Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा 'युवा प्रतिवेदन'ले देखाएको बाटो

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ११, २०७५  १४:५६
1140x725

काठमाडौं- ०७४ चैत ९ देखि चलेको कांग्रेस केन्द्रीय कार्यसमितिमा मंगलबार ६ युवा नेताका तर्फबाट गगन थापाले ५१ पाना लामो प्रतिवेदन पेश गरेका छन्। वृद्ध नेताहरु सामान्य राजनीतिक छलकपटभन्दा माथि उठ्न नसकेको विगतको समीक्षा बैठकहरुको निरन्तरतामाथि थापाले प्रस्तुत गरेको प्रतिवेदनले क्रमभंग गर्ने प्रयास गरेका छन्।

प्रतिवेदन भावनात्मकभन्दा पनि तथ्यपरक बनाउने प्रयास गरिएको छ। त्यसैले खास व्यक्तिको हारजितबाट सिर्जित भावनात्मक आवेगभन्दा इतिहासदेखिकै कांग्रेसको भूमिकालाई केलाउँदै आजको अवस्थासम्म आइपुगेको बाटो खोतलिएको छ। साथै, कांग्रेसको अबको बाटोको नक्सांकन गर्ने प्रयास पनि गरिएको छ।

हारको फराकिलो कारण खोज्ने प्रयास

युवा नेताहरुले प्रस्तुत गरेको प्रतिवेदनको मुख्य पक्ष के हो भने, यसले विषयवस्तुलाई व्यापक फ्रेममा राखेर प्रस्तुत गरेको छ। आवश्यकता अनुसार तथ्याङ्कहरु प्रस्तुत गरिएको छ। यसले चुनावी हारमा व्यक्तिगत कुण्ठा ओकल्नेभन्दा पनि समस्याको जरो खोतल्ने प्रयास गरेको छ।

'कुनै पनि चुनावमा तत्कालको घटना, निकट विगतको घटनाको ठूलो अर्थ रहने भए पनि परिणामको कारण भने त्यही मात्र कदाचित हुँदैन', प्रतिवेदनमा भनिएको छ, 'कांग्रेस कसरी यो अवस्थामा आइपुग्यो भन्ने थाहा पाउन कम्तिमा पनि २०४८ देखि अहिलेसम्म कांग्रेस कहाँ चुक्यो त्यसको व्यापक ढङ्गले समीक्षा र लेखाजोखा गर्नु आवश्यक छ।'

कांग्रेस विगतदेखि नै खराब छबि बनाउनतिर उद्दत रहेकोप्रति प्रतिवेदनले औंला तेर्स्याएको छ। 'यस कालखण्डमा थुप्रै महत्वपूर्ण कामहरू पनि नभएका होइनन्, तर जनताले ती राम्रा कामभन्दा सांसद किनबेचदेखि सत्ता परिवर्तनसम्ममा कांग्रेसको अनुचित संलग्नतालाई नै सम्झने अवस्था किन भयो? किनकि हामीले स्विकार्नै पर्छ, कांग्रेसले जनअपेक्षा अनुरुप काम गर्न सकेन, सुशासन दिन सकेन, परिणाम देखाउन सकेन, जनताप्रति उत्तरदायी र जवाफदेही भएन। कोसिस त गरेकै हो भन्ने विश्वासिलो आधार पनि जनतालाई दिन सकेन,' प्रतिवेदनमा उल्लेख छ।

त्यसो त बहुदलपछि कांग्रेसको 'ट्र्याक रेकर्ड' उति राम्रो छैन। यसका प्रतिबद्ध नेता तथा कार्यकर्ता एकपछि अर्को गर्दै व्यक्तिगत स्वार्थमा फस्दै गए। सत्तामा जानेहरु भ्रष्टाचारमा लिप्त भए, नजानेहरु सत्ता गिराउन टुप्पीदेखिको बल लगाएर बसे। कांग्रेस सत्ता, भ्रष्टाचार, घातप्रतिघातको पर्यायजस्तै बन्यो। प्रजातन्त्र भनेर नथाक्ने दलका प्रधानमन्त्रीले प्रजातन्त्र नै दरबारको 'लकर'मा थुन्न गए। युवा नेताहरुले विगतका यस्ता कैयौं गलत कार्यलाई कठोरतापूर्वक समीक्षा गर्न आग्रह गरेका छन्।

