन हुँदैन।’ उनले भने। सहकारीले वित्तीय कारोबार गर्नुपर्छ भनेर राष्ट्र बैंकले सहजीकरण गरिदिएको पनि उनले स्मरण गराए।

यी दुवै संस्थाको प्रकृति फरक भएका कारण सहकारी क्षेत्रले बैंक वित्तीय संस्थासँग प्रतिस्पर्धा गर्नेभन्दा पनि समानान्तर ढंगले अघि बढ्नुपर्ने उनको भट्टको भनाइ छ। बैंक तथा वित्तीय संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण राम्रो भएका कारण आम मानिसको विश्वास बढिरहेको अहिलेको अवस्थामा सहकारी संस्थाको प्रभावकारी नियमन नहुँदा त्यहाँ जोखिम बढी हुने र एकीकृत संरचना नभएका कारण नियमन गर्न पनि अप्ठेरो रहेको उनले बताए।  

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि सहकारी र बैंक वित्तीय संस्था आ–आफ्नो क्षेत्रमा महत्वपूर्ण भएकाले यी दुईबीच तुलना गर्न नसकिने बताए। उनले बैंकले सहकारीलाई कहिल्यै प्रतिस्पर्धीका रुपमा नलिएको पनि बताए। हामीले सहकारीलाई प्रतिस्पर्धीका रुपमा लिएका छैनौं।

हामी सहकार्यमै विश्वास गर्छौं। सहकारी क्षेत्रको भाग खोस्न चाहेका छैनौं। ग्रामिण क्षेत्रमा विपन्न वर्गको कर्जा विस्तारलाई सहकारी क्षेत्रले ठूलो योगदान पुर्‍याएको छ। त्यस्तै बैंकका निक्षेपकर्ताका रुपमा सहकारी रहेका छन्।’ उनले भने। 

Xtrem

Xtrem

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले पनि बैंक वित्तीय संस्थाहरु नाफा कमाउने उद्देश्यले काम गर्ने र सहकारी संस्थाहरु नाफा भन्दा पनि सेवा गर्ने उद्देश्यले चलिरहेको बताउँदै सहकारी क्षेत्रलाई बैंक वित्तीय संस्थाको परिपुरक नभई देशको समग्र अर्थव्यवस्थाको एक महत्वपूर्ण भागका रुपमा लिइनुपर्ने बताए। ‘सहकारी क्षेत्र भनेको राज्यको परिपुरक हो। बैंक वित्तीय संस्थाको परिपुरक होइन। सेवा गर्ने उद्देश्य राख्ने र सहकारीमा स्वनियमनमा चल्ने भएका कारण हामी फरक छौं’ उनले भने। 

वित्तीय क्षेत्रमा सहकारीले १७ प्रतिशत योगदान पुर्‍याएको भन्दै कँडेलले सहकारीलाई प्रविधिमुखी बनाउने कुरामा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहयोग गर्नुपर्ने बताए। ‘सहकारीलाई डिजिटलाइजेसन गर्ने कुरा बजेटमा पनि आएको छ। अब हामी प्रविधिमा केन्द्रित हुनुपर्छ।’ उनले भने। 

सहुलियतपूर्ण कर्जा सहकारीमार्फत् प्रवाह हुनुपर्ने, सामाजिक सुरक्षा कोषलगायतका रकम भुक्तानीका लागि सहकारीलाई पनि समावेश गरिनुपर्ने र बैंक वित्तीय संस्थाले सहकारीलाई पनि ऋण दिनुपर्ने विषयलाई तत्काल सम्बोधन गर्नु आवश्यक रहेको पनि उनले बताए।

सहकारी ऐन र अन्य ऐनलाई संशोधन गरेर भएपनि राज्य पक्षसँगको अड्चन हटाएर यी काम पुरा गरिनुपर्ने कँडेलको भनाइ छ। त्यस्तै सहकारी क्षेत्रका लागि कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष, ऋण असुली न्यायाधिकरणलगायतका छुट्टै संरचना बनाइनुपर्ने उनले बताए।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले अहिले नेपालमा सहकारी संस्थाहरु आफ्नो पहिचान बनाउन नै संघर्षरत रहेको बताए। विश्वव्यापी रुपमा काम सहकारी क्षेत्रले निकै राम्रो काम गरिरहँदा नेपालमा भने सरोकारवाला पक्ष एकै ठाउँमा बस्न नसकेको र एउटै खालका सेवा दिँदा पनि एकरुपता आउन नसकेको उनको भनाइ छ।

त्यस्तै नियामकीय क्षमता बैंक तथा वित्तीय संस्थामा निकै राम्रो भएपनि सहकारी संस्थाको नियमनमा अझै राज्य पक्षको ध्यान पुग्न नसकेको पनि गुरागाँईको भनाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्