• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतबाट आउनेलाई निर्वाध घर पठाइँदा कोरोना संक्रमणको जोखिम बढ्यो

64x64
शेरबहादुर ऐर आइतबार, भदौ ७, २०७७  २१:२६
1140x725

धनगढी- कोही झोला बोकिरहेका थिए। कोही गाडीमा सामान राखिरहेका थिए त कोही गाडी मालिकसँग गन्तव्य स्थानसम्मको लाग्ने शूल्कका विषयमा जानकारी लिइरहेका थिए। कोही आफन्तसँग गफ गर्दै थिए भने कोही आफन्तहरुलाई खोजिरहेका थिए। कसैको अनुहारमा निरासा थियो त कोही चिन्तित थिए भने कोही थकित देखिन्थे। पछिल्लो समय कञ्चनपुरको डोकेबजारमा रहेको खुल्ला चौरमा यस्तै दृष्य देखिन्छन्।

सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन जारी गरेको थियो। लकडाउनका कारण भारतबाट फर्किएका नेपालीहरु सीमामै अलपत्र परेका थिए। ११ गते कैलालीको त्रिनगर नाकाबाट नेपालीहरु प्रवेश गरेपनि त्यसयता, एक महिना नाका पुरै बन्द गरिएको थियो। झण्डै एक महिनापछि सरकारले नेपाल आउन चाहने नेपालीहरुका लागि नाकाबाट प्रवेश दिन थाल्यो।

त्यसयता कैलालीको धनगढी जोड्ने भारतको त्रिनगर नाकाबाट आफ्नो घर जाने सुदूरपश्चिमका बासिन्दा धमाधम प्रवेश गरिरहेका छन्।

झण्डै तीन महिनामा लाखौं सुदूरपश्चिमका बासिन्दा यो नाकाबाट प्रवेश गरेको जनाइएको छ। अहिले पनि दैनिक सरदर पाँच सय व्यक्तिहरु नाकाबाट प्रवेश गरिरहेको जनाइएको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिदेखि कैलालीमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका कारण कैलालीका बजार र टोलहरु सुनसान भएपनि नाकामा भने गन्तव्य स्थानसम्म पुग्ने चाहनासहित भारतबाट फर्कनेको लर्को जारी थियो।

नाकामा एक जना ‘थर्मल गन’ लिएर भारतबाट आउने व्यक्तिहरुको ज्वरो जाँच गरिरहेका थिए भने खटिएका केही सुरक्षाकर्मीहरु उनीहरुको नाम, जाने स्थानका बारेमा जानकारी लिइरहेका थिए। 

कैलालीको त्रिनगर नाका भएर सुदूरपश्चिमका नौवटै जिल्ला र कर्णाली तथा प्रदेश नम्बर ५ का नागरिकहरु पनि प्रवेश गरिरहेका छन्।

Ncell 2
Ncell 2

त्रिनगर भन्सार नाकामा सुरक्षामा खटिएका अमराज बुढाले प्रदेशका विभिन्न जिल्लाका तीन सय चार जना भित्रिएको जानकारी दिए। उनका अनुसार शुक्रबार कैलालीका ९४, कञ्चनपुरका ६०, डडेल्धुराका ९, डोटीका ११, अछामका पाँच, बझाङका ८३, बैतडीका २६, दार्चुला र बाजुराका एक जना प्रवेश गरेका छन्।

यस्तै, कर्णाली प्रदेशको सुर्खेतका ९, प्रदेश नम्बर ५ को बाँके र बर्दिका एक/एक जना नाकाबाट प्रवेश गरेको जनाइएको छ। नाकाबाट प्रवेश गरेकालाई सम्बन्धित जिल्ला पठाउन सवारी साधनको व्यवस्था गरिएको जनाइएको छ।

क्वारेन्टाइनको व्यवस्था छैन
सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले पनि क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ तर, प्रदेशको बढी जनसंख्या रहेको कैलाली र कञ्चनपुरमा भने भारतबाट घर फर्केकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छैन।

प्रदेशमा पाँच जना कोरोना संक्रमित देखिँदा सबै स्थानीय तहहरुले भारतबाट आउनेहरुलाई सिधै घर नपठाई क्वारेन्टाइनमा राखिरहेको थियो। सरकारले लकडाउन अन्त्य गरेसँगै प्रदेशका केही स्थानीय तहहरुले ती क्वारेन्टाइनलाई पनि हटाएका थिए।

