Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मोरङमा ढुंगा–गिट्टीको अवैध उत्खनन बढ्यो, मन्त्रीसहितको अनुगमन टोलीमाथि स्थानीयको आक्रोश- खोलामा यत्रो उपद्रो हुँदा कह

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ११, २०७५  १२:२५
1140x725

विराटनगर– मोरङमा अवैध रुपमा ढुंगा र गिट्टी उत्खनन बढेपछि प्रहरीले सक्रियता बढाएको छ। यसैक्रममा सोमबार १/१ वटा स्काभेटर र टिप्पर नियन्त्रण गरिएको छ।

केराबारी गाउँपालिका ७ मुगुस्थित खदम खोलाबाट ‘अनटेस्ट’ लेखिएको स्काभेटर र ढुंगा लोड गरिरहेको  ना७ख ६९१२ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको हो। प्रहरीले भण्डारण स्थलबाट करिब ५ हजार घनमिटर ढुंगा समेत सिज गरी आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय केराबारीको जिम्मा लगाएको छ।

यस बाहेक १५ दिनयता चुरे संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा दोहन तथा ओसारपसारमा संलग्न ५ टिप्पर, ४ ट्याक्टर र ४ स्काभेटर र करिब ५ हजार घनमिटर ढुंगा नियन्त्रण गरिसकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यसैगरी, उर्लाबारी क्षेत्रका खोलामा अवैध उत्खनन तथा वन फँडानी बढेको छ। च्यानल निर्माणका नाममा स्थानीय तहको संरक्षणमै खोलाको उत्खनन र वन फँडानी वढेको स्थानीयले आरोप लगाएका छन्।

वडा नम्बर ४ स्थित सोल्टी खोलामा झन्डै ३ किलोमिटर र वडा नम्बर १ स्थित मिक्लु खोलामा ५ सय मिटर ढुंगा/गिट्टी र वालुवा उत्खनन गरिएको उनीहरुले बताएका छन्। यस्तै, उर्लाबारी ७ को सरकारी वनमा जथाभावी रुख कटान भइरहेको स्थानीयले बताएका छन्। आमा मिलन केन्द्रको निजी जंगल फँडानीको नाममा सरकारी/पर्ती जग्गाको रुख समेत काटिएको स्थानीयले बताए।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको एकल निर्णयले प्राकृतिक स्रोतको दोहन भएको भन्दै स्थानीयले प्रदेश १ का आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीसँग गुनासो गरे। गुनासोपछि मन्त्री कार्की नेतृत्वको टोलीले गत शनिबार सो क्षेत्रको अनुगमन पनि गरेको छ। टोलीमा प्रदेशसभा सांसद कुशल लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायत थिए।

अनुगमनका क्रममा उपस्थिति रहेकी उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले खोला उत्खनन र वन फँडानीबारे अनभिज्ञता प्रकट गरिन्। तर, कार्यपालिकाको बैठकले ‘च्यानल’ खोल्न ४५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।

मानव बस्ती नै जोखिममा पर्नेगरी भइरहेको खोलाको उत्खनन रोक्नेतर्फ समयमै ध्यान नदिएको भन्दै अनुगमनका क्रममा मन्त्रीसहितको टोलीले सर्वसाधारणको खप्की समेत खानुपरेको छ। आक्रोशित स्थानीयवासीले ‘खोलामा यत्रो उपद्रो हुँदा तपाईंहरु कहाँ हुनुहुन्थ्यो, प्राकृतिक स्रोतको संरक्षण र जनताको सुरक्षा तपार्इंहरुको दायित्वमा पर्दैन?’ भन्दै असन्तुष्टि पोखेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

खोला र जंगलमा भइरहेको बेथिति रोक्न खोज्दा नगर प्रमुख फागोले हप्किदप्की र धम्की समेत दिएको उर्लाबारी–४ का महेश ढकालले बताए। लोडर र स्काभेटरको प्रयोग गरी दैनिक २÷३ सयभन्दा बढी टिप्परले बालुवा÷गिट्टी निकासी गरिरहेको उनको भनाइ छ।

बेतिनी सामुदायिक वन उपभोक्ता समूहका सदस्य मिलन दाहालले खोला उत्खननले सामुदायिक वन र बस्तीलाई असर गर्ने भन्दै यस्ता गलत कार्य तत्काल रोक्न आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी आचार्यले खोलामा थुप्रिएको गिट्टी–बालुवा साइड गर्न अनुमति दिइएकोमा जथाभावी ढुंगा/गिट्टी उत्खनन र बिक्री–वितरण गरेको पाइएको बताए। उनले वातावरणीय परीक्षण नै नभएकाले ढुंगा÷गिट्टी उत्खनन र बिक्री वितरण गर्ने अनुमति कसैलाई नदिइएको स्पष्ट पारे।

स्थानीय जनप्रतिनिधि र कर्मचारीहरु मार्फत वन फँडानी तथा खोला उत्खननको जानकारी आफूसम्म आएको आचार्यले बताए। निजी वनका नाममा सरकारी वनको रुख काटिएको विषयमा अनुगमन गर्न जिल्ला वन कार्यालयलाई निर्देशन दिइएको आचार्यको अचार्यको भनाइ छ। उनले भने, ‘संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइन्छ।’

Xtrem

Xtrem

आन्तरिक मामिला तथा योजनामन्त्री कार्कीले अवैध निकासी प्रमाणित भए कसैलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्