• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
'अस्पताल भरिएपछि संक्रमितलाई होम आइसोलेसनमै बस्न भनेका छौं'
अञ्जनादेवी मधिकर्मी  आइतबार, साउन ३२, २०७७  १४:१७
1140x725

मध्यपुर थिमि नगरपालिकाका ९ वटा वडामध्ये वडा नम्बर २ बाहेकका सबै वडामा कोरोना संक्रमित भेटिइसकेका छन्। मध्यपुर ठिमी नगरपालिकामा यसअघि बाहिरबाट आएका मानिसहरूलाई मात्रै कोरोना देखिएको थियो। अहिले घरमै बसिरहेकाहरूलाई समेत कोरोना देखिन थालेको छ। यसको अर्थ कोरोना समुदायमा फैलिइसकेको छ।

कोरोनाविरुद्धको भ्याक्सिन नभएकाले सरसफाइमा ध्यान दिँदै सामाजिक दुरीको कायम गर्नुको विकल्प छैन। मानिसहरूको आवतजावत कम होस् भनेर हामी लकडाउन गर्न बाध्य भएका छौँ। कोरोनाले भयावह रूप लिँदै गएपछि हामी शनिबार नै आकस्मिक बैठक बस्यौँ। बैठकले नगरमा अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। 

नगरपालिका भित्र सञ्चालित अत्यावश्यक बाहेकका सबै व्यापार/व्यवसाय र सेवा बन्द गर्ने भनेर हामीले प्रेस विज्ञप्ति नै जारी गरिसकेका छौँ। अत्यावश्यक व्यवसायमा खाद्यान्न, औषधि, तरकारी, फलफूल, खानेपानी, दूग्ध पदार्थ, ग्यासलगायत पसल मात्रै खुल्ला गर्ने निर्णय गरिएको छ। 

यी अत्यावश्यक व्यवसाय पनि बिहान ११ बजेदेखि दिउँसो १ बजे मात्रै खुल्ला गर्न पाउने व्यवस्था हामीले गरेका छौँ। यो भन्दा अघि बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म र साँझ यस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएकोमा समुदायवासीले अटेर गरेर धेरै भिडभाड भएपछि हामीले यो समय पनि परिवर्तन गरेका हौँ। नगरपालिका भित्र यातायात पनि बन्द गर्ने निर्णय गरेका छौँ। 

हाइवेबाहेक भित्रभित्रका सडकमा कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइँदैन। हाइवेमा चलेका सवारीले पनि थिमि नगरपालिका क्षेत्रभित्र यात्रु चढाउन र ओराल्न पाउने छैनन्। यो निर्णयबाट जनतालाई असुविधा त हुन्छ। तर कोरोना संक्रमणको अवस्था अत्ति नै जटिल बन्दै गएकाले कठोर भएर हामी यस्तो निर्णय गर्न बाध्य भएका छौँ। 

Ncell 2
Ncell 2

कोरोना संक्रमित बढेसँगै अस्पताल भरिभराउ छ । मध्यपुर थिमि नगरपालिकाले आफ्नै स्रोतबाट सञ्चालनमा ल्याएका ६ वटा आइसोलेसन बेड क्षमता भएको नेपाल–कोरिया मैत्री अस्पताल पनि भरिएको छ। त्यसमाथि कोरोना मैत्री अस्पतालमा पनि अहिले सुरक्षाकर्मी र नर्स गरी ४ जना कर्मचारीलाई कोरोना देखिएको छ। यो अस्पतालमा पनि अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको छ। 

भक्तपुर अस्पताल, ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलगायतमा पनि बेड भरिन थालेपछि हामीले बिरामीलाई घरमै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर बस्न भनेका छौँ। घरमै बसेर तातोपानी सिटामोल खान सुझाएका छौँ। त्यसो गर्दा स्वस्थ्यमा असहज भयो भने मात्रै हामीले उहाँहरूलाई अस्पताल पु¥याउँछौँ। बिरामीको अबस्था बुझ्न वडाबाट हामीले स्वास्थ्य टोली खटाएका छौँ। 

कुनै स्थानमा कोरोना संक्रमित भेटिए संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको जिम्मा हामीले वडाको स्वास्थ्य शाखालाई दिएका छौँ। शाखाले संक्रमित र उनीहरूको सम्पर्कमा आएका व्यक्तिसँग खोजी गर्ने गरेको छ। यसमा नगरपालिकाले सहजीकरण गरिरहेको छ।  

अब यसरी नै संक्रमितको चाप बढ्दै गयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर हामीले छलफल गरिरहेका छौँ। क्वारेन्टाइन तथा आइसोलेसनका लागि कुनै निश्चित ठाउँको व्यवस्था गर्नेबारे पनि छलफल गरेका छौँ। तर कहाँ बनाउने, कसरी बनाउने भनेर निर्णय भने भइसकेको छैन। 

महामारीका कारण अघिल्लो वर्षको जति कर पनि उठेको छैन। कोरोना कोरोना रोकथाम तथा नियन्त्रणका हामीले छुट्याएको पहिलो चरणमा ३ करोड बजेट छुट्याएका थियौँ। विकास बजेटमा पनि कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेका छौँ। अहिले त्यसैबाट धेरथोर काम भइरहेको छ। हामीले स्रोत साधन र क्षमताले भ्याएसम्म कोरोना नियन्त्रणका लागि सक्दो पहल गरिरहेका छौँ। तर नगरको स्रोतसाधनले मात्रै अपुग भएको छ। सिमित स्रोत साधनका बाबजुत कोरोनासँग जसरी पनि जुध्नु छ। नगरले मात्र काम गरेर कोरोनासँग जुध्न सकिन्न। नेपाल सरकारले नै थप कडा कदम चाल्नुपर्ने महसुस मैले गरेकी छु। 

(मध्यपुर थिमिकी उपमेयर मधिकर्मीसँग नेपाल लाइभकी निर्मला घिमिरेले गरेको संवादमा आधारित)

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १४:१७
  • #जनप्रतिनिधिसँग_नेपाल_लाइभ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, जेठ २५, २०८२
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्