• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कर्णाली प्रदेशले बाँड्यो कानुनविपरीत राजनीतिक, जनसम्पर्क र प्रेस सल्लाहकारलाई साढे ८ लाख

कर कट्टा नगरी तलब
64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०७७  २१:२५
1140x725

काठमाडौं- केन्द्रीय सरकारकै सिको गर्दै प्रदेश सरकारले पनि काुननविपरीत रकम बाँड्दै आएका छन्। कानुन विपरीत रकम बाँढ्न कर्णाली प्रदेश सरकारले पनि केन्द्रीय सरकारको सिको गरेको पाइएको छ। कर्णाली प्रदेश सरकारले काुननविपरीत राजनीतिक सल्लाहकार, जनसम्पर्क  र प्रेस सल्लाहकारलाई एक वर्षमा साढे ८ लाखभन्दा बढी रकम बाँढेको खुलेको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको कर्णाली प्रदेशको वार्षिक प्रतिवेदन २०७७ मा कर्णाली प्रदेश सरकारले काुननविपरीत राजनीतिक, जनसम्पर्क र प्रेस सल्लाहकारका नाममा साढे ८ लाख बाँढिएको विषय उल्लेख छ।

मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ मा प्रदेश सरकारले राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार र प्रेस सल्लाहकार नियुक्ति गरी पारिश्रमिक भुक्तानी दिने व्यवस्था गरेको छैन। तर, आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेश सरकारले  राजनितिक सल्लाहकारलाई ४ महिनाको पारिश्रमिक र अन्य सुविधामा २ लाख ५७ हजार, जनसम्पर्क सल्लाहकारको ४ महिनाको पारिश्रमिक र अन्य सुविधामा २ लाख २३ हजार र प्रेस सल्लाहकारको १२ महिनाको तलब ३ लाख ८६ हजार समेत ८ लाख ६६ हजार भुक्तानी गरेको छ। कानुनमा सल्लाहकारको सुविधा दिने व्यवस्था नभएकोले उक्त खर्च नियमसम्मत नभएको महालेखाले उल्लेख गरेको छ।

कर्मचारीलाई कर कट्टा नगरी तलब
कर्णाली प्रदेशसभाको सचिवालयका ३३ पदाधिकारीलाई पारिश्रमिक दिँदा कर नै कट्टा नगरी  भुक्तानी गरेको तथ्य खुल्न आएको छ। आय कर ऐन २०५८ को दफा ८७ तथा आर्थिक ऐन, २०७५ मा पारिश्रमिक भुक्तानीमा कर कट्टा गर्नु पर्ने भएपनि प्रदेश सचिवालयले पदाधिकारीलाई दिएको पारिश्रमिकमा कर कट्टा नगरको भन्दै महालेखाको प्रतिवेदनमा प्रश्न उठाइएको छ। प्रतिवेदनमा ३३ पदाधिकारीलाई उपलब्ध गराइएको पारिश्रमिकबाट १४ लाख ६६ हजार रुपैयाँ कर कट्टी गरी असुल गर्न निर्देशन दिइएको छ।

सांसदलाई ८ लाख २० हजार गैरकानुनी भुक्तानी
यसैगरी महालेखाको वार्षिक प्रतिवेदनमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ भन्दा बाहिर गएर सतारुढ दलका एक नेतालाई प्रतिपक्ष दलका नेताले पाउने जति नै सुविधा दिएको समेत उल्लेख छ। सो रकम असुल उपर गर्नसमेत महालेखाले भनेको छ। 

'प्रदेश सरकार र मन्त्रिपरिषदको निर्णयअनुसार पारिश्रमिक तथा सेवासुविधा भुक्तानी भएको छ। यो काम कानुन विपरीत रहेको हो। ऐनमा तोकिएको सुविधा मन्त्रिपरिषदको निर्णयद्वारा थप गर्न मिल्दैन,' महालेखकोको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

एकीकृत अभिलेख बिना ६० करोडका काम
प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटक पदमार्ग, जियोपार्क, ताल संरक्षण, ट्रेकिङ सर्किट, पर्यटन गन्तव्यको श्रव्यदृश्य सामग्री तयार गरी प्रचारप्रसार गर्ने लगायतका कार्यका लागि ६० करोड बजेट व्यवस्था गरेको थियो। उक्त कार्यक्रमको कार्यान्वयनबाट पर्यटक पदमार्ग, ट्रेकिङ सर्किट निर्माण, ताल तलैयाको संरक्षण र पर्यटन गन्तव्यको प्रसारण अवधि लगायतको लेखाजोखा गरी एकीकृत अभिलेख राखेको समेत नराखेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लखे छ।

यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कानुन विपरीत बढी भुक्तानी दिएको विषयसमेत महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ।डिभिजन वन कार्यालय, कालिकोटले उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन निर्देशिका, २०७५ अनुसार उपभोक्ता समितिमार्फत निर्माण कार्य वा सेवाको काम दिँदा लागत अनुमानमा रहेको मूल्य अभिवृद्धि कर, ओभरहेड, कन्टिन्जेन्सी र जन सहभागिताको अंश कट्टा गरेर मात्र भुक्तानी दिनुपर्ने व्यवस्था छ।

कार्यालयले चौथादेखि खार्दुलसम्म पर्यटन मार्ग निर्माण कार्यको लागत अनुमान तयार गर्दा दर विश्लेषणमा ओभरहेडको अंश राखी तयार गरेको छ। सोही अनुसार चौथादेखि खार्दुलसम्म पर्यटन मार्ग निर्माण उपभोक्ता समितिलाई ६२ लाख ९३ हजार (मूल्य अभिवृद्धि कर समेत) भुक्तानी दिएको छ। जसमा बढी भुक्तानी भएको ओभरहेड ८ लाख २१ हजार र लाफादेखि चौथासम्म सडक उपभोक्ता समितिलाई ६८ लाख २९ हजार (मूल्य अभिवृद्धि कर समेत) भुक्तानी दिँदा बढी भुक्तानी भएको ओभरहेड ८ लाख ९१ हजार सहित लाख १२ हजार असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

हचुवामा सिस्नो पाउडर उद्योगलाई बजेट
डिभिजन वन कार्यालय रुकुम पश्चिम र एक बहुसेवा प्रालि कोहलपुरबीच सिस्नो पाउडर उद्योग सञ्चालन गर्न वन कार्यालयले १२ लाख २८ हजार अनुदान उपलब्ध गराउने र बहुसेवाले ८ लाख २० हजार श्रमदान गर्ने गरी जम्मा २० लाख ४८ हजारको सम्झौता भएको थियो। गैरसरकारी संस्थासँग सम्झौता गरी ड्रायर, पल्भलाइजर, प्याकेजिङ्ग र मिक्स्चर मेसिन तथा वाटर डिस्पेन्सर खरिदका साथै भवन निर्माण समेतका लागि ११ लाख ८१ हजार भुक्तानी भइसकेको छ। निर्धारित उद्देश्य अनुरुप सिस्नो पाउडर उद्योग सञ्चालनमा आएको देखिने प्रमाण पेस भने अहिलेसम्म नभएको महालेखाकाको वार्षिक प्रतिवेन २०७७ मा उल्लेख छ।

‘उद्योगको स्वामित्व हस्तान्तरणका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको पनि देखिएन,’ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘लक्षित प्रतिफल प्राप्त हुने गरी उद्योग सञ्चालनमा ल्याउनुपर्दछ।’

अनुभव नै नभएकालाई अल्लो प्रशोधनको जिम्मा 
डिभिजन वन कार्यालय दैलेखले चामुण्डा विन्द्रासैनी नगरपालिकाको वडा नम्बर १ र २ मा तामाङ अल्लो प्रशोधन उद्योग स्थापना गर्न ५० लाख बजेट विनियोजन भएको थियो। २०७२ असोज २२ गते  एक वित्तीय सेवा प्रदान गर्ने कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडलाई ४६ लाख ८२ हजार भुक्तानी समेत दिएको छ।

उक्त सहकारीको स्वामित्वमा जग्गा नभएको एवम् एक व्यक्तिका नाममा रहेको कित्ता नं. १२४८ को जग्गामा सहकारीको योगदान ९ लाख ४९ हजार रहने गरी ३१ लाख ५१ हजारको भवन निर्माण कार्य गरिएको छ। जुन कानुन विपरीत भएको महालेखाको वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख छ।

Xtrem

Xtrem

उद्योगका लागि मेसिनरी औजार १० थान फलामे अटो हयान्डलुम, १ सेट कपडा पेल्ने मेसिन, जेकार्ड लुम १ लगायत १७ लाख ८४ हजार खरिद गरेको बिल भरपाई र कार्य सम्पन्न पेस समेत भएको छ। कार्यालयमा दर्ता भएका मौजुदा १०६ उद्योगमध्येबाट छनौट नगरी अल्लो प्रशोधन गर्ने कार्यंको अनुभव नै नभएको, सम्बन्धित नगरपालिकाको सिफारिस र स्वीकृतिसमेत नभएको संस्था छनौट गरी निजी जग्गामा भवन निर्माण र सम्पत्ति खरिद कार्य भएको महालेखाको कर्णाली प्रदेशको वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्