• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतबाट आउनेलाई निर्वाध घर पठाइँदा कोरोना संक्रमणको जोखिम बढ्यो

64x64
शेरबहादुर ऐर आइतबार, भदौ ७, २०७७  २१:२६
1140x725

धनगढी- कोही झोला बोकिरहेका थिए। कोही गाडीमा सामान राखिरहेका थिए त कोही गाडी मालिकसँग गन्तव्य स्थानसम्मको लाग्ने शूल्कका विषयमा जानकारी लिइरहेका थिए। कोही आफन्तसँग गफ गर्दै थिए भने कोही आफन्तहरुलाई खोजिरहेका थिए। कसैको अनुहारमा निरासा थियो त कोही चिन्तित थिए भने कोही थकित देखिन्थे। पछिल्लो समय कञ्चनपुरको डोकेबजारमा रहेको खुल्ला चौरमा यस्तै दृष्य देखिन्छन्।

सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन जारी गरेको थियो। लकडाउनका कारण भारतबाट फर्किएका नेपालीहरु सीमामै अलपत्र परेका थिए। ११ गते कैलालीको त्रिनगर नाकाबाट नेपालीहरु प्रवेश गरेपनि त्यसयता, एक महिना नाका पुरै बन्द गरिएको थियो। झण्डै एक महिनापछि सरकारले नेपाल आउन चाहने नेपालीहरुका लागि नाकाबाट प्रवेश दिन थाल्यो।

त्यसयता कैलालीको धनगढी जोड्ने भारतको त्रिनगर नाकाबाट आफ्नो घर जाने सुदूरपश्चिमका बासिन्दा धमाधम प्रवेश गरिरहेका छन्।

झण्डै तीन महिनामा लाखौं सुदूरपश्चिमका बासिन्दा यो नाकाबाट प्रवेश गरेको जनाइएको छ। अहिले पनि दैनिक सरदर पाँच सय व्यक्तिहरु नाकाबाट प्रवेश गरिरहेको जनाइएको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिदेखि कैलालीमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका कारण कैलालीका बजार र टोलहरु सुनसान भएपनि नाकामा भने गन्तव्य स्थानसम्म पुग्ने चाहनासहित भारतबाट फर्कनेको लर्को जारी थियो।

नाकामा एक जना ‘थर्मल गन’ लिएर भारतबाट आउने व्यक्तिहरुको ज्वरो जाँच गरिरहेका थिए भने खटिएका केही सुरक्षाकर्मीहरु उनीहरुको नाम, जाने स्थानका बारेमा जानकारी लिइरहेका थिए। 

कैलालीको त्रिनगर नाका भएर सुदूरपश्चिमका नौवटै जिल्ला र कर्णाली तथा प्रदेश नम्बर ५ का नागरिकहरु पनि प्रवेश गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिनगर भन्सार नाकामा सुरक्षामा खटिएका अमराज बुढाले प्रदेशका विभिन्न जिल्लाका तीन सय चार जना भित्रिएको जानकारी दिए। उनका अनुसार शुक्रबार कैलालीका ९४, कञ्चनपुरका ६०, डडेल्धुराका ९, डोटीका ११, अछामका पाँच, बझाङका ८३, बैतडीका २६, दार्चुला र बाजुराका एक जना प्रवेश गरेका छन्।

यस्तै, कर्णाली प्रदेशको सुर्खेतका ९, प्रदेश नम्बर ५ को बाँके र बर्दिका एक/एक जना नाकाबाट प्रवेश गरेको जनाइएको छ। नाकाबाट प्रवेश गरेकालाई सम्बन्धित जिल्ला पठाउन सवारी साधनको व्यवस्था गरिएको जनाइएको छ।

क्वारेन्टाइनको व्यवस्था छैन
सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले पनि क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ तर, प्रदेशको बढी जनसंख्या रहेको कैलाली र कञ्चनपुरमा भने भारतबाट घर फर्केकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छैन।