प्रदेशकै एकमात्र उप-महानगरपालिका धनगढीका प्रवक्ता सन्तोष मुडभरीले अहिले सबै क्वारेन्टाइन बन्द भएको जानकारी दिए। उनले विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै वैकल्पिक स्थानको खोजी भइरहेको दावी गरे।

धनगढी उप–महानगरपालिकाले क्वारेन्टाइन सञ्चालन गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र पठाएको छ।

विद्यालयहरु सञ्चालन हुने भएकाले क्वारेन्टाइन सञ्चालन गर्न नसकिने भन्दै उप-महानगरपालिकाले साउन ३२ गते प्रशासनलाई पत्र पठाएको हो।

धनगढीमात्र होइन अहिले कैलालीका अधिकांश स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था छैन।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछामलगायतका जिल्लामा भने अहिले पनि भारतबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमै राख्ने गरिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार अहिले प्रदेशभरि १ हजार ५४ महिला र २ हजार ४ सय ८ पुरुष गरी ३ हजार ४ सय ६२ जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेशमा सबैभन्दा बढी बझाङमा ४ सय ७३ महिला र ८ सय १६ पुरुष गरी १ हजार २ सय ८९ जना क्वारेन्टाइनमा रहेका छन् भने सबैभन्दा कम दार्चुलामा ९ महिला र ४९ पुरुष गरी ५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रदेशको कैलालीमा ३६ महिला र ८१ पुरुष गरी एक सय १७ जना, कञ्चनपुरमा १ सय आठ महिला र २ सय ७६ पुरुष गरी ३ सय ८४, डडेल्धुरामा २५ महिला र १ सय ३२ पुरुष गरी १ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

यस्तै, डोटीमा १ सय ४५ महिला र ४ सय ७८ पुरुष गरी ६ सय २३, अछाममा १ सय ६६ महिला र ३ सय ६१ पुरुष गरी ५ सय २७, बैतडीमा ५१ महिला र १ सय ७६ पुरुष गरी २ सय २७ र बाजुरामा ४१ महिला र ३९ पुरुष गरी ८० जना क्वारेन्टाइनमा रहेका छन्।

प्रदेशमा सात सय बढी सक्रिय संक्रमित
भारतबाट नेपालीहरु स्वदेश प्रवेश गर्ने क्रमसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएको छ। प्रदेशमा अहिलेसम्म ५ हजार १ सय ३५ जनामा कोरोना संक्रमण देखिइसकेको छ।

५ हजारमध्ये ४ हजार ३ सय ७४ जना निको भएर घर फर्किसकेका छन् भने ७ सय ५२ जना अझै प्रदेशमा सक्रिय संक्रमित रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार सबैभन्दा बढी सक्रिय संक्रमित डोटीमा रहेका छन्। डोटीमा अहिलेसम्म ८ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये अहिले २ सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने ५ सय ७६ जना निको भएर घर फर्किसकेका छन्।

सबैभन्दा बढी कोरोना संक्रमित रहेको कैलालीमा अहिले १ सय ५८ जनामात्र सक्रिय संक्रमित रहेका छन्। कैलालीमा अहिलेसम्म १ हजार ४ सय ६० जनामा कोरोना संक्रमण देखिएकोमा १ हजार २ सय ९८ जना निको भएर घर फर्किसकेका छन्। कैलालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ।

यस्तै, कञ्चनपुरमा ६ सय २१ जना कोरोना संक्रमण पुष्टि भएकोमा अहिले ४१ जना, डडेल्धुरामा ३ सय नौ मा कोरोना संक्रमण पुष्टि भएकोमा १० जना, अछाममा ७ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८२ जना सक्रिय संक्रमित रहेका छन्।

बैतडीमा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पाँच जना, बझाङमा २ सय ८५ जनामध्ये १ सय ७३, बाजुरामा ४ सय ५२ मध्ये ८ र दार्चुलामा ४३ जनामध्ये ७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अछाममा एक, बझाङ र बाजुरामा दुई/दुई जना गरी प्रदेशमा हालसम्म ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  २१:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्