कांग्रेसले विगतमा गरेका नियुक्तिहरूबाट संस्थागत संरचना अस्थिर र अप्रभावकारी भएको मात्रै नभई कांग्रेसमा देखिएको सत्तामोहप्रति कटाक्ष गरिएको छ। 'एक पटक अन्तरआत्मालाई सोधौं- सरकार बदल्न, आफ्नै सरकार कमजोर गराउन हामीले के मात्र गरेनौं होला', प्रतिवेदनमा आग्रह गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले ०४७ सालपछिका सामाजिक राजनीतिक मुद्दालाई पहिचान गर्न नसकेको स्वीकारोक्ति प्रतिवेदनमा पाइन्छ। २०४७ पछि कांग्रेसले नेपाली 8मा व्याप्त असमानतालाई के-कसरी हेर्ने भन्ने विषयमा सबैभन्दा ठूलो गल्ती गरेको र त्यसको सिधा फाइदा कम्युनिस्टहरुले लिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ। '२०४७ को संविधान र २०७२ को संविधानको अन्तरवस्तुमा भएको भिन्नताले नै कति मुद्दा बाँकी रहेछन् भन्ने प्रस्ट हुन्छ,' प्रतिवेदनमा भनिएको छ, 'कांग्रेसले त्यसतर्फ आवश्यक ध्यान दिन सकेन।'

प्रतिवेदनले नीतिगत तहमा कांग्रेसका धेरै असफलता तथा वैचारिक संकटलाई पनि केलाउने प्रयास गरेको छ। 8वादमा कांग्रेसको अस्पष्ट मोडलका साथै खुला अर्थतन्त्रका 'बाइप्रोडक्ट'माथि प्रश्न उठाइएको छ। 'कांग्रेसले विश्वास गरेको 8वादको प्रकार र किसिमको व्याख्या नगरी आर्थिक नीति र त्यसमा पनि आर्थिक उदारीकरण नीतिको सम्बन्धमा स्पष्ट धारणा राख्न सम्भव हुँदैन। यसै कारणले छिट-फुट रुपमा देखिएका अर्ध-विकसित आर्थिक उदारीकरणको नीतिलाई हामीले ग्रहण गर्न सकेनौं। कांग्रेसभित्रको वैचारिक संकटको सोझो असर हाम्रो सोचमा पर्यो, हाम्रो छनौटमा पर्यो, कार्यक्रममा पर्यो र अन्ततः हामी अलमलियौं', प्रतिवेदनमा भनिएको छ।

मैदान कांग्रेसको, खेल कम्युनिस्टको!

चुनावी हारपछि धेरैले दुई कम्युनिस्ट पार्टी मिलेकाले कांग्रेस हारेको हो भन्ने सहज व्याख्या गरे। तर, प्रतिवेदनले कम्युनिस्टसँग कांग्रेसको चुनावी हारलाई व्यापक रुपमा केलाउने प्रयास गरेको छ। खासगरी कम्युनिस्टहरु कसरी राजनीतिक क्षेत्रमा हस्तक्षेपकारी भएर अघि बढ्दै र आफूलाई फरक दाबी गर्दै अघि बढे भन्ने व्याख्या गरिएको छ। नेपालमा कम्युनिस्टहरुको लोकप्रियतालाई विभिन्न आयामबाट विश्लेषण गरिएको छ।

Xtrem

Xtrem

कांग्रेसले आफ्नो जमिनमा कम्युनिस्टहरुलाई खेल्न सहजीकरण गरेकै कारण कम्युनिस्टहरु मौलाउँदै गएको बुझाइ प्रतिवेदनमा पाइन्छ। उनीहरुको नीति तथा कार्यशैलीलाई बेलामै जनतामाझ बुझाउन नसक्दा उनीहरु फैलँदै गएको निष्कर्ष निकालिएको छ। 'कसरी एउटा पार्टी एकैपटक माओवादी र बहुदलीय संसदवादी हुन सक्छ? कसरी एकैपटक एउटा पार्टी माओवादी र बहुलवादी हुन सक्छ? हामीले कहिल्यै प्रश्न गरेनौं', प्रतिवेदनमा उल्लेख छ।

'हामी २००७ साल अगाडि जहाँ थियौं, आज पनि त्यहीँ छौँ, मात्र फरक के हो भने हिजो हाम्रो स्थानमा हामी मात्र थियौं; आज यो स्थान खचाखच भरिएको छ,' प्रतिवेदनमा स्वीकारोक्ति छ।

प्रतिवेदनमा कम्युनिस्टहरुको सिद्धान्त र अस्तित्व संकटका बेला प्रतिरोध गर्न नसकिएका कारण पनि कांग्रेसले क्षति बेहोर्नुपरेको उल्लेख छ। 'एमालेले दाबी गर्यो कि जबज (जनताको बहुदलीय जनवाद) ले विश्वमै मौलिक ढंगले कम्युनिस्ट पार्टी पनि बहुदलीय प्रतिस्पर्धामा आउने बाटो देखायो। तर यो दाबी सत्य थिएन। हाम्रै छिमेकमा कम्युनिस्ट पार्टीले दशकौं देखि बहुदलीय प्रतिस्पर्धाबाट नै त्यतिबेला केरला र पश्चिम बङ्गालमा सरकार चलाइरहेका थिए', प्रतिवेदनमा भनिएको छ।

कम्युनिस्टहरुको प्रोपोगान्डाको शैलीले मात्रै होइन, आफ्नोपन भुलेर कांग्रेसी एजेन्डा बोकेर हिँडेकाले पनि उनीहरुले फाइदा लिएको उल्लेख छ। 'नेपालका कम्युनिस्टहरुले पछिल्लो ३ दशकमा देखाएको सबैभन्दा ठूलो चरित्र भनेको राजनीतिक अनुकुलता हो', प्रतिवेदनमा भनिएको छ, 'आफ्नो मूलभूत सिद्धान्त तथा विचारलाई एकातिर थन्काएर ऐतिहासिक रुपमा कांग्रेसले ओगटेको राजनीतिक विचार र सिद्धान्तलाई कम्युनिस्टहरुले अँगालेका छन्।'

अबको बाटो

प्रतिवेदनमा कांग्रेसमा अस्तित्व संकट देखिएको र त्यसको मुक्तिको बाटो खोज्न अपिल गरिएको छ। त्यसका लागि कांग्रेसको वैचारिक धरातल स्पष्ट र समयानुकुल हुनुपर्ने आवश्यकता औंल्याइएको छ। 'वर्तमान कांग्रेस र कांग्रेसीको सबैभन्दा ठूलो समस्या हाम्रो अस्तित्वको संकट हो', प्रतिवेदनमा भनिएको छ, 'कांग्रेस र कांग्रेसीका लागि यस अस्तित्वको संकटबाट मुक्तिको बाटो अबको महासमिति वैठकले तय गर्नुपर्छ।'

युवा नेताहरुको प्रतिवेदनले महासमिति बैठकको आवश्यकता पनि देखाएका छन्। 'यो बेलामा हामीलाई अत्यावश्यक छ, महासमितिको बैठक। महासमिति एउटा नियमित प्रक्रिया हो, तर यसलाई सामान्य कर्मकाण्डमा मात्र सिमित गरिनु हुँदैन', भनिएको छ, 'वैचारिक स्पष्टता महासमिति बैठकबाट मात्र प्राप्त अवश्य नहोला तर महासमिति बैठकले यस समस्याको संस्थागत रुपमा पहिचान अवश्य गर्न सक्छ।'

'अब के हो त पार्टीको ध्येय? समुन्नत नेपाल निर्माण पार्टीको ध्येय हो। तर, समुन्नत नेपाल कस्तो हुन्छ? संविधानको प्रयोग जसरी गरिएको हुन्छ, राज्यको चरित्र कस्तो, 8को व्यवहार कस्तो, राज्य र व्यक्ति बीचको सामान्जस्यता र सम्बन्ध कस्तो हुने यी लगायत थुप्रै विषय अनुत्तरित छन्। यो दृष्टिकोणका आधारमा कम्तिमा २० वर्षका लागि नयाँ कार्यक्रमको विस्तृत खाका तयार गर्न जरुरी छ। यसको आधार तयार गर्न पनि महासमिति वैठक अपरिहार्य छ', प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा विधान विपरीत गएर भए पनि अग्रिम महाधिवेशनमा जानुपर्ने माग गरिएको छ। महासमिति बैठकबाट संशोधित विधान पारित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने विकल्प प्रस्तुत गरिएको छ। 'महासमितिबाट पार्टीको नयाँ कार्यक्रम र संगठनको नयाँ संरचनाको निर्धारण हुन्छ,' भनिएको छ, 'तर अहिलेको विधान अनुसार जाँदा छिटोमा महाधिवेशन सम्पन्न गर्न अर्को दुई वर्ष लाग्छ।'

कांग्रेसभित्र कतिपयले भन्ने गरेको 'एज होइन, एजेन्डा'को मान्यतालाई युवा प्रतिवेदनले खण्डन गर्न खोजेको छ। नेतृत्वमा रहेका पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले पार्टी जमेको पोखरीजस्तो भएको उनीहरुको तर्क छ। 'नेतृत्व चयन एजेन्डाका आधारमा हुनुपर्छ भन्नेमा सायदै विमति होला तर उमेर केही पनि होइन भन्ने कदापि होइन', प्रतिवेदनमा भनिएको छ, 'सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाइदिएको छ।'

त्यसैले अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु भएको उनीहरुको तर्क छ।

मुख्यकुरा युवा प्रतिवेदनले अहिलेका सभापतिलाई नेतृत्व हस्तान्तरण गर्न औपचारिक आग्रह गरेका छन्। सभापतिलाई अनुरोध गर्दै भनिएको छ, 'यतिवेला चुनावी परिणाम तातो रहेको अवस्थामा नेतृत्वको कमजोरी मात्र देखिरहेका छौं होला, तर अविलम्ब महासमिति बैठक र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतर्फ लाग्नुभयो भने त्यो सभापतिज्यूको व्यक्तिगत हितमा त हुन्छ नै नेपाली कांग्रेस पार्टी, यसका लाखौं कार्यकर्ता र आमजनताले गौरव गर्ने नेतृत्वको पंतिमा अर्को एक नेतालाई जोड्न पाउँनेछन्।'

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने
सम्बन्धित सामग्री
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान... बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसक... बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका ला... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्