प्रदेशमा पाँच जना कोरोना संक्रमित देखिँदा सबै स्थानीय तहहरुले भारतबाट आउनेहरुलाई सिधै घर नपठाई क्वारेन्टाइनमा राखिरहेको थियो। सरकारले लकडाउन अन्त्य गरेसँगै प्रदेशका केही स्थानीय तहहरुले ती क्वारेन्टाइनलाई पनि हटाएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेशकै एकमात्र उप-महानगरपालिका धनगढीका प्रवक्ता सन्तोष मुडभरीले अहिले सबै क्वारेन्टाइन बन्द भएको जानकारी दिए। उनले विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै वैकल्पिक स्थानको खोजी भइरहेको दावी गरे।

धनगढी उप–महानगरपालिकाले क्वारेन्टाइन सञ्चालन गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र पठाएको छ।

विद्यालयहरु सञ्चालन हुने भएकाले क्वारेन्टाइन सञ्चालन गर्न नसकिने भन्दै उप-महानगरपालिकाले साउन ३२ गते प्रशासनलाई पत्र पठाएको हो।

धनगढीमात्र होइन अहिले कैलालीका अधिकांश स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था छैन।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछामलगायतका जिल्लामा भने अहिले पनि भारतबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमै राख्ने गरिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार अहिले प्रदेशभरि १ हजार ५४ महिला र २ हजार ४ सय ८ पुरुष गरी ३ हजार ४ सय ६२ जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेशमा सबैभन्दा बढी बझाङमा ४ सय ७३ महिला र ८ सय १६ पुरुष गरी १ हजार २ सय ८९ जना क्वारेन्टाइनमा रहेका छन् भने सबैभन्दा कम दार्चुलामा ९ महिला र ४९ पुरुष गरी ५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रदेशको कैलालीमा ३६ महिला र ८१ पुरुष गरी एक सय १७ जना, कञ्चनपुरमा १ सय आठ महिला र २ सय ७६ पुरुष गरी ३ सय ८४, डडेल्धुरामा २५ महिला र १ सय ३२ पुरुष गरी १ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

यस्तै, डोटीमा १ सय ४५ महिला र ४ सय ७८ पुरुष गरी ६ सय २३, अछाममा १ सय ६६ महिला र ३ सय ६१ पुरुष गरी ५ सय २७, बैतडीमा ५१ महिला र १ सय ७६ पुरुष गरी २ सय २७ र बाजुरामा ४१ महिला र ३९ पुरुष गरी ८० जना क्वारेन्टाइनमा रहेका छन्।

प्रदेशमा सात सय बढी सक्रिय संक्रमित
भारतबाट नेपालीहरु स्वदेश प्रवेश गर्ने क्रमसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएको छ। प्रदेशमा अहिलेसम्म ५ हजार १ सय ३५ जनामा कोरोना संक्रमण देखिइसकेको छ।

५ हजारमध्ये ४ हजार ३ सय ७४ जना निको भएर घर फर्किसकेका छन् भने ७ सय ५२ जना अझै प्रदेशमा सक्रिय संक्रमित रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार सबैभन्दा बढी सक्रिय संक्रमित डोटीमा रहेका छन्। डोटीमा अहिलेसम्म ८ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये अहिले २ सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने ५ सय ७६ जना निको भएर घर फर्किसकेका छन्।

सबैभन्दा बढी कोरोना संक्रमित रहेको कैलालीमा अहिले १ सय ५८ जनामात्र सक्रिय संक्रमित रहेका छन्। कैलालीमा अहिलेसम्म १ हजार ४ सय ६० जनामा कोरोना संक्रमण देखिएकोमा १ हजार २ सय ९८ जना निको भएर घर फर्किसकेका छन्। कैलालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ।

यस्तै, कञ्चनपुरमा ६ सय २१ जना कोरोना संक्रमण पुष्टि भएकोमा अहिले ४१ जना, डडेल्धुरामा ३ सय नौ मा कोरोना संक्रमण पुष्टि भएकोमा १० जना, अछाममा ७ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८२ जना सक्रिय संक्रमित रहेका छन्।

बैतडीमा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पाँच जना, बझाङमा २ सय ८५ जनामध्ये १ सय ७३, बाजुरामा ४ सय ५२ मध्ये ८ र दार्चुलामा ४३ जनामध्ये ७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अछाममा एक, बझाङ र बाजुरामा दुई/दुई जना गरी प्रदेशमा हालसम्म ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  २१:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्