• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हटस्पट पोखरिया : मेयरदेखि वडाध्यक्षसम्म आइसोलेसनमा 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ५, २०७७  ०८:११
1140x725

काठमाडौं- बिहीबार नगरमा कोरोना संक्रमणको अवस्था र संक्रमितहरूबारे पोखरिया नगरपालिकाका मेयर दीपनारायाण रौनियारले उपमेयर सलमा खातुनसँग सल्लाह गरिरहेका थिए। कोरोना पोजेटिभ भएसँगै १० दिनदेखि होम आइसोलेसनमा बस्दै आएका उनले फोनमा नै सबैसँग सल्लाह गर्छन्। भौतिक रूपमा उपस्थित हुनैपर्ने काममा उपमेयर सलमा खातुनले पूर्ण रुपमा समर्थन सहयोग गरेकी छन्।  

कोरोनाको दोस्रो लहरसँग जुध्न परेको र नगरका सम्पूर्ण कर्मचारी वीरगञ्जबाट आउनुपर्ने भएकाले धेरै समस्या भएको उपमेयर सलमा खातुनले बताइन्। मेयर आफै संक्रमित भएपछि आफूले नगरको सबै काम चलाइरहेको उनले बताइन्। 

‘लकडाउनअघि भारतबाट आउनेमात्र संक्रमित थिए। तर अहिले अवस्था फरक छ,’ मेयर  दिपनारायण रौनियारले भने, ‘अब त समुदायमा फैलिएको छ। जुन संक्रमणको चपेटामा अहिले जनप्रतिनिधि नै धमाधम संक्रमित भएर आइसोलेसनमा पुगेका छन्।’

केही दिनदेखि तराईका जिल्लाहरुमा कोरोना  संक्रमण वृद्धिदर पनि भयावह रुपमा बढिरहेको छ। समुदायमा कोरोना संक्रमण फैलिएपछि अहिले पोखरिया नगर पनि उच्च जोखिममा छ। कोरोना संक्रमण अहिले समुदायस्तरमा पुगेको छ। यसरी सक्रमित भएपछि पनि मेयर रौनियार नगरकै चिन्तामा दिनरात खटिए।

‘नगरपालिकाको मेयर भएकाले कोरोनाको जोखिमलाई हेरेर घरमा बस्न सक्ने कुरा भएन। दैनिक रुपमा जनताका पीरमर्का बुझ्न हिँडिरहेको थिएँ,’ मेयर रौनियारले भने, ‘यसरी म हिँडिरहँदा मेरो घर र परिवार संक्रमित भएको पत्तै पाइनँ।’ 

नगरपालिकाका चार वटा बडाका अध्यक्षहरु कोरोना संक्रमित छन्। अस्पताल, जनता र अन्य व्यक्तिहरुसँग धेरै सम्पर्क गरिहनु पर्ने भएकाले शुरुदेखि नै आफू जोखिममा रहेको उनलाई थाहा थियो। तर  पनि उनी घरमा बस्न सक्दैन थिए। किनकी जनताले उनलाई मत दिएर काम गर्ने अधिकार दिएका छन् अव उनले जनताका लागि काम गर्नुपर्ने थियो। जनताको मतले निर्वाचित भएकाले जोखिमबाट पर भाग्ने कुरै भएन। 

‘पाँचजना वडाध्यक्षहरु कोरोना संक्रमित भइसकेकाले म पनि उच्च जोखिममा थिएँ,’ मेयर रौनियारले भने, ‘मसँगै काममा खटिएका एकजना वडाध्यक्षलाई सोमबार कोरोना देखिएपछि परीक्षण गराउँदा घरका सबैलाई संक्रमित बनाइ सकेछु।’

श्रावन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। टेकु प्रयोशालाले उनी र उनका  परिवारका १४ जनामा संक्रमण भएको रिर्पोट दियो। ३३ जनामा संक्रमण पुष्टि भएको थियो। हाल उक्त नगरपालिकामा १४१ जना संक्रमित भएका छन् (यो बिहीबारसम्मको मात्र तथ्यांक हो। शुक्रबारको पूर्ण विवरण प्राप्त नभएकाले समावेश भएको छैन)।

nimb
nimb
Ncell 2
Ncell 2

पर्सा जिल्लामा मात्र १ हजार ७ सय ५२ संक्रमित रहेका छन्। कोरोना संक्रमण शुरु भएसँगै प्रदेश २ धेरै संक्रमणको चपेटामा परेको थियो। सुरुमा खुल्ला सीमा र भारतबाट आउने नागरिकबाट बेपर्वाहसँग प्रदेश २ का सबै जिल्लामा संक्रमण फैलियो।

पर्साको पोखरिया नगरपालिका पनि संक्रमणको चपेटामा परिहाल्यो। सरकारले चैत ११ गते लागू गरेको लकडाउन खुकुलो गरेसँगै अहिले पोखरिया नगरपालिका दोस्रो पटक कोरोनासँग जुधिरहेको छ।

कोरोना संक्रमित हुनेमा मेयर रौनियार, वडा नं. ४ का वडा अध्यक्ष  लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव, अस्पतालका अन्य २ चिक्तिसक, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी रहेका छन्। पोखरियाका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका थिए। 
उनको परिवारमा मात्र १४ जनालाई कोरोना पोजेटिभ आएको छ। नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मेयर र उनको परिवारका सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको हो। मेयर रौनियारसँग निकट सम्बन्ध रहेका अन्य १० जनामा पनि संक्रमण देखिएको छ। 

बुबाआमा, २ जना दाजु, २ भाउजू, बहिनी, दुई जना भाई  र  तीन वटा भतिजा र एक भतिजी अहिले होम आइसोलेसनमा छन्। ‘अरुको त डर लागेको छैन घरमा बुबाको मुटुको समस्या छ,’ उनले भने, ‘सबै हामी सुरक्षित छौँ। छिमेकी र सबैको सहयोग पाइरहेका छौँ।’

संक्रमित भएपछि उनी नगरपालिको काम घरबाटै चलाइरहेका छन्। उपमेयर खातुनलाई उनले सबै जिम्मेवारी दिएका छन्। उनले नियमित रूपमा मेयरसँग सम्पर्कमा रहेर जनताको काम गरिरहेकी छन्। नगर र वडा अहिले कोरोना महामारी कारण बन्द जस्तै छन्। केही सीमित कर्मचारीहरुले मात्र चलाइएको छ। जनताको कामका लागि कर्मचारी र जनप्रनिधिहरु खटिइरहेको उनले बताए।

सामाजिक दुरी पालना गरौँ, नडराऔं 
‘मलाई र मेरो परिबारलाई कोरोना संक्रमण भएपनि डराएका छैनौँ,’ उनले भने, ‘कोरोना लाग्ने बित्तिकै तत्काल मृत्यु हुने होइन। यसलाई अलि केयर गर्न सकेमा ठिक हुन सकिन्छ। म र मेरो परिबारले पनि कोरोना जितेर फेरी जनताको सेवामा छिटै फर्कने वाचा म नगरबासीलाई गर्न चाहान्छु।’ 

केन्द्रबाट सहयोग भएन 
कोरोना महामारी रोक्न स्थानीय तहले मात्र सम्भव नभएको तर केन्द्रबाट सहयोग नपाएको उनले गुनासो गरे। ‘अब छिट्टै अर्को आइसोलेसन सेन्टर निर्माण गर्नुपर्ने भएको छ त्यसका लागि केन्द्रको सहयोग नभई सम्भव छैन,’ उनले भने, ‘अब कोरोना नियन्त्रण स्थानीय तहबाट हुँदैन। संघ र प्रदेशले नै सहयोग गरेर काम गर्न पर्छ।’ 

प्रदेश सरकारले केही सहयोग गरेको तर केन्द्र सरकारले सुकाको पनि सहयोग नगरेको उनले बताए। प्रदेशले शुरुमा १५ लाख रुपैयाँ क्वारेनटाइन र आइसोलेन निर्माणका लागि दिएको थियो। अहिले प्रदेशले पनि कुनै रकम दिएको छैन। प्रदेशले दिएको पैसालले एम्बुलेन्स खरिद गरिएको थियो। त्यही एम्बुलेन्सले अहिले बिरामी ओसारीरहेको छ। 

अब विस्तारै लक्षण भएका बिरामी देखापर्न थालेकाले अवस्था भयावह नहोला भन्न नसकिने भन्दै उनले चिन्ता व्यक्त गरे। संक्रमित दैनिक रुपमा बढी रहेकाले प्रदेश २ कै अवस्था भयावह भएको छ। 

खुल्ला सिमावाट समुदायमा पुग्यो 
कोरोना फैलिनुको मुख्य कारण खुल्ला सिमा भएको उनको बुझाई छ। ‘खुल्ला सीमामा कडाइ गर्न नसक्दा यो समुदायमा पुगेको हो। सीमामा सुरक्षाकर्मी राखेपछि उचित कडाइ हुन सकेन,’ उनले भने, ‘सरकारले साउन ५ गते लकडाउन खोलेपछि भारतबाट ह्वात्तै मानिसहरुको प्रवेश भयो। यसरी प्रवेश भएका मानिसले परीक्षण गरेनन्। उनीहरु समुदायमा सामाजिक दुरी, मास्क लगाउने, साबुनपानीले हात धुने जस्ता सुरक्षा उपाय अवलम्बन गरेनन्।’ यी मानिसबाट विस्तारै समुदायमा पुगेको उनको बुझाइ छ। समुदायमा चेतना नआएसम्म महामारी नियन्त्रण नहुने विज्ञहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिपी राजमार्ग फेरि बन्द
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बिपी राजमार्ग फेरि बन्द सोमबार, वैशाख २१, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सोमबार, वैशाख २१, २०८३
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान सोमबार, वैशाख २१, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, वैशाख २१, २०८३
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्