Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संघीयतामा कस्तो प्रहरी? भारतको 'आइपिएस सिस्टम' नेपालमा उपयुक्त

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ११, २०७५  १३:११
1140x725

मुलुक संघीय प्रणालीको अभ्यासमा अघि बढिसकेको छ। संघीयता कार्यान्वयनको प्रक्रियामा आन्तरिक शान्तिसुरक्षा सबैभन्दा महत्वपूर्णमध्ये एउटा पाटो हो। संघीयताको प्रस्थान प्रदेशमा र प्रदेशबाट स्थानीय सरकारमा पुग्दै छ।
 
विकास निर्माण र सरकारी सेवाहरु नागरिकहरुमा सरल ढंगले पुर्याउन संघीय संरचनामा आन्तरिक ‘ल एन्ड अर्डर’ एउटा चुनौती पनि हो। त्यसैले शान्तिसुरक्षाको स्थिरता भए मात्र अन्य कुरा सजिलै अघि बढ्छन्। शान्तिसुरक्षा बलियो भएमा संघीयता कार्यान्वयन पनि सहज रुपमा अघि बढ्नेछ।
 
संघीयतामा प्रहरीका चुनौती 
प्रदेश सरकार र स्थानीय सरकारहरु बनिसकेका छन्। केन्द्रको सरकार जुगौंदेखि प्रयोग गर्दै आएको सबै अधिकार सजिलै हस्तान्तरण गर्न चाहँदैन। त्यसैले अब यी कुरालाई कसरी व्यवस्थापन गर्ने, कानुनी र संरचनागत स्वरुपमा कसरी लैजाने भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ।  

सबैभन्दा पहिला त संघीय प्रहरी कानुन बनाउनुपर्यो। संविधानमै रहेको संघीय प्रहरी ऐनको प्रावधानमा टेकेर संघीय कानुनको आधारमा प्रादेशिक कानुन निर्माण गर्न जरुरी छ।

अहिले केन्द्रमा काम गर्न केही समस्या छैन। तर, प्रादेशिक सरकारले सोचेअनुसार काम गर्न सकेका छैनन्। जिल्लाका जनता सिंहदरबार आउन पो धेरै दिन लाग्छ, तर प्रदेश सरकार त जनताकै पहुँचमा छ। उनीहरुले दैनिकजसो झकझकाउन सक्छन्। त्यही नै संघीयताको मिठास पनि हो। प्रदेश सरकारले जनतालाई दैनिक जवाफ दिन सक्नुपर्छ। त्यसका लागि उनीहरुलाई तत्कालै काम गर्न सक्ने वातावरण चाहिएको छ। वातावरण बनाउन ऐनकानुन आवश्यक हुन्छ। संस्था चाहिने हुन्छ। 

तर, उनीहरुसँग मातहतका कानुन र संस्था छैनन्। त्यसकारण सकेसम्म छिटो कानुन, विषय र संघीयताका विज्ञहरुलाई राखेर प्रादेशिक कानुन बनाइहाल्नुपर्ने हुन्छ। ती कानुनमा प्रादेशिक संरचनामा प्रहरी कसरी देखिने प्रस्ट हुनुपर्छ। 

संघीयतामा कस्तो प्रहरी? 
प्रहरी भनेको राज्यको फ्रन्टरनर एजेन्सी हो। त्यसकारण यसलाई बलियो बनाउन कानुन निर्माण गर्दा विशेष ध्यान दिनुपर्छ। 

संघीय संरचनामा प्रहरीलाई कस्तो बनाउने त? यसका २/३ वटा ‘स्कुल अफ थट’ छन्। 

‘ल एन्ड अर्डर’ प्रदेशको जिम्मेवारी हो, प्रदेशको प्रहरी छुट्टै हुन्छ र त्यसले त्यहीँको सरकार मातहत काम गर्छ। सिपाहीदेखि प्रमुखसम्म त्यहीँ भर्ना भएर त्यहीँ अवकाश हुनुपर्छ भन्ने खालको सोच एउटा छ। 

अर्को, हामी सानो मुलुकमा छौं। प्रदेशहरु पनि सानासाना छन्। यस्तो स्थितिमा सबैलाई खुला छोडियो भने ‘ल एन्ड अर्डर’ झनै तहसनहस हुन्छ, संस्थागत क्षमता कमजोर भएर जान्छ। यसले गर्दा संघीयता कार्यान्वयनमै असर पर्न सक्छ। त्यसैले केन्द्रीय स्वरुपमै त्यसको अन्तरसम्बन्ध राख्नेगरी प्रदेशमा 'ल एन्ड अर्डर' तयार गरी दैनिक काम मात्र प्रदेश सरकार मातहत बसेर गर्ने पनि सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, अन्तरप्रादेशिक र राष्ट्रिय तहका विषय, प्रहरीका वृत्तिविकासका कुरा, सिनियर अफिसरका तालिम र इन्टेलिजेन्सका कुरा केन्द्रले नै हेर्नुपर्छ। केन्द्रले नै समन्वय गर्नुपर्छ भन्ने अर्को सोच पनि छ। 

यी दुवै किमिसका सोच आफ्नो ठाउँमा बेठिक नहोलान्। एउटा देशमा एक किसिमको अभ्यास छ, अर्को देशमा अर्कै खालको। तर, हाम्रो संघीयता, संविधानले तोकेको दायरा, संस्थाहरुको रुपान्तरण कसरी हुन्छ; नेपाल प्रहरी पनि त्यसै अनुसार जानुपर्ने हुन्छ। 

स्वायत्त रुपमा प्रदेशले नै चलाउने, प्रदेशले नै भर्ना गर्ने र प्रदेशले नै वृत्तिविकास गरेर अवकाश दिने अवस्थामा निश्चय पनि हामी छैनौं। तर, मेरो विचारमा प्रदेश सरकारको मातहतमा प्रादेशिक प्रहरी हुनुपर्छ। क्षमता, स्रोत साधनको हिसाबले त्यसका लागि हामी तयार छैंनौं। हो, भोलि राजनीतिक रुपमा प्रदेशहरु स्वायत्त हुने, आर्थिकदेखि सबै कामकारबाही आफैं गर्न पाउने कानुन बन्छ भने त्यतिबेला प्रहरी केन्द्रसँग हुन्छु भनेर पनि साध्य हुँदैन। 

तत्काल व्यवस्थापन गर्नका लागि जुनियर तहको भर्ना प्रदेशले नै गरे हुन्छ। माथिल्लो तहको भर्ना र वृत्तिविकास केन्द्रबाटै हेर्दा राम्रो हुन्छ। 

Xtrem

Xtrem

छिमेकी मुलुकमा भारतको इन्डियन पुलिस सर्भिस (आइपिएस) जस्तै नेपालमा एपिएस वा कुनै नाम दिएर केन्द्रीय तहमै भर्ना र बढुवा हुने कुरा राख्न जरुरी हुन्छ। उनीहरुलाई सम्बन्धित प्रदेशमा एकमुष्ट पठाइदिने र प्रदेश सरकारले नै परिचालन नै गर्ने सिस्टम बनाउनुपर्छ। 

प्रदेशले नै परिचालन गर्दा शान्ति सुरक्षाको दायित्व प्रदेशकै हुन्छ। शान्ति–सुरक्षाका लागि प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी रहने भयो। पछि प्रदेशहरु पूर्ण रुपमा स्वायत्त हुँदै गए भने भर्नादेखि सबै अधिकार प्रदेशलाई दिँदा हुन्छ। तत्काल स्वायत्त रुपमा प्रहरीलाई प्रदेश मातहत राख्दा यो संस्था कमजोर हुन्छ कि भन्ने मलाई लाग्छ। त्यसकारण अहिले विशेषज्ञहरु राखेर नै कानुन बनाउनुपर्छ। त्यसो भयो भने हाम्रो संघीयता राम्रोसँग अघि बढ्छ।

३० वर्षे सेवाहद हटाउनुपर्छ 
सुरक्षा संगठनमा ३० वर्षे सेवाहदको अव्यावहारिक पाटो संसारमै छैन। कसलाई फाइदा कसलाई बेफाइदा भन्ने हेर्दै नहेरी यसलाई हटाउनुपर्छ। त्यो नहटाउँदा तल्लो तहका प्रहरी ५० वर्ष नपुगी अवकाश पाउने र माथिल्लो तहका प्रहरीले ५२/५३ वर्षमा अवकाश पाउने अवस्था छ। 

हामीभन्दा धेरै सुरक्षा चुनौती भएका मुलुकमा अवकाशको उमेर ६३ वर्षसम्म छ। हाम्रो औसत आयु बढिरहेको छ। औसत आयु ५८ वर्ष रहेको बेला अवकाशको मिति ५८ बनाइएको थियो। औसत आयु ७२ वर्ष पुगिसक्दा पनि अहिलेसम्म ५८ नै राखिएको छ। समग्र रुपमा अवकाश मितिमा समीक्षा गर्ने बेला भइसकेको छ।

अब प्रहरीमा विशिष्ट श्रेणी (आइजिपी र एआइजिपी) को हदमा पदावधि लगाउनुपर्छ। अरुको हकमा ५८ वर्षसम्म सेवा दिन सक्ने प्रावधान बनाउनुपर्छ। यसो भयो भने धेरै प्रहरीले आफूलाई सुरक्षित महसुस गर्दछन्। काम गर्ने उमेरमै अवकाश पाएपछि प्रहरीको जीवन पनि सहज हुँदैन। जब उनीहरुले आफ्नो भविष्य नै असुरक्षित ठान्छन् भने उनीहरुले पूर्ण रुपमा सेवा नदिन सक्छन्। 

अहिलेको ब्याच जो प्रहरी नेतृत्वमा गए, उनीहरु २८ वर्षमा डिआइजी भए। यसको कारण ३० वर्षे सेवाहद नै हो। उनीहरुको ३ वटा पद २ वर्षमै सकिने भयो। यसले गर्दा उनीहरुले सेवामा भन्दा आफ्नैतर्फ बढी ध्यान दिन्छन्। यसले गर्दा बढुवामा अस्वस्थ प्रतिस्पर्धा हुने भयो। अन्य विकृति पनि यसले जन्माएको छ। 

यस्तो व्यवस्थाले सम्बन्धित प्रहरी वा व्यक्तिलाई त ठूलो असर नपर्ला किनकि अवकाशपछि यति धेरै अनुभव भएका मान्छेहरु कतै आबद्ध हुन सक्छन्। तर, राज्यले गरिब जनताको करबाट उठाएको पैसाबाट पालेर, तालिम गराएर अनुभवी बनाएपछि जतिबेला ऊसँग राज्यले फाइदा लिने बेला हुन्छ, ठ्याक्क त्यही बेला अवकाश हुन्छ। अनुभवी मान्छेलाई निकालेर नयाँ मान्छेलाई भर्ना गरेर फेरि लगानी गर्नुपर्दा राज्यलाई दोहोरो घाटा भइरहेको छ। 

(नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी ढकालसँग गरेको संवादमा आधारित)

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने
सम्बन्धित सामग्री
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औं महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस... बिहीबार, असोज २२, २०८३
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बाढी र पहिरोका कारण रसुवा, मनाङ र म्याग्दीका तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। बिहीबार, असोज २२, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार ६ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्