• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
मोरङमा ढुंगा–गिट्टीको अवैध उत्खनन बढ्यो, मन्त्रीसहितको अनुगमन टोलीमाथि स्थानीयको आक्रोश- खोलामा यत्रो उपद्रो हुँदा कह
64x64
नेपाल लाइभ मंगलबार, वैशाख ११, २०७५  १२:२५
1140x725

विराटनगर– मोरङमा अवैध रुपमा ढुंगा र गिट्टी उत्खनन बढेपछि प्रहरीले सक्रियता बढाएको छ। यसैक्रममा सोमबार १/१ वटा स्काभेटर र टिप्पर नियन्त्रण गरिएको छ।

केराबारी गाउँपालिका ७ मुगुस्थित खदम खोलाबाट ‘अनटेस्ट’ लेखिएको स्काभेटर र ढुंगा लोड गरिरहेको  ना७ख ६९१२ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको हो। प्रहरीले भण्डारण स्थलबाट करिब ५ हजार घनमिटर ढुंगा समेत सिज गरी आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय केराबारीको जिम्मा लगाएको छ।

यस बाहेक १५ दिनयता चुरे संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा दोहन तथा ओसारपसारमा संलग्न ५ टिप्पर, ४ ट्याक्टर र ४ स्काभेटर र करिब ५ हजार घनमिटर ढुंगा नियन्त्रण गरिसकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यसैगरी, उर्लाबारी क्षेत्रका खोलामा अवैध उत्खनन तथा वन फँडानी बढेको छ। च्यानल निर्माणका नाममा स्थानीय तहको संरक्षणमै खोलाको उत्खनन र वन फँडानी वढेको स्थानीयले आरोप लगाएका छन्।

वडा नम्बर ४ स्थित सोल्टी खोलामा झन्डै ३ किलोमिटर र वडा नम्बर १ स्थित मिक्लु खोलामा ५ सय मिटर ढुंगा/गिट्टी र वालुवा उत्खनन गरिएको उनीहरुले बताएका छन्। यस्तै, उर्लाबारी ७ को सरकारी वनमा जथाभावी रुख कटान भइरहेको स्थानीयले बताएका छन्। आमा मिलन केन्द्रको निजी जंगल फँडानीको नाममा सरकारी/पर्ती जग्गाको रुख समेत काटिएको स्थानीयले बताए।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको एकल निर्णयले प्राकृतिक स्रोतको दोहन भएको भन्दै स्थानीयले प्रदेश १ का आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीसँग गुनासो गरे। गुनासोपछि मन्त्री कार्की नेतृत्वको टोलीले गत शनिबार सो क्षेत्रको अनुगमन पनि गरेको छ। टोलीमा प्रदेशसभा सांसद कुशल लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायत थिए।

अनुगमनका क्रममा उपस्थिति रहेकी उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले खोला उत्खनन र वन फँडानीबारे अनभिज्ञता प्रकट गरिन्। तर, कार्यपालिकाको बैठकले ‘च्यानल’ खोल्न ४५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।

मानव बस्ती नै जोखिममा पर्नेगरी भइरहेको खोलाको उत्खनन रोक्नेतर्फ समयमै ध्यान नदिएको भन्दै अनुगमनका क्रममा मन्त्रीसहितको टोलीले सर्वसाधारणको खप्की समेत खानुपरेको छ। आक्रोशित स्थानीयवासीले ‘खोलामा यत्रो उपद्रो हुँदा तपाईंहरु कहाँ हुनुहुन्थ्यो, प्राकृतिक स्रोतको संरक्षण र जनताको सुरक्षा तपार्इंहरुको दायित्वमा पर्दैन?’ भन्दै असन्तुष्टि पोखेका थिए।

Ncell 2
Ncell 2

खोला र जंगलमा भइरहेको बेथिति रोक्न खोज्दा नगर प्रमुख फागोले हप्किदप्की र धम्की समेत दिएको उर्लाबारी–४ का महेश ढकालले बताए। लोडर र स्काभेटरको प्रयोग गरी दैनिक २÷३ सयभन्दा बढी टिप्परले बालुवा÷गिट्टी निकासी गरिरहेको उनको भनाइ छ।

बेतिनी सामुदायिक वन उपभोक्ता समूहका सदस्य मिलन दाहालले खोला उत्खननले सामुदायिक वन र बस्तीलाई असर गर्ने भन्दै यस्ता गलत कार्य तत्काल रोक्न आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी आचार्यले खोलामा थुप्रिएको गिट्टी–बालुवा साइड गर्न अनुमति दिइएकोमा जथाभावी ढुंगा/गिट्टी उत्खनन र बिक्री–वितरण गरेको पाइएको बताए। उनले वातावरणीय परीक्षण नै नभएकाले ढुंगा÷गिट्टी उत्खनन र बिक्री वितरण गर्ने अनुमति कसैलाई नदिइएको स्पष्ट पारे।

स्थानीय जनप्रतिनिधि र कर्मचारीहरु मार्फत वन फँडानी तथा खोला उत्खननको जानकारी आफूसम्म आएको आचार्यले बताए। निजी वनका नाममा सरकारी वनको रुख काटिएको विषयमा अनुगमन गर्न जिल्ला वन कार्यालयलाई निर्देशन दिइएको आचार्यको अचार्यको भनाइ छ। उनले भने, ‘संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइन्छ।’

आन्तरिक मामिला तथा योजनामन्त्री कार्कीले अवैध निकासी प्रमाणित भए कसैलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित
नेताहरूले गरेको योगदान जनतासामु लैजानुपर्छ : शेरबहादुर देउवा
सम्बन्धित सामग्री
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबिच सहकार्य दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको समझदारी पत्रमा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संय... शनिबार, जेठ १०, २०८२
सिग्मा कलेजको क्यान्टिनमा आगलागी ग्यास लिक भएर भएको उक्त आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । बुधबार, जेठ ७, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
ताजा समाचारसबै
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित शनिबार, जेठ १०, २०८२
नेताहरूले गरेको योगदान जनतासामु लैजानुपर्छ : शेरबहादुर देउवा शनिबार, जेठ १०, २०८२
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र शनिबार, जेठ १०, २०८२
ